Skip to content

सामाजिक कथा

LaxmiKantaChaudhari

गणेशा

चैत्र–बैशाख महिनाको टंटलापुर घाममा पसिना चुहाउँदै पटुवा गोडिरहँदा कसैले मलाई बोलाएको आवाज सुनेर झसँग भएँ ।

‘सुकुनी गे, एने सुन । हमर दिसन ताक त !’

दाहिने हातले पस्नी उठाउँदै पुलुक्क हेर्दा चन्देश्वर पटवारी छाता टेकेर दश हात परै उभिएको थियो । मैले हत्त न पत्त टाउको निहुर्याएँ । ऊ जब्बर भएर उभिरह्यो । मेरा हातले पटुवाबारी गोडेजस्तो गरे ।

बुबाको मुख हेर्ने दिन

कोरोनाको बन्दाबन्दीले अन्य वर्षको झै यसपाली मिठाई पसलमा मान्छेको भिड पटक्कै थिएन । फाट्टफुट्ट मात्र खोलेका मिठाई पसलमा सँधैको जस्तो खालखालका मिठाईहरूको चाङ् पनि थिएन । पसलेहरू समय कटाउन पनि मोबाइल मै ब्यस्त हुनुपर्ने बाध्यता थियो । बिहानै देखि मान्छेको चहलपहलले रङ्गिएको देखिने सडकमा कुनै रौनकता थिएन । सडक एकोहोरो रुपमा लगभग एक्लै सुस्ताइ रहेको थियो । सडकमा टाँसिएका घरहरूका धेरै जसो सटरहरू बन्द थिए ।

RajeshBidrohi-Rajbiraj

खुशीको आँसु

सप्तरीको कलुवा मरिकले सुमित्रा यादवसँग अन्तरजातीय विवाह गरेको थियो । मागेअनुसार भोजभत्तेर खुवाउन नचाहँदा गाउँघरबाट बहिष्कृत भएका थिए । गाउँमा अट्न नसकेर खोला किनाराको ऐलानीप्रतिमा झुपडी बनाएर गुजारा गर्थे । गाउँमा बनिबुतो गर्न पनि मनाही थियो । उनीहरूले आफ्नै समाजको नाकाबन्दी भेल्नुपरेको थियो ।

चार वर्षकै उमेरदेखि कलुवा–सुमित्राको छोरो चन्द्रे मरिक पितृमातृ सुखबाट टाढिँदै गएको थियो । किनभने उनीहरूले आफ्नो छोरो जनकपुरको अक्षर पाठशालामा बोर्डस गरिदिएका थिए ।

किशोरीको प्रेम

हरिया चियाका बोटहरूले तरेली परेका पहाडी कान्लाहरूलाई थुम्का थुम्कामा पऋणत गरेका छन् । चियाका कलिला आँकुराहरू कपास झै सेताम्मे फुलेका बादलुको लुकामारीमा रमाइलो मानेर खित्खित्ताइरहेका छन् । तिनै चियाका बोटहरूको थुम्का थुम्कीहरूको किनारमा लस्करै उभिएका धुपीका बास्नादार बैसालु रेशमी पातहरू चञ्चल पवनको झोक्कासँगै फरफराइरहेका छन् । जुरेली, गौन्थली र कोइलीजस्ता चरीहरूको मीठो साङ्गीतिक आवाजले मादकता थपिदिएको छ ।

निरीहा

बलिन्द्र आँशुका धारा बगाएर अबिरल रोइरहेको छ आकाश । कोरोनाको महामारीको कारण मान्छेको चहलपहल शून्य छ । चराचर जगत नै आ-आफ्नो वासस्थानमा खुम्चिन बाध्य भएका छन् । बेपार व्यवसाय गर्नेहरू मलिन अनुहार लगाएर ग्राहकको पर्खाइमा शून्य सडक चियाइरहेका छन् । जोरबिजोर प्रणाली लागू गरिएकोले निजी सवारी साधन फाट्टफुट्ट गुडिरहेका छन् ।

निरीहाको बेला बेलामा दुखिरहने पेट आज पनि अरू दिनभन्दा अलि बढी दुखेर औषधी सेवन गर्नु पर्ने नै भो । पेटको दुखाइ कम त भयो औषधीले तर उसले दिनभर थकानको अनुभव गरिरहेकी थिई । आज लगातारको वर्षाको कारण दिक्दार लाग्दो रह्यो दिन ।

TankaPrasadPokharelDeepak

टनक्क कमाइ

पहाडमा जन्मे हुर्केको म प्रवेशिका उत्तीर्ण गरिसकेपछि मात्र उच्च शिक्षाको लागि शहर टेकेको हुँ। गाउँले जीवन घाँसदाउरा, मेलापात सबै गरेर पढ्नु पर्थ्यो। पढेका मानिसले धेरै कमाउँछन् भन्थे त्यसैले पढ्नु पर्छ भन्ने थियो। पढेलेखेको पृष्ठभूमि नभएर होला के पढ्ने, कसरी पढ्ने त्यति ज्ञान थिएन तर पैसा कमाउनलाई चाहिँ पढ्नै पर्छ भन्ने थियो ।

सानो छँदा दुईचार पैसाको पनि साह्रै महत्त्व । चार रुपैयाँमा एक पिलेट मटर र एउटा सेल रोटी पाइन्थ्यो ।

JanardanKattel

अन्तरजातीय विवाह

कार्यालयको कामको सिलसिलामा हाम्रो टीम विर्तामोडमा फिल्ड मुकाम बनाई बसेको थियो । होटल विनायकमा ।

“म्याडमलाई अस्पताल लिएर जगन्नाथ सर आउनु भएको छ अरे । म्याडमको अवस्था गम्भीर छ रे ।” सरोजले कोठा भित्र छिर्दा छिर्दै भन्यो ।

मैले आनी छोइङ डोल्माको ‘फूलको आँखामा’बाट आफ्नो आँखा हटाएर जिज्ञासु बन्दै सरोज र पुष्करलाई पालैपालो हेरें ।

साविती बयान

हप्ता दिनदेखि हामीबीच बोलचाल थिएन ।

उनी जित्न चाहन्थिन् । म हार्न चाहन्नथेँ । उनी मेरो मुखबाट सत्य बकाउन खोज्थिन् । म असत्यको पर्दाले ढाकेर उनलाई दृष्टिभ्रममा राख्न खोज्थेँ । केही सिप नलागेपछि आखिरमा उनले बाजी थापिन् । लाजै पचाएर मैले पनि सहमति जनाइदिएँ । कुनै असमञ्जस्यमा परिनँ । हर्षबढाइँ गर्न थालेँ । त्यसबेला उनको पराजय मेरो पुरस्कार थियो । उनको आँसुमा मेरो शक्ति लुकेको थियो ।

नर्कलोकको यात्रा

एकरात तराईको प्रचण्ड गर्मीमा शीतलता खोज्दै म मेरो घरको सिकुवामा झुल लगाएर डोरीको चौपाईमाथि सुतिरहेको थिएँ । हल्का च्यातिएको झुलको भ्वाङबाट मच्छरहरू छिरेर मेरा निद्रालाई बिथोलिरहेका थिए । गर्मीले गर्दा रातको अन्तिम प्रहरसम्म म निदाउन सकिरहेको थिइन । जब निद्राले मेरा आँखाहरू लोलाउन थाले मैले अचानक मेरो चौपाईका चारैपट्टी अग्ला अग्ला मानवाकृतिहरू उभिएको महशुस गरें ।

कन्यादान

सरकारी जागिरे अनुपलाई जनसंख्याको तथ्यांक संकलकको रुपमा एउटा दुर्गम पहाडी गाउँपालिकामा खटाइन्छ । नवजागिरे अनुप रासनपानी सहितको कुम्लो–कुटुलो बोकेर कार्यक्षेत्रतिर हिँड्छ । अप्ठ्यारा कान्ला–कन्दराहरू छिचोल्दै ऊ हिँडेको तीन दिनपछि बल्ल आफ्नो गन्तव्यमा आइपुग्दा झमक्क साँझ पर्छ । थकित अनुप एउटा डाँडोमा बसेर डाँडामुनिको एउटा भिरालो पाखोमा अवस्थित गाउँतिर हेर्दै सुस्केरा हाल्छ । उसका थकित पाइलाहरू बिस्तारै त्यही गाउँतिर बढ्छन् । ऊ एउटा भित्रबाट टुकीको उज्यालो आइरहेको घरको दलिनमा पुगेर टक्क अडिन्छ ।

जीवन कथा

एउटा सानो र खुशी परिवार थियो । केटाको सानो आफ्नै कम्पनी हुन्छ र केटी घरकै काममा व्यस्त हुन्थिन् । दुवै बुढाबुढीबीचको मायाको गाउँमा चर्चा थियो । उनको जोडी परेवाको जोडीभन्दा कम हुदैन ।

एक रातको कुरा हो केटो राति घर आउदा उसको हुलिया घाइते बाघजस्तो थियो।

केटी: (केटालाई देखेर झसँग पर्छिन्) यो के भाको हजुरलाई ?

लाटीको छोरो

हिजो साँझ बर्देवा महिलोले ठुट्टेबर मेलाबाट एउटी लाटी दमिनीलाई घिस्याएर घर ल्याएछ । बालीमा होक्से गाउँ भरिको लुगा सिलाउने झिल्के बर्देवाकी जोई च्याम्सी दमिनीले लालाबाला र आफू छँदा छँदै पोईले सौता ल्याएको देखेर घरमा रडाको मच्चाउन थाली ।

“थुक्क बाइफाले कुकुर्नी ! कोही मर्द नपाएर तँ मर्न नसकेकी लाटीले मेरो पोई देखिस पोइला मुन्टिन? तँ नकच्चरीको थुतुनोमा म अगुल्टोले झोसिदिऊँ ?”

दादा र बहिनीको मर्मिक कथा

एउटा सानो र खुसी परिवार थियो । बुवा मास्टर र आमा समाजसेवी, तिनका एक छोरो र एक छोरी थिए । छोरो भने आठ वर्ष र छोरी चैँ तीन थिइन् । ती दुई दादा-बहिनीको जोडी आहा ! यति मिल्दो थियो कि सबै अचम्म पर्थे।

तिनको मायालाई शब्दमा बयान गर्न कठिन थियो । बहिनीको आँखामा आशु दाजुले देख्न सक्दैनथ्यो। आमाले बहिनीलाई पिट्दा दाजु आमालाई नहान्नून भनी आमालाई बिन्ती गर्थ्यो । त्यो देखेर बुवालाई नराम्रो लाग्थ्यो र आमालाई गाली गर्नुहुन्थ्यो ।

AnamolBista

अधुरो माया

धेरै जस्तो मानिसको विद्यार्थी जीवनमा पहिलो माया सुरु भएको हुन्छ। त्यस्तै गरी एक सुन्दर प्रेम जोडी थिए, उनीहरुको माया कथा ८बाट सुरु भएको हो । उनीहरू स्कुलमा एकै कक्षामा पढ्थे, स्कुल जादा र घर आउँदा सँगैँ जान्थे । ती जोडीको, आहा, बयान गर्न नैँ गहारो छ ।

बिस्तारै बिस्तारै ठुला हुदैँ गए, झन झन माया गाढा हुँदै गयो ।

गरुडपूराणले अर्थ्याएको जीवनचक्र

हाम्रा धर्म ग्रन्थहरूले भनेका छन् कि संसारमा उद्भिद (वृक्ष, लता, गुल्म आदि)को रूपमा पैदाहुने, स्वेदज–पसिनाबाट पैदाहुने (जुम्रा, उडुस आदि) अण्डज–अण्डाबाट पैदा हुने (पंक्षी आदि) र जरायुज –गर्भासयमा रहेर जन्मलिने जीवहरूको सृष्टि ब्रह्माजीले गर्नुभएको हो । योक्रममा स्त्री पुरुषको सम्बन्धबाट ऊ गर्भमा जन्छ, गर्र्भ यातना हुँदै, जन्म लिदै, जीवनदेखि मृत्युतक, कष्ट भोग्दै पुन मृत्युवरण गर्छ, यो चक्र हो निरन्तर चलिरहन्छ ।

बोक्सी

ठटाल साहिंलोको शेखपछि घरमा ठटाल्नी साहिँली नितान्त एक्ली भई । बिहेपश्चात छोरी डल्ली पनि दुई वर्ष अघि नै आफ्नो पोईको घर गईहाली ।छोराहरू मसिने र टोड्के पनि सासूबुहारी घरमा मिल्न नसकेर आ–आफ्ना स्वास्नीहरू लिएर घरबाट छुट्टिएर गइहाले ।बचराहरू गुँड छोडेर दुरदेशतिर उडे पनि साहिँला–साहिँली जेनतेन बालीमा लुगा सिलाएर दुखसुख आफ्नो गुजारा चलाइरहेका थिए । साहिँलो सिलाईबुनाईको अतिरिक्त गाउँमा बिरामीको जोखाना हेर्ने र ढ्याङ्रो ठोकर भूतप्रेत भगाउने धामीको काम पनि गर्द्थियो । तर दैवको लीलाको अगाडि कस्को के लाग्दो रहेछ र?

देउकी

आठ कक्षा पढ्दा पढ्दै विद्यालयको पढाइ छोडेकी षोडशी देउकी बिछट्टै राम्री थिई । घुँडासम्म छोप्ने फरिया र ढाकाको फुलबुट्टे चोली लगाएकी कुखुरे बैंसले उन्मत्त देउकी बर्ने चियाबगानमा साथीसङ्गीहरुसँग इत्रिदै र सिनेमाका गीत गुनगुनाउदै डोको बोकेर चियापत्ती टिप्न पाउँदा औधी खुशी हुन्थी । बगान छुट्टीको दिन बुधबार देउकी साथीसङ्गीसँग कहिले बुधबारे हाट गएर सिनेमा हेर्थी त कहिले ठुट्टेबर मेलामा गएर रोटेपिङ्ग खेलेर रमाइलो गर्थी ।

त्रिवेणी

शहरिया जीवनको ब्यस्तताको भुमरीमा रुमलिएको दिपेश आफैम्भित्र हराएको एउटा रङ्गमञ्चको पात्र झैं थियो। कलेजमा शिक्षण पेशामा आवद्द नवविवाहित दिपेश आफ्नी सुन्दर पत्नीलाई भाडाको कोठामा एक्लै छोडेर बाध्यतावश बिहानदेखि बेलुकासम्म नै जागीर खान र ट्युसन पढाउनमा ब्यस्त हुन्थ्यो ।जीवनको गाडी गुडाउन र आफ्नी पत्नीलाई सुखसुविधा दिन उसले आफ्ना व्यक्तिगत खुशी र आकाङ्क्षाहरुलाई बाध्यताको भारले न्यौछावर गरेको थियो, हरसम्भव प्रयास गरेको थियो ।

रगतको साँघु

तीन वर्ष बनारसी पण्डाबाट काशीमा कर्मकाण्ड सिकेर आएका खनाल बाजे गाउँमा एकाधिकारी नम्बरी पण्डित नै हुन् । आफूलाई धर्मशास्त्रका ज्ञाता मान्ने उनी आफूलाई शास्त्री नै ठान्छन् । पूराण होस कि बिहेबटुलो, न्वारन होस कि श्राद्द सबै जजमानकहाँ उनकै माग छ गाउँमा ।

उनको पुरा नामथर धनुषनाथ खनाल भए पनि उनी आफूलाई गाउँमा सबैलाई धनुष शास्त्री भनाउन चाहन्छन् ।