Skip to content


जारी छ अझै सफर आफ्नो
भएर पनि छैन घर आफ्नो

आफैसित आफू टाढा किन ?
सोद्ध छ यो मन अक्सर आफ्नो

ठानेथे आत्मीय जसलाई सधैँ
उसैसित पर्‍यो टक्कर आफ्नो

खेल्दा खेल्दै बैँसको यो खेल
बिटुलो पो भएछु अघर आफ्नो

रूप त के धन दौलतमा पनि
रहेन मोह जीवनभर आफ्नो

सकिने रहेछ जिउन यहाँ सजिलै
बनाएर दिललाई पत्थर आफ्नो

जमेन खोई आज यो महाफिल
उठौँ अब गरौँ तरखर आफ्नो

धेरै भो ‘ज्ञानु’ नफर्केको गाउँ
चिन्न सकुँला के त्यो घर आफ्नो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *