हाम्रो विश्व एउटा पुरानो शयन–कक्ष जस्तो छ
यसका सबै पर्खालहरू वैज्ञानिक हिसाबले दुरुस्त छन्
तर अहिले कागजका टुक्राहरू भएका छन्
एउटा नयाँ हिमयुग गर्भमा छ ।
यसका ध्रुवहरू विस्थापित भएका छन्
उत्तरतिरबाट एउटा ठूलो हिमखण्ड विस्थापित भएको छ
हरेक चीज अहिले समयसित विस्थापित भएको छ
हरेक क्षण पहाडझैँ भारी भएर झुण्डिएको छ
कोही जीवित छैन–न मानवजाति र न जनावर
सङ्कटापन्न परिस्थितिमा
सबै चीज स्तब्ध छ
महाविनाशको समक्ष ।
चक्रव्यूहमा फसेको छ जीवनचक्र
तर मेरा विचारहरू महँगो कार जस्तो घुम्दछन्
एउटा नयाँ युग गर्भमा छ
भविष्य नाचिरहेको छ
आँखाको परेलीबाट विश्व आउँदैछ ।
आँखाको अगाडि स्वर्णिम शान्ति छ
कञ्जुस पण्डित ज्ञानमाथि बस्दछ
यथार्थ ज्ञान पृथ्वीमुनि छ
रूखका पातहरू सुनको खोजमा सलबलाउँछ
र हामी माध्यमिककालीन रसायनमा फर्कन्छौँ
हामी फर्किरहेछौँ वर्फिलो नीलो नशामा
हिमालयमा
सेतो परेवाहरू आनन्दातिरेकमा आफ्ना पखेटाहरू फट्फटाउँछन् ।

(बङ्गलादेशका कवि केजी मोस्ताफाको अनूदित कविता । अनुवादक– डा. रामदयाल राकेश)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *