कहाँ खोजु तिमीलाई ?
मम्मी हाम्रो बाबा कहिले घर आउने ? आउँदा के ल्याइदिनुहुन्छ मलाई ? एकपटक फोन गर्नून बाबालाई म पनि कुरा गर्छु । हजुरले किन सधैं भोलि-भोलि मात्र कुरा गरौंला भन्नुहुन्छ । तपाईंलाई बाबाको माया लाग्दैन हो मम्मी ? मलाई त मेरो बाबाको धेरै माया लाग्छ । मेरो बाबा आउँदा मलाई भन्नू नि म त बाबालाई लिन शहर जाने हो । अनि नयाँ नाना पनि किन्ने हो ।
उफ ! छ वर्षकी मेरी छोरीका यी प्रश्नहरुको नजबाफ उत्तर म कसरी दिऊँ । सुन्दै मन निमोठिएर आउँछ । मुटुका भल्भहरू एका एक स्वुच अफ हुन थाल्छन् । हातमा समातेको पानीको अम्खोरा एक्कासि हातबाटै उछिट्टिएर पर पुग्छ ।

उसलाई मैले देखेको छैनँ, स्पर्श गरेको पनि छैनँ र अँगालो मारेको पनि छैनँ तर अचम्मसँग बिहानीको सूर्यजस्तै प्रेमले मलाई आकुलव्याकुल बनाएको छ । मैले स्पर्श नगरेको मान्छेलाई म कसरी प्रेम गर्न सक्छु ? भन्ने प्रश्न वर्तमान विचलित बनाएको हो कि भन्ने नलागेको हैन । तर सधैँ र साँच्चै नै अँगालो नमारेको मानछेलाई मुटु नै दुख्ने गरी प्रेम गर्न सकिन्छ भन्नेचाहिँ लागेको थिएन । ‘यो संसारकी एक मात्र साथी ’ मलाई, उसले इमेल पठाएको छ ।
अम्बिकापुरबाट तीनसुकियाको लागि बिहान ६ बजे नै बस छुट्थ्यो । चिसो बिहानी, बसको हर्न सुन्नासाथ म ब्याग लिएर निस्किएको थिएँ । पहिलो बस छुट्यो भने फेरि अर्को बस ३ घण्टा पछि अर्थात ९ बजे मात्र थियो र दोस्रो बसमा मलाई गन्तव्यमा पुग्न ढिलो हुने थियो । ब्रह्मपुत्र नदीमा पुल भएकोले घरबाट सिधै तिनीसुकिया आउजाउ गर्न सजिलो भएको थियो ।
म पत्रकार, रुढीवादी परम्परा पटक्कै मन पराउँदिन । मेरो आदर्शले सामाजिक व्यवहारमा बाँधिन समय लाग्यो । बिहे पनि उमेर ढल्केपछि भयो । बिहे गरेको वर्ष दिन नपुग्दै श्रीमती कहिले टाउको दुख्यो त कहिले कम्मर दुख्यो भन्न थालिन् । कहिलेकाहीँ पिठिउँको र पेटको पनि चुक्ली लगाउँथिन् । सिकिस्तै नभए पनि स्वस्थ भने कहिल्यै नहुने ! नाम चाहिँ गोरी, छालाको रङले जुराएको । अनुहार भने जहिल्यै अँधेरो बनाइराख्ने । अस्पताल लिएर गएँ । डाक्टरहरूले सोध्दा कहिलेकाहीँ घुँडा पनि दुख्छन् भन्न पछि परिनन् ।
लेकाली गाउँ छाडेर हिडेको वर्षौ भयो । गाउँ पुग्दा थाहा पाएँ, मैसँग मुग्लान लागेकाहरू छुट्टी आई, फेरि फर्किए छन् । ४ वर्ष पछि मुकाम, गुराँस बजारबाट गाउँमा पाईला टेग्दा, नौलोपन महसुस भयो ।
“बुझिस, सबैको काखी बजाएर तेरी छोरीले हाम्रो नाक काटी,” मेरो छिमेकी सनकेले उसकी स्वास्नीलाई यसो भन्यो र तमाखु भर्न आगो खोस्रन थाल्यो । “अब यो जन्ममा त के सात जन्मसम्म त्यसको मुख हेर्दिन ।”
मोबाइलको भाइबरमा फेरि उनको सन्देश आएन, उफ ! म केही आत्तुर हुन्छु उनको सन्देशको प्रतिक्षामा । यसो यताउति टोलाउँछु उनको यादमा । फेरि मोबाइलतिर मेरो ध्यान जान्छ । मोबाइलतिर गएको ध्यान एक्कासि आमाको आवाजमा रोकिन्छ, “छोरा खाना खान आऊ ?”
बिदेशी भूमिमा पहिलोपटक एक्लै भएको छु र अबका केही दिनहरू एक्लै बिताउँदै छु । समर भ्याकेसन, युनिभर्सिटी बन्द भएकाले साथीहरू नेपाल गए । साउथ वेस्ट मिनेसोटा स्टेट युनिभर्सिटीमा पूर्ण छात्रवृत्तिमा ब्याचलर इन सोसिओलोजी पहिलो वर्षमा अध्ययन गर्दै गरेको म यतै सेटल हुने विचार गर्दैछु । बुवा आमा पनि सहमत हुनुहुन्छ मेरो कुरामा । बिहानको ६ बजिसकेको छ । आज चहलपहल अलिक कम छ । नेपाली विद्यार्थीहरूको बाहुल्यता भएको यो मिनेसोटा अमेरिका आउने नेपाली विद्यार्थीहरुका लागि राजधानी जस्तै भएको छ ।
सूर्यले मधुरो किरण छरेको छ । विहानको दस बजिसकेको छ । दुर्गा आधारभूत विद्यालय, जगतिपुर, जाजरकोटका ढोकाहरू खुलिसकेका छन् । कार्यालय सहयोगी घाँटी तन्काएर उत्तरतिर हेर्दा छन् । विद्यार्थीहरू चौरमा दौडधुप गर्दा छन् । शिक्षकहरू चाहिँ कार्यालयमा बसेर बाहिरफेरो नजर दौडाउँदा छन् । स्कुल छेवैको मूलबाटो भएर मानिसहरूको पातलो आवतजावत कायमै छ ।
यदाकदा मेरा अफन्तहरू भन्ने गर्छन्, मेरो अनुहार ठ्याक्कै आमाको जस्तो छ । उनीहरू अँझै थप्छन् आमाका अनुहारका छोरा र बाउका अनुहारका छोरी भाग्यमानी हुन्छन् । जब आमाको सम्झनाले मन भकभकी उम्लिन थाल्छ, म ढोका बन्द गर्छु र आमाको चुल्ठो लगाएर ड्रेसिङ टेबुल अगाडि उभिन्छु । यही चुल्ठो लगाएर कान्छी फुपूको बिहेमा खिचिएका आमाका तस्विरहरू हातमा लिँदै आफ्नै अनुहारमा आमाको अनुहार खोज्न थाल्छु । अफन्तहरूका कुरमा केही सत्यता भएको आभास हुन्छ ।
कार्तिक महिना दोपहरको समय । न गर्मी न त चिसोको अनुभूती । दाजुभाइ भित्र मौरो परेकोले क्रियापुत्रीलाई भेट्न पँधेरामा पुग्दा थुप्रै दाजुभाइ नाता गोताहरूको जमघट थियो । सायद छठ पर्वको सार्वजनिक बिदाको दिन भएकोले पनि दाजुभाइबीचको यो उपस्थिति संभव भएको थियो होला । मानौ यो कुनै मातमभन्दा पनि मेला लागे जस्तै थियो । हामी पन्थीहरूको बाहुल्य बस्ती भएको प्राकृतिक सौन्दर्यले सजिएको तम्घास नगरीमा ।