ऊ सर्पमा रुपान्तरित भएपछि
शहर सर्पको आतंकले आतंकित बन्यो ।
स्वायायायां
यो ऊ भन्ने नै रहेन
जे भेट्टाए नि निलेको छ छ
आफूले जन्माएको बच्चाहरू समेत ।
निलेपछि अहो !
त्यो त
फुलेर यां मानको बन्न थाल्यो ।
धागो जस्तो दुब्लो पातलो
अब त
अजिंगर नै हो कि जस्तो देखियो ।
आतंकित शहरबाट
विश्वास /आदर्श/ सिद्धान्तहरूका
जम्मै पर्खालहरू भत्किए ।
र पनि,
सर्पको भोक मेटिएकै होइन
मुख आँ गरेर
अघि बढेको छ छ ।
हाहाकार
मच्चिन थाल्यो शहरमा
पछाडि सरेर सर्ने ठाउँ नै रहेन ।
लौ न खोज
सर्प मार्ने बिष
उसको खानामा मिसाउन हतार भयो ।
नारद बज्राचार्य
(नेपालभाषाबाट अनुदित)
