Skip to content

सामाजिक कथा

कहाँ खोजु तिमीलाई ?

मम्मी हाम्रो बाबा कहिले घर आउने ? आउँदा के ल्याइदिनुहुन्छ मलाई ? एकपटक फोन गर्नून बाबालाई म पनि कुरा गर्छु । हजुरले किन सधैं भोलि-भोलि मात्र कुरा गरौंला भन्नुहुन्छ । तपाईंलाई बाबाको माया लाग्दैन हो मम्मी ? मलाई त मेरो बाबाको धेरै माया लाग्छ । मेरो बाबा आउँदा मलाई भन्नू नि म त बाबालाई लिन शहर जाने हो । अनि नयाँ नाना पनि किन्ने हो ।

उफ ! छ वर्षकी मेरी छोरीका यी प्रश्नहरुको नजबाफ उत्तर म कसरी दिऊँ । सुन्दै मन निमोठिएर आउँछ । मुटुका भल्भहरू एका एक स्वुच अफ हुन थाल्छन् । हातमा समातेको पानीको अम्खोरा एक्कासि हातबाटै उछिट्टिएर पर पुग्छ ।

नदेखेको माया

उसलाई मैले देखेको छैनँ, स्पर्श गरेको पनि छैनँ र अँगालो मारेको पनि छैनँ तर अचम्मसँग बिहानीको सूर्यजस्तै प्रेमले मलाई आकुलव्याकुल बनाएको छ । मैले स्पर्श नगरेको मान्छेलाई म कसरी प्रेम गर्न सक्छु ? भन्ने प्रश्न वर्तमान विचलित बनाएको हो कि भन्ने नलागेको हैन । तर सधैँ र साँच्चै नै अँगालो नमारेको मानछेलाई मुटु नै दुख्ने गरी प्रेम गर्न सकिन्छ भन्नेचाहिँ लागेको थिएन । ‘यो संसारकी एक मात्र साथी ’ मलाई, उसले इमेल पठाएको छ ।

कथाकार हुँ कि कथाको पात्र ?

“हेलो ! कविज्यू । कथा पनि निकै राम्रो लेख्नु हुँदोरहेछ है ।”

एक्कासि एउटा अपरिचित व्यक्ति फोनम बोल्यो । फेरि कसले मेरो फोन नम्बर दिन मरेछ मनमनै गाली गर्दिए मैले र भनें,”कवि ? कथा ? कसलाई भन्नू भएको ? मैले त बुझेन नि ?”

“बुझ्नु पनि कसरी तपाईंले मलाई चिन्नु नै भएको छैन ।”

“उसो भए मलाई नचिनेको मान्छेसँग कुरा गर्न मन पर्दैन । फोन राख्नुस है ।”

परदेशबाट पत्र

‘म अहिले प्रशस्त अनुभवरत छु । यस समय हामी एक्लै छैनौँ भन्ने कुरालाई हामीले सकारात्मक ढङ्गले लिर्नेपर्छ । भावनाहरू एक हुनु त यो संसारका सबैभन्दा महत्वपूर्ण कुरा हुन जान्छ । तिमीसँग भएको लगन, अनुभव, कर्तव्यबोध र वर्तमानको लक्ष्यलाई आग्रहका साथ तिमीले अगाडि बढाउन सक्छयौ भन्ने मैले पूर्णतः विश्वास गरेको छु । पक्कै पनि तिमी मेरो विश्वासलाई अति नै सम्मानका साथ लिनेछ्यौ भन्ने मैले आशा गरेको छु । आफन्तहरूबाट दिइने शुभकामनाका शब्दहरू पक्कै पनि स्वीकार्य हुनेछन् भन्ने विश्वास पनि ममा छँदैछ ।’

बिहे

‘ओइलाउने फूल जस्तो माया नमार’ रेडियोबाट लगातार घन्किएको यो आवाज मन पर्न थालेको थियो । त्यसो त मायाप्रीतिका कुरा गर्न घरमा त्यति सहज वातावरण भने हुदैन । धार्मिक गानामा मस्त हजुरबुबाका अगाडि मायाप्रीतिका कुरा गर्दा त घर नै उचाल्ने गरी उहाँले ‘राम राम’ भन्नुहुँदा गाउँको भेला नै बस्छ । त्यसैले झ्याल खोलेर माथि उदाइरहेको चन्द्रमा हेर्दै म मायाप्रीतिका कुराहरूलाई र अनुभवहरूलाई मुटुभित्र नै दबाउन खोजिरहेकी हुन्थे ।

मेरी मुना

अम्बिकापुरबाट तीनसुकियाको लागि बिहान ६ बजे नै बस छुट्थ्यो । चिसो बिहानी, बसको हर्न सुन्नासाथ म ब्याग लिएर निस्किएको थिएँ । पहिलो बस छुट्यो भने फेरि अर्को बस ३ घण्टा पछि अर्थात ९ बजे मात्र थियो र दोस्रो बसमा मलाई गन्तव्यमा पुग्न ढिलो हुने थियो । ब्रह्मपुत्र नदीमा पुल भएकोले घरबाट सिधै तिनीसुकिया आउजाउ गर्न सजिलो भएको थियो ।

लामो यात्रा भएकोले यात्राको आनन्द र खल्लोपना छेवैमा बस्ने सहयात्रि र उसको आनी बानिमा भर पर्थ्यो । मेरो कामना थियो ‘एक सुन्दर स्त्री सँगैको सिटमा भए यात्राको मज्जै बेग्लै हुन्थ्यो। बाटो भरि मिठा मिठा साहित्यिक कुराहरू गर्ने ती सहयात्री भै दिए झनै सुगन्ध थपिने थियो।

भगवतीकुमारीको माया

भगवतीकुमारी छानाबाट खसेजस्तो भई । उसको मुख सुक्यो । गाला सुके र शरीर नराम्रोसँग काम्यो । कल्पनै नगरेको घटनाले आङमा ग्रहण लागेजस्तो भयो । श्वासप्रश्वास यसरी ह्वातै बढ्ला भन्ने त उसले सपनामा पनि सोचेकी थिइन । “दुःख नमान् भगवती ! कर्मको फल नबेहोरी हुँदो रहेनछ । के गर्ने त फुटेको कर्म लिएइर जन्मिएपछि ! राम्रो कर्म भएको भए त काखभरिको लोग्नेले घरको न घाटको बनाउँदैनथ्यो नि ।”

मित्रता

अचम्मसँग बिहानीको र्सूयजस्तै मित्रताले आकुल-व्याकुल बनाएको छ । म कसरी मित्रतामा भन्ने प्रश्नले वर्तमान विचलित बनाएको हो कि भन्ने नलागेको हैन । तर सधैं र साँच्चै नै मित्रतामा माया सकिन्छ भन्ने चाहिँ लागेको थिएन ।

“यो संसारकी एक मात्र” उसले इमेल पठाएको छ । जब तिमी मित्रताको पराकाष्ठामा उन्मुक्त भएको वातावरणमा आफूलाई पाउनेछौ तब तिम्रो मन दुख्ने कुराहरू पराजीत हुनेछन् र त्यतिखेर तिमीले बिस्तारै बिहानीको जस्तै शीतलता महसूस गर्नेछौं ।

मेरी भाउजू र नागा बाबा

म पत्रकार, रुढीवादी परम्परा पटक्कै मन पराउँदिन । मेरो आदर्शले सामाजिक व्यवहारमा बाँधिन समय लाग्यो । बिहे पनि उमेर ढल्केपछि भयो । बिहे गरेको वर्ष दिन नपुग्दै श्रीमती कहिले टाउको दुख्यो त कहिले कम्मर दुख्यो भन्न थालिन् । कहिलेकाहीँ पिठिउँको र पेटको पनि चुक्ली लगाउँथिन् । सिकिस्तै नभए पनि स्वस्थ भने कहिल्यै नहुने ! नाम चाहिँ गोरी, छालाको रङले जुराएको । अनुहार भने जहिल्यै अँधेरो बनाइराख्ने । अस्पताल लिएर गएँ । डाक्टरहरूले सोध्दा कहिलेकाहीँ घुँडा पनि दुख्छन् भन्न पछि परिनन् ।

युद्धमा हारेका बा

आज पनि स्कुल जान ढिलो भैसक्यो । गाग्री भरेर घरमा जाने पालो नै आएको छैन । दुई घन्टा कुरेपछि मात्र बल्लतल्ल पालो आयो आधा घन्टा लाग्ने बाटोमा पन्ध्र मिनेटमै घर पुगे । छिटोभन्दा छिटो खाएर झोला बोकेर स्कुल गए । यो समस्या मेरो मात्र हैन त्यस गाउँमा बस्ने हरेक स्कुल पढ्न जाने विद्यार्थीरुको छ । योभन्दा १० र १२ वर्ष अघि जस्तो थियो समस्या आज पनि उहीँ छ । समय बदलियो तर समस्या बदलिएको छैन ।

एक पिरिएड कलास सकिनै लागेछ । आज पनि ढिलो गरेको हुनाले सरले मुर्गा बनाए रै छोडनु भयो । मज्जाले बनियो किन डराउनु गल्ती त आफ्नै छ हैन । गल्ती गरेपछि झूक्न डराउनु हुन्न भन्ने मेरो मान्यता ।

JeewanDangi

ज्वानौसँग जात्रा (कथा)

लेकाली गाउँ छाडेर हिडेको वर्षौ भयो । गाउँ पुग्दा थाहा पाएँ, मैसँग मुग्लान लागेकाहरू छुट्टी आई, फेरि फर्किए छन् । ४ वर्ष पछि मुकाम, गुराँस बजारबाट गाउँमा पाईला टेग्दा, नौलोपन महसुस भयो ।

गाउँमा घर जति जम्मै हरिया भएको सचिव काकाले, गुराँस बजार पुग्दा भनेका थिए । गाउँ सप्रिएको रहेछ ।

मखमलीको बिहे

“बुझिस, सबैको काखी बजाएर तेरी छोरीले हाम्रो नाक काटी,” मेरो छिमेकी सनकेले उसकी स्वास्नीलाई यसो भन्यो र तमाखु भर्न आगो खोस्रन थाल्यो । “अब यो जन्ममा त के सात जन्मसम्म त्यसको मुख हेर्दिन ।”

“यदि तैले त्योसँग भेट्ने कोशिस गरेको थाहा पाए भने मेरो मरेको मुख देख्लिस् अनि गाउलेले लोग्ने टोकुवी भनेर तँलाई बस्न खान नदेलान् ।” सनकेले सासै नफेरी बोल्यो र आँखाबाट तरक्क दुई थोपा आँसु झार्यो ।

BirendraOli

दुई दिनको सम्बन्ध

मोबाइलको भाइबरमा फेरि उनको सन्देश आएन, उफ ! म केही आत्तुर हुन्छु उनको सन्देशको प्रतिक्षामा । यसो यताउति टोलाउँछु उनको यादमा । फेरि मोबाइलतिर मेरो ध्यान जान्छ । मोबाइलतिर गएको ध्यान एक्कासि आमाको आवाजमा रोकिन्छ, “छोरा खाना खान आऊ ?”

प्रत्योत्तरमा भनें, “हुन्छ, आमा म आएँ ।”

अपरिचित पात्र

बिदेशी भूमिमा पहिलोपटक एक्लै भएको छु र अबका केही दिनहरू एक्लै बिताउँदै छु । समर भ्याकेसन, युनिभर्सिटी बन्द भएकाले साथीहरू नेपाल गए । साउथ वेस्ट मिनेसोटा स्टेट युनिभर्सिटीमा पूर्ण छात्रवृत्तिमा ब्याचलर इन सोसिओलोजी पहिलो वर्षमा अध्ययन गर्दै गरेको म यतै सेटल हुने विचार गर्दैछु । बुवा आमा पनि सहमत हुनुहुन्छ मेरो कुरामा । बिहानको ६ बजिसकेको छ । आज चहलपहल अलिक कम छ । नेपाली विद्यार्थीहरूको बाहुल्यता भएको यो मिनेसोटा अमेरिका आउने नेपाली विद्यार्थीहरुका लागि राजधानी जस्तै भएको छ ।

राजगुरुसँग राजा

सूर्यले मधुरो किरण छरेको छ । विहानको दस बजिसकेको छ । दुर्गा आधारभूत विद्यालय, जगतिपुर, जाजरकोटका ढोकाहरू खुलिसकेका छन् । कार्यालय सहयोगी घाँटी तन्काएर उत्तरतिर हेर्दा छन् । विद्यार्थीहरू चौरमा दौडधुप गर्दा छन् । शिक्षकहरू चाहिँ कार्यालयमा बसेर बाहिरफेरो नजर दौडाउँदा छन् । स्कुल छेवैको मूलबाटो भएर मानिसहरूको पातलो आवतजावत कायमै छ ।

अप्राप्य मोड र तिम्रो माया

“जिन्दगी मेरो परिभाषामा, त्यति नै अप्ठ्यारो र नितान्त अपर्याप्त विषयवस्तु भएको छ र म त्यसलाई सजिलै स्वीकार्ने पक्षमा छैन,“ ऊ गम्भीर भएर यी कुराहरू बोल्छ ।

ऊ भन्नाले अनाम अर्थात् मेरा अभिन्न मित्र । ऊ अक्सर गरेर यसरी नै फटाफट बोलिदिन्छ, म भने त्यो अवस्थामा कुनै उत्तर दिन नै पाउदिन । कस्तो सम्झौता भएको छ हाम्रो बीचमा र हामी आफूमै अन्यौल छौं।

आमाको चुल्ठो

यदाकदा मेरा अफन्तहरू भन्ने गर्छन्, मेरो अनुहार ठ्याक्कै आमाको जस्तो छ । उनीहरू अँझै थप्छन् आमाका अनुहारका छोरा र बाउका अनुहारका छोरी भाग्यमानी हुन्छन् । जब आमाको सम्झनाले मन भकभकी उम्लिन थाल्छ, म ढोका बन्द गर्छु र आमाको चुल्ठो लगाएर ड्रेसिङ टेबुल अगाडि उभिन्छु । यही चुल्ठो लगाएर कान्छी फुपूको बिहेमा खिचिएका आमाका तस्विरहरू हातमा लिँदै आफ्नै अनुहारमा आमाको अनुहार खोज्न थाल्छु । अफन्तहरूका कुरमा केही सत्यता भएको आभास हुन्छ ।

सिट नं. तीन

कल्पनाको लोकमा पुगेर जीवनका केही तिता मिठा रङ्गहरूसँग पौडी खेल्दै थिएँ । केही आफ्नै वरिपरि छरपस्ट छरिएका बेरोजगारी प्रमाणपत्रहरू र जीवनका साधा किताबहरुले आफैलाई गिज्याइरहेका थिए । आमा कहिलेकाहीं कराउनु पनि हुन्छ छोरी मान्छे भएर पनि आफ्नो सामान त मिलाएर राख्नु नि ! खै कसरी जाने पो हो यिनिहरुको जिन्दगी गारो छ बाबै सधैं केटाकेटी जस्तो नै गर्छन् । आफ्नै जिन्दगी केही ठाउँमा मिलाउन त सकिदैन आमा भने किताबका कुरा गर्नुहुन्छ । जे जस्तो भएपनी आमाका प्रत्येक गालीहरुलाई मैले आशीर्वाद को रुपमा ग्रहण गर्छु । कुनै पनि बा आमाले छोराछोरीको नराम्रो को लागि भने गाली कहिल्यै गर्दैनन् ।

रेडियो

कार्तिक महिना दोपहरको समय । न गर्मी न त चिसोको अनुभूती । दाजुभाइ भित्र मौरो परेकोले क्रियापुत्रीलाई भेट्न पँधेरामा पुग्दा थुप्रै दाजुभाइ नाता गोताहरूको जमघट थियो । सायद छठ पर्वको सार्वजनिक बिदाको दिन भएकोले पनि दाजुभाइबीचको यो उपस्थिति संभव भएको थियो होला । मानौ यो कुनै मातमभन्दा पनि मेला लागे जस्तै थियो । हामी पन्थीहरूको बाहुल्य बस्ती भएको प्राकृतिक सौन्दर्यले सजिएको तम्घास नगरीमा ।

मेघावती पटेलको माया

ऊ बाहिरियो । ऊ अर्थात् नवीन बाहिरियो । स्वास्नीलाई जान्छु पनि नभनी जुत्ता लगाएर ऊ छिटो छिटो तलको छिडी पनि काट्यो । अफिसबाट फर्केर सधैं त चिया पान गरेर मात्र हिड्ने ऊ आज स्वास्नी भान्सा गएकै बेला पारेर निस्कियो ।

उसको हरेक साझ घरबाट निस्कने यो क्रम बिगत सात महिनादेखि चलिरहेको छ । उसलाई मेघावतीसँग भेट्नु छ । बिहारमा जन्मेर पनि नेपालीसँग भागेकी मेघावती उसलाई मन परेको छ । मेघावतीका आँखाले उसलाई बेहोस परेको छ । राम्री अनि केही ब्येहोर्न नपर्ने । उसको मन मेघावतीको मायाले पग्लिएको छ । उसलाई मेघावतीप्रति गौरब लागेको छ ।