Skip to content

नयाँ नेपालमा



फकाई अरुका सन्तान्, लौरो हात थमाउन।
किताब कलमै फाली, लग्यौ ढुँगा हनाउन।

बर्षायौ नि इँटा ढुंगा, थकित बटुवा किन ,
अघि कठै ! रगत्ताम्य, गर्यौ त्यस्तो तिमी किन ?

बालक बबुरा भोली, अरब जानुपर्छ ती।
घरवासै धितो राखी , अग्निको रापमा पसी।

ज्यानै गुमांउँ छन् ती, तातो त्याे बालुवा मुनी।
पानी खान न पाएर , जान्छ ज्यान यसै पनि !

आफ्ना छोरा विदेशै, पढ्नलाई पठाउँछन् ,
उच्च शिक्षा दिलाएर, उच्चै पद दिलाउँछन् ।

गरी कर करै धेरै, उठाउँछन् करै भरी।
कार किन्छन् डुलेकाछन्, बेकार कारमा चढी।

बनाएर सहीद धेर , महल तिमि पस्दछौ ।
नयाँ नेपालमा यस्तै , अरु के हुन्छ भन्दछौँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *