गणेशा
चैत्र–बैशाख महिनाको टंटलापुर घाममा पसिना चुहाउँदै पटुवा गोडिरहँदा कसैले मलाई बोलाएको आवाज सुनेर झसँग भएँ ।
‘सुकुनी गे, एने सुन । हमर दिसन ताक त !’
दाहिने हातले पस्नी उठाउँदै पुलुक्क हेर्दा चन्देश्वर पटवारी छाता टेकेर दश हात परै उभिएको थियो । मैले हत्त न पत्त टाउको निहुर्याएँ । ऊ जब्बर भएर उभिरह्यो । मेरा हातले पटुवाबारी गोडेजस्तो गरे ।

सप्तरीको कलुवा मरिकले सुमित्रा यादवसँग अन्तरजातीय विवाह गरेको थियो । मागेअनुसार भोजभत्तेर खुवाउन नचाहँदा गाउँघरबाट बहिष्कृत भएका थिए । गाउँमा अट्न नसकेर खोला किनाराको ऐलानीप्रतिमा झुपडी बनाएर गुजारा गर्थे । गाउँमा बनिबुतो गर्न पनि मनाही थियो । उनीहरूले आफ्नै समाजको नाकाबन्दी भेल्नुपरेको थियो ।
हरिया चियाका बोटहरूले तरेली परेका पहाडी कान्लाहरूलाई थुम्का थुम्कामा पऋणत गरेका छन् । चियाका कलिला आँकुराहरू कपास झै सेताम्मे फुलेका बादलुको लुकामारीमा रमाइलो मानेर खित्खित्ताइरहेका छन् । तिनै चियाका बोटहरूको थुम्का थुम्कीहरूको किनारमा लस्करै उभिएका धुपीका बास्नादार बैसालु रेशमी पातहरू चञ्चल पवनको झोक्कासँगै फरफराइरहेका छन् । जुरेली, गौन्थली र कोइलीजस्ता चरीहरूको मीठो साङ्गीतिक आवाजले मादकता थपिदिएको छ ।
पहाडमा जन्मे हुर्केको म प्रवेशिका उत्तीर्ण गरिसकेपछि मात्र उच्च शिक्षाको लागि शहर टेकेको हुँ। गाउँले जीवन घाँसदाउरा, मेलापात सबै गरेर पढ्नु पर्थ्यो। पढेका मानिसले धेरै कमाउँछन् भन्थे त्यसैले पढ्नु पर्छ भन्ने थियो। पढेलेखेको पृष्ठभूमि नभएर होला के पढ्ने, कसरी पढ्ने त्यति ज्ञान थिएन तर पैसा कमाउनलाई चाहिँ पढ्नै पर्छ भन्ने थियो ।
कार्यालयको कामको सिलसिलामा हाम्रो टीम विर्तामोडमा फिल्ड मुकाम बनाई बसेको थियो । होटल विनायकमा ।
हप्ता दिनदेखि हामीबीच बोलचाल थिएन ।
एकरात तराईको प्रचण्ड गर्मीमा शीतलता खोज्दै म मेरो घरको सिकुवामा झुल लगाएर डोरीको चौपाईमाथि सुतिरहेको थिएँ । हल्का च्यातिएको झुलको भ्वाङबाट मच्छरहरू छिरेर मेरा निद्रालाई बिथोलिरहेका थिए । गर्मीले गर्दा रातको अन्तिम प्रहरसम्म म निदाउन सकिरहेको थिइन । जब निद्राले मेरा आँखाहरू लोलाउन थाले मैले अचानक मेरो चौपाईका चारैपट्टी अग्ला अग्ला मानवाकृतिहरू उभिएको महशुस गरें ।
एउटा सानो र खुशी परिवार थियो । केटाको सानो आफ्नै कम्पनी हुन्छ र केटी घरकै काममा व्यस्त हुन्थिन् । दुवै बुढाबुढीबीचको मायाको गाउँमा चर्चा थियो । उनको जोडी परेवाको जोडीभन्दा कम हुदैन ।
हाम्रा धर्म ग्रन्थहरूले भनेका छन् कि संसारमा उद्भिद (वृक्ष, लता, गुल्म आदि)को रूपमा पैदाहुने, स्वेदज–पसिनाबाट पैदाहुने (जुम्रा, उडुस आदि) अण्डज–अण्डाबाट पैदा हुने (पंक्षी आदि) र जरायुज –गर्भासयमा रहेर जन्मलिने जीवहरूको सृष्टि ब्रह्माजीले गर्नुभएको हो । योक्रममा स्त्री पुरुषको सम्बन्धबाट ऊ गर्भमा जन्छ, गर्र्भ यातना हुँदै, जन्म लिदै, जीवनदेखि मृत्युतक, कष्ट भोग्दै पुन मृत्युवरण गर्छ, यो चक्र हो निरन्तर चलिरहन्छ ।