एक रातको कथा
रात वित्याँस पर्छ पावेललाई, ऊ छटपटाउँछ, कोल्टे फेर्छ । समस्याले उसलाई सताउनै सक्दैन किनकि ऊ सुख र दुखःको पारि छ त्यसैले त ऊ वितरागी छ । बाबासँगको सङ्गतले उसलाई यस्तो बनाएका हो । तर समय समय हो । खोलोको बहाबजस्तै उसले कलकल, झरझर सङ्गिती देखे पनि महसुस गरे पनि उसले उज्यालो भेट्टाउँदैन । उसले सोच्छ दुःख त दुःखै हो । अरुले आफूभन्दा दुःखी हेरी दुःखी नबन भनेको सम्झेर कहिल्यै चित्त नबुझाउने ऊ, त्यसैले उसले यत्तिबेला चित्त बुझाएन ।

बिनोद परियार, माथ्लो गाउँको दमाई हो । लुगा सिउने मेसिन छ घरमा । त्यो पनि आफ्नै । बाटोमै घर छ । त्यै बाटो कतै जाँदै गर्दा १, २ बजी दिउँसोतिर ९०को दशकको हिन्दी गीत “साँसोकि जरुतहै जैसे…” जस्ता गीतहरू बजाएर मेसिनको छेउको खाटमा उत्तानो परेर एउटा घुँडा खुम्च्याएर त्याँ माथि अर्को खुट्टा राखेर संसार भुले जस्तो गरी आँखा चिम्म गरी सुनिरहेको हुन्छ ।
ऊ र ममा कुमार र नारायणको फरक थियो । ऊ कृषि पेशामा थियो । म भने प्रहरी सेवामा थिएँ । ऊ सप्तरीको दक्षिणी भागको यादव थियो । म उत्तरी भेगको यादव थिएँ । नाम पनि उस्तै थियो । एक समय हाम्रो मन पनि उस्तै थियो । जिल्ला एउटै भए पनि आफू बस्ने समूदाय फरक पर्दा र अपनाएको पेशा अलग हुँदा विचारमा अलिक फरक पर्दै जाँदै थियो । यद्यपि म भनेपछि शिवनारायण यादव हुरुक्क हुन्थ्यो ।
आँगनमा टन्नै भरिभराउ मान्छे । चोटा, कोठा, बार्दली सबै पाहुनाहरुले भरिएका । पञ्चे वाजाको झ्याँई झ्याँई । कोही नाचिरहेका, कोही गीतमा ताल मिलाइरहेका, कोही खाइरहेका । चिनिमायालाई फुर्सदै छैन । पाहुना, आउने जाने इष्टमित्र स्वागत सत्कार आदि ईत्यादि ।
सपनाको भट्टीनजिकै पुगेपछि प्रायः सबै तन्नेरी र वृद्धहरूको आँखा पनि टक्क अडिन्थ्यो । चाहे सद्भावनाले होस या प्यासले । नअडियोस् पनि किन सपना अति सुन्दर मानौँ परीजस्तै थिई । गोरो बाटुलो बान्की परेको अनुहार थियो । रगत चुहिएलाजस्तै थिए दुवै गालाका पाटाहरू, आँखाहरू त्यस्तै ठुलाठूला सुन्दर थिए । अनारको दानाहरूझैँ मिलेका दाँतहरू थिए । पुष्ट छाती, हलक्कै बढेको शरीर उसको आकृति हेरेपछि धित मार्न सबैलाई हम्मेहम्मे नै पर्थ्यो ।
“ए हरि, त्यो बिउ फाल् त, यता मेरो मेलो पछाडि परिसक्यो,” ठुल दिदी माथिल्ला गडाबाट कराइन्। 
“मेरो छोरा हिजो सानो थिइस् । मेरो हात समातेर पाठशालासम्म पुग्थिस् । अनि, यही हात समातेर आज ठुलो भइस् । अहिले मलाई तेरो हात समातेर हिड्ने सहारा चाहिएको छ । के तलाई मसँग बस्ने फुर्सद छैन ? बाहिर मात्र कति सुख, सम्पत्ति, इमान, स्वाभिमान र इज्जत खोज्छस् ! यी तेरा बाबा आमाका डुब्दै गरेका आँखामा हेर्, सुख, सम्पत्ति, इमान, इज्जत र स्वाभिमान । हिजो सोचेथें छोरो ठुलो होला, सुख पाउला, धेरै धन सम्पति कमाउला, हामीलाई पनि सुख देला बुढेसकालमा सहारा होला । हामीले दुख भोगे पनि तेरो सधैं सुख र सन्तोषको कामना गर्यौ । मन्दिर मन्दिर धाएर अमुर्त भगवान् को मूर्तिलाई पूजा गर्यौं । त आज हामीलाई छोडेर कसरी शहर जाने कुरा गर्दैछस् हँ ?”
थानकोटको जाममा परेर होला मलाई बानेश्वरसम्म आउन पूरै तीन घन्टा लाग्यो । पहिलो पटक थियो काठमाडौँ आएको । आउन मन त कहाँ नभएको हो र तर पनि आफ्नै बाध्यताले गर्दा पूरै उन्नाइस वर्ष लागेछ यो काठमाडौँ सहर आउनलाई ।
शुक्रवारको दिन बेलुकीको झण्डै ५ बज्न लागेको थियो । गाडीहरू तछाडमछाड गर्दै को अगाडि जाने भन्ने होडबाजीमा आलोपालो मिच्दै मान्छे तानातान गर्न लडिबुढि गरिरहेका थिए । हातमा कालो ब्याग समातेर उनी अर्थात झरना गाडीछेउ आइपुगिन् । म नजिकै ओर्लने भएकाले गर्दा बाहिर नै उभिएको थिएँ । खलासी भाइले तुलसीपुरसम्म हो भनेर उनलाई सिटमा लगेर राखिदियो ।
उमेशलाई अचेल सबैले पागलप्रेमी भनेर चिन्छन्। हुन पनि प्रेममा असफल भएपछि अचानक ऊ साहित्यकार भएको छ। पहिलो प्रेमको यादकै सहारामा जिउने, जिन्दगीमा कहिल्यै माया नगाँस्ने र बिहे नगर्ने कसम खाएको छ। जो भेटे पनि केही न केही साहित्यिक रचना सुनाइहाल्छ। उसको रचनामा प्रेमपछिको बिछोड झल्कन्छ। संयोगान्त रचना उसलाई खासै मन पर्दैन। कहिलेकाहीं त ऊ आफ्नै रचना सुनाउँदा-सुनाउँदै धुरु-धुरु रुन्छ। त्यतिकै उसलाई मान्छेले पागलप्रेमी भनेका होइनन्। अचेल उसले एउटा अन्त्यहीन यात्रा थालेको छ।
झण्डै एक लोटा पानी घुट्क्याए उनले । अनि पुर्पुरोमा हात राखेर लामो सास फेरे ।