Skip to content

लेख :– कथा लेख्दा ध्यान दिनुपर्ने कुराहरू


आख्यान विधाका कथा–लघुकथा लेख्ने लेखकहरु धेरै छन् । तर तिनका कथा, कथा भइरहेका छैनन् । जान्नेले आफू माथि पुग्नका लागि पनि यो भेद खोलेका छैनन् ।

धेरैजसोले कथा लेख्ने भनेरै लेखिरहेका हुन्छन् । तर त्यो कुनै निबन्ध बन्न पुग्छ भने कतै त्यो संस्मरण बन्न पुग्छ । कथा जान्नका लागि निबन्ध भनेको के हो, संस्मरण भनेको के हो भनेर जान्नु आवश्यक छ ।

यी सम्बन्धी बजारमा पुस्तकहरु पाइन्छन् । सो को एकचोटी अध्ययन गरेर मात्रै कथामा हात हाले बेश होेला । अझ कथा लेख्नु अगाडि लघुकथाहरु लेख्नु आवश्यक छ । जसले गर्दा सानासाना कुराहरुमा मेहेनत गर्ने बानीको विकास हन्छ । कथा लेख्दा मौलिक पनि हुनु जरुरी छ ।

लघुकथा लेखनले कसरी सानोभन्दा सानो शब्द एवं वाक्यले कसरी चोटिलो एवं बृहद सन्देश दिन सक्षम हुन्छ भनेर जान्न सकिन्छ । त्यस्तै लघुकथा लेख्दा त्यसलाई सानाकथा तथा चुट्किला, छोटो निबन्ध, छोटो संस्मरण पनि बन्न दिनु हुँदैन । अनि मात्र खाँट्टी लघुकथा बन्दछ । त्यस्तै कथा, लघुकथा लेख्दा त्यसको निचोड अर्थात कथाले भन्न खोजेको कुरा भन्नुहुँदैन किनकी यसो गर्दा कथाको स्वाद आउँदैन र यसरी कथा लेख्ने प्रक्रिया पनि होइन ।

कथा एवं लघुकथा लेख्ने लेखकले आफूलाई प्रयोगवादी भनाउन पनि यी नियमहरु मिच्ने गरेको पाइन्छ तर यो ठीक होइन । यो सरासर गलत प्रक्रिया हो । यसरी नियम मिचेर हामीले हाम्रो साहित्यलाई कहिल्यै पनि माथि उठाउन सक्षम हुँदैनौं । यसै त हाम्रो साहित्यले अहिले विश्व साहित्यमा स्थान बनाउन नसकेको अवस्था छ । त्यसैले कथा लेख्ने, लघुकथा लेख्ने आम लेखकहरुले यी माथिका कुराहरुलाई ध्यान पुर्याउनु नित्तान्त आवश्यक छ । मैले पनि सुरुसुरुमा जानी नजानी यी नियमहरुको बेवास्ता गरेको थिएँ । पत्रपत्रिका, पुस्तक, वेभसाइटमा कथा प्रकाशन गर्नेहरुले पनि यी कुराहरु जान्नु नित्तान्त आवश्यक छ । त्यसैले सम्पूर्ण साहित्यमा लागिरहनुभएकाहरुले आफूले जानेका ज्ञानहरुलाई बाँड्नु्हुन पनि यहीँबाट अनुरोध गर्दछु ।

अन्त्यमा लघुकथा लेखिसकेर हात बसाइसकेपछि कथामा हात बसाउनुहोस् अनि उपन्यासतिर हात बढाउनुहोस् । यसबाट कलमजीवीहरुको भविष्य सुनिश्चित हुने अवश्यम्भावि छ ।

२०७१ असोज २०
bijusubedi@gmail.com
कुलेश्वर, काठमाडौं

3 thoughts on “लेख :– कथा लेख्दा ध्यान दिनुपर्ने कुराहरू”

  1. कथा लेख्ने तरिका
    यहीँ मझेरी मै “साहित्यिक खोजपत्र” स्तम्भमा यही लेख कथाका बारे विस्तृत जानकारी दिएको छु । मलाई लाग्छ यसबारे यस कथाको विस्तृत अध्ययन गर्दा कथाका सम्पुर्ण उपकरणहरुबारे जानकारी हुने भएकेले कथा लेख्ने तरिकाको सम्पुर्ण कुरा थाह पाइने छ ।

    https://www.majheri.com/node/22288

    विजु सुवेदी विजय

Leave a Reply

Your email address will not be published. Required fields are marked *