Skip to content


भूमिमा बढ्यो शीत हर्दम
आज देखियो सुस्त मौसम
सूर्यको दशा हुन्छ सुस्थिर
लौ फिरेछ यो मास मंसिर ।।

मध्य भेकमा पाक्छ सुन्तला
क्या रसाउँथे स्वादले गला
स्वर्ण वर्सने धानका खला
दाइँमा हुने गीतका कला ।।

सम्झना भयो अाज के गरूँ
खेतमा कतै फूल झैं झरूँ
फर्कियो जसै मास मंसिर
बन्छ देह यो धेर अस्थिर ।।

मार्ग पौष यो शीत याम हो
जून झैं चिसो हुन्छ घाम यो
सूर्य सर्दछन् धेर दक्षिण
भन्दछन् चिसो थाम्न सक्तिनँ ।।
छन्दः सुन्दरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *