तिमी र म जुत्ताभन्दा बढी के भयौँ र ?
आयु सम्झेर आफूलाई ठोकेजति किल्ला
खिइरहेछ हिँडेपिच्छे
चाट्नसम्म चाटेर पैताला
पेट भरिन्छ–
गोडा कोचिएपछि नै हैन र रु
फित्ता फूलको पासो कसेर बेस्सरी गर्दनमा
सभक्ति समाएका छौँ गोडा
तिमीले, मैले ।

यहाँ जुत्ताले पनि जुत्ता लगाउने गर्छ
कुन ढोकाले लगायो तिमीलाई रु
कुन बंगलाले मलाई रु
थाहा छैन तिमी कुन जुत्ता !
म कुन जुत्ता ?

बुद्ध सायमी
-नेपालभाषाबाट
अनुवादः इन्द्र माली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *