Skip to content


एकजना मानिसको बिचार परिवर्तन भयो र ऊ नास्तिक भयो । उसलाई आफू नास्तिक हुनुभन्दा अगाडि धेरै धर्म गरेकोमा पछुतो लाग्यो । त्यसैले उसले अहिलेसम्ममा धेरै पटक मन्दिर घुमिसकेको धर्मलाई कसरी निमिट्यान्न पार्ने भनेर उल्टोबाट मन्दिर घुम्न थाल्यो ।

उतातिर भगवान भने आफूले वरदान दिने मानिस कोही फेला नपरेकोमा बहुलाइरहेको थियो र प्रश्न गरिरहेको थियो कि “किन मानिसहरू एकाग्र भएर मेरो भक्ति गर्दैनन् ?”

धर्म गर्ने मानिसहरू मन्दिर सुल्टोबाट त घुम्थे तर कोही कता ध्यान पुर्याउँथे भने कोही कता ध्यान पुर्याउँथे । जो पनि धुम्थे जता पायो त्यता ध्यान दिन्थे । यसकारण देवता पनि आफूलाई मान्ने मानिसहरू नपाएर आजित भइसकेका थिए । किनकि पहिलेको जमानामा देवतालाई वरदान दिँदै फुर्सद हुँदैनथ्यो भने अहिलेको आधुनिक जमानामा देवताको ध्यान वरदान दिन एकदम भोको भइरहेको थियो ।

एकाएक भगवानको मन, एकाग्र भई उल्टो घुम्ने नास्तिकदेखि पग्लियो । अनि ऊदेखि भगवान् प्रशन्न हुनुभयो र भन्नुभयो “भन भक्त तिम्रो नास्तिक धर्मदेखि म सन्तुष्ट भएँ । तिमीलाई के वरदान चाहियो ?”

बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *