Skip to content


भगवानको रोवोट मानिस
कुनै रोबोट खेलौना रोबोट
कुनै रोबोट मानिस रोबोट
खेलौना रोबोटमा संबेदनशीलता छैन
खेलौना रोबोटलाई अरुको दुःख मतलब छैन
मानिस रोबोटले दुःख हटाउन खोज्छ
भगवानको हात सघाउन खोज्छ
आखिर दुइटै सृष्टि भगवानकै हो
भगवानलाई गर्व छ मानिस रोबोटदेखि
भगवानले मानिस बनाउने कोसिस गर्नुभएको हुन्छ
खेलौना रोबोट पनि मानिस बनोस् भनेर,
धेरै कोसिस गर्नुभएको हुन्छ
तर लाखौँमा एक मात्र बनिदिन्छ
हजारौँमा एक त परै जाओस्
त्यस्तो खारिएर रोबोट मानिस बन्दछ
मोहम्मद, बुद्ध, कृष्ण, महावीर, जिसस् मानिस बन्दछन्
त्यसरी नै हामी खेलौना नबनौँ
मानिस बनौँ
नसके
कोसिस भए पनि गरौँ
अनेकौँ बाधा अड्चन आउँछन् भने
सामना गरौँ
खेलौना नबनौँ
सूलीमा लट्किन पनि नडराऔँ
सत्यका लागि जुझौँ
न्यायका लागि जुझौँ
तर मानिस बनौँ
हो ! मानिस बनौँ

२०७१ मङ्सिर २५ विहिबार
कुलेश्वर, काठमाण्डौँ
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *