Skip to content

सामाजिक कथा

एक रातको कथा

रात वित्याँस पर्छ पावेललाई, ऊ छटपटाउँछ, कोल्टे फेर्छ । समस्याले उसलाई सताउनै सक्दैन किनकि ऊ सुख र दुखःको पारि छ त्यसैले त ऊ वितरागी छ । बाबासँगको सङ्गतले उसलाई यस्तो बनाएका हो । तर समय समय हो । खोलोको बहाबजस्तै उसले कलकल, झरझर सङ्गिती देखे पनि महसुस गरे पनि उसले उज्यालो भेट्टाउँदैन । उसले सोच्छ दुःख त दुःखै हो । अरुले आफूभन्दा दुःखी हेरी दुःखी नबन भनेको सम्झेर कहिल्यै चित्त नबुझाउने ऊ, त्यसैले उसले यत्तिबेला चित्त बुझाएन ।

ChetanNeupane

कक्रिएको ढुकुर

बिनोद परियार, माथ्लो गाउँको दमाई हो । लुगा सिउने मेसिन छ घरमा । त्यो पनि आफ्नै । बाटोमै घर छ । त्यै बाटो कतै जाँदै गर्दा १, २ बजी दिउँसोतिर ९०को दशकको हिन्दी गीत “साँसोकि जरुतहै जैसे…” जस्ता गीतहरू बजाएर मेसिनको छेउको खाटमा उत्तानो परेर एउटा घुँडा खुम्च्याएर त्याँ माथि अर्को खुट्टा राखेर संसार भुले जस्तो गरी आँखा चिम्म गरी सुनिरहेको हुन्छ ।

बिहेगरेको ४ वर्ष भो । छोराछोरी छैनन् । बुढी छे राम्री र कामकरीली । घरधन्दामा ब्यस्त हुन्छे । गाई पनि पालेको छ एउटा । चियाबारीमा पनि काम पनि गर्छे ।

शिवनारायणको व्यथा

ऊ र ममा कुमार र नारायणको फरक थियो । ऊ कृषि पेशामा थियो । म भने प्रहरी सेवामा थिएँ । ऊ सप्तरीको दक्षिणी भागको यादव थियो । म उत्तरी भेगको यादव थिएँ । नाम पनि उस्तै थियो । एक समय हाम्रो मन पनि उस्तै थियो । जिल्ला एउटै भए पनि आफू बस्ने समूदाय फरक पर्दा र अपनाएको पेशा अलग हुँदा विचारमा अलिक फरक पर्दै जाँदै थियो । यद्यपि म भनेपछि शिवनारायण यादव हुरुक्क हुन्थ्यो ।

दाउरे

दामा र हडिया खोलाको बीचमा रहेको मझुवा झोडामा एउटा दाउरे परिवार बस्छ। बाँसको टाटीमा माटोले लिपेको भित्ता र भित्तोमा रातोमाटो र कमेरोले पोतेको अनि बाबियोले छाएको छानोको झुपडीमा परिवारका तीन सदस्य बस्छन। झुपडी नजिकै एउटा गाईगोठ र बाख्राको खोर पनि देखिन्छ।आँगनमा कुखुरा क्याऊँ क्याऊँ गर्दे चारो खादै गरेको, गोठमा गोरु ड्वाँ ड्वाँ गर्दै डुक्रेको आवाजले ग्वाम बहादुरको दिउसोको भाते निद्रा खल्बलिन्छ।

मृत्यु उत्सव

“छोरा तँ किन सधैँ निन्याउरो देखिन्छस् ?” रघुकी आमाले दिक्क मान्दै रघुलाई मनको वह पोख्नुभयो । रघुको चेहरामा शङ्का, आक्रोश र एकोहोर्याइँदो भावको दुखद् मिश्रण छ । घरको सिकुवामा गुन्द्रीमा बसेर अगाडिका बाख्राको पाठो नाचेको देखेर ऊ पनि नाच्न चाहन्छ । निकै बेरको मौनताका कारण रघुकी आमा आखिर छेउमै आएर बस्न विवश बनिन् । दुई हात टेकेर बसेको छ । उसका खुट्टा सिकुवादेखि तल झारेको छ । छोरोको मौनता, त्यसमा पनि अनुहारको अलिअलि आक्रोशले रेखा देखिन्छन् । रघुकी आमालाई ममताको एउटा मुटु प्रेमसागरमा हालेर पस्कने चाहनाले दौडाइरह्यो ।

पुरुषार्थी

आँगनमा टन्नै भरिभराउ मान्छे । चोटा, कोठा, बार्दली सबै पाहुनाहरुले भरिएका । पञ्चे वाजाको झ्याँई झ्याँई । कोही नाचिरहेका, कोही गीतमा ताल मिलाइरहेका, कोही खाइरहेका । चिनिमायालाई फुर्सदै छैन । पाहुना, आउने जाने इष्टमित्र स्वागत सत्कार आदि ईत्यादि ।

आज हरिकृष्ण अर्थात चिनिमायाको लोग्नेको विवाह तर चिनिमायाको होइन । चिनिमायाको त छ साल पहिले नै बिहे भएको । वावुआमाले मनले खाएको त्यही हरिकृष्णसँग ।

ओझेल

सपनाको भट्टीनजिकै पुगेपछि प्रायः सबै तन्नेरी र वृद्धहरूको आँखा पनि टक्क अडिन्थ्यो । चाहे सद्भावनाले होस या प्यासले । नअडियोस् पनि किन सपना अति सुन्दर मानौँ परीजस्तै थिई । गोरो बाटुलो बान्की परेको अनुहार थियो । रगत चुहिएलाजस्तै थिए दुवै गालाका पाटाहरू, आँखाहरू त्यस्तै ठुलाठूला सुन्दर थिए । अनारको दानाहरूझैँ मिलेका दाँतहरू थिए । पुष्ट छाती, हलक्कै बढेको शरीर उसको आकृति हेरेपछि धित मार्न सबैलाई हम्मेहम्मे नै पर्थ्यो ।

NavinKafleAbhi

गैरी खेत

“ए हरि, त्यो बिउ फाल् त, यता मेरो मेलो पछाडि परिसक्यो,” ठुल दिदी माथिल्ला गडाबाट कराइन्।

जेठको २५ लागिसकेको थियो। वर्षाले त्यो वर्ष समयमै किसानहरुलाई उर्जा प्रदान गरिदिएको थियो। गाउँभरिको मुलघर प्रधान ठुला-बाको थियो त्यसपछि हाम्रै घर थियो। मेरा बा गाउका मुखिया थिए। मुखियाको रोपाइँ भएर होला सायद त्यो बेलामा गाउँभरिका प्रत्येक घरबाट एक जनाका दरले रोप्नेरी पठाई दिने चलन थियो।

मगन्ते म

काठमाडौंको बसाइँ भनेपछि सधैंसधैंको हतार त हुने नै भयो । काठमाडौं खाल्डामा पढ्न होइन पढाउन कलेज धाउन थालेको पनि केही वर्ष भएको थियो । कोठाबाट कार्यक्षेत्रमा निस्कने गल्लीको केही पर गणेश मन्दिर थियो । प्राय: जसो दिन एउटा मगन्ते मन्दिरको छेउमा थोत्रो कपडा फिजाएर माग्न बस्थ्यो। ऊ पागल हो कि सद्धे हो कहिल्यै बुझ्ने फुर्सद भएन ।

त्यस टोलमा म बस्न थालेको पनि चार वर्ष भइसकेको थियो । उसले पहिलो दिनदेखि नै प्रत्येक दिन स्वागत र बिदाइ गरेकै थियो । भौतिक रूपमा अपाङ्ग नभए पनि मानसिक रूपमा त अपाङ्ग हुनैपर्छ किनकि बृद्ध अवस्था नहुँदै काम नगरेर मन्दिरको सहारा लिएर मागेर जीवन चलाउँदै थियो ।

बुढेसकालको सहारा

“मेरो छोरा हिजो सानो थिइस् । मेरो हात समातेर पाठशालासम्म पुग्थिस् । अनि, यही हात समातेर आज ठुलो भइस् । अहिले मलाई तेरो हात समातेर हिड्ने सहारा चाहिएको छ । के तलाई मसँग बस्ने फुर्सद छैन ? बाहिर मात्र कति सुख, सम्पत्ति, इमान, स्वाभिमान र इज्जत खोज्छस् ! यी तेरा बाबा आमाका डुब्दै गरेका आँखामा हेर्, सुख, सम्पत्ति, इमान, इज्जत र स्वाभिमान । हिजो सोचेथें छोरो ठुलो होला, सुख पाउला, धेरै धन सम्पति कमाउला, हामीलाई पनि सुख देला बुढेसकालमा सहारा होला । हामीले दुख भोगे पनि तेरो सधैं सुख र सन्तोषको कामना गर्यौ । मन्दिर मन्दिर धाएर अमुर्त भगवान् को मूर्तिलाई पूजा गर्यौं । त आज हामीलाई छोडेर कसरी शहर जाने कुरा गर्दैछस् हँ ?”

बाबु र छोरा

थानकोटको जाममा परेर होला मलाई बानेश्वरसम्म आउन पूरै तीन घन्टा लाग्यो । पहिलो पटक थियो काठमाडौँ आएको । आउन मन त कहाँ नभएको हो र तर पनि आफ्नै बाध्यताले गर्दा पूरै उन्नाइस वर्ष लागेछ यो काठमाडौँ सहर आउनलाई ।

साँझको छ बज्दै छ । झमक्क अँध्यारो परिसक्यो । नयाँ ठाउँ ठेगाना त छ, पत्ता लगाउन पो गाह्रो हुने हो कि ?

KapilMani

हराएको मान्छे

शुक्रवारको दिन बेलुकीको झण्डै ५ बज्न लागेको थियो । गाडीहरू तछाडमछाड गर्दै को अगाडि जाने भन्ने होडबाजीमा आलोपालो मिच्दै मान्छे तानातान गर्न लडिबुढि गरिरहेका थिए । हातमा कालो ब्याग समातेर उनी अर्थात झरना गाडीछेउ आइपुगिन् । म नजिकै ओर्लने भएकाले गर्दा बाहिर नै उभिएको थिएँ । खलासी भाइले तुलसीपुरसम्म हो भनेर उनलाई सिटमा लगेर राखिदियो ।

कुर्था सुरुवाल, लामो कालो कपाल, ओठमा हल्का रातो लिपिष्टिक, आँखामा गाजल एकोहोरो हेरी नै रहे । केही छिनमा गाडी भरियो र आफ्नो गन्तव्य तय गर्यो ।

प्रेम

“आ हजुर यो खप्परमा सौता नै लेख्या जस्तो छ… !” मनमायाले एकाबिहानै लोग्नेसँग गुनासो पोखिन् ।

“धत्तेरी ! किन एकाबिहानै यस्तो अलच्छिना शब्द बोल्छ्यौ ए बुढिया…।” श्रीमती चाहिँले के भन्न खोज्दै थिइन्, बोल्नै नदिई बीचैमा बुझो लाइदियो हरिलालले ।

देवी

उमेशलाई अचेल सबैले पागलप्रेमी भनेर चिन्छन्। हुन पनि प्रेममा असफल भएपछि अचानक ऊ साहित्यकार भएको छ। पहिलो प्रेमको यादकै सहारामा जिउने, जिन्दगीमा कहिल्यै माया नगाँस्ने र बिहे नगर्ने कसम खाएको छ। जो भेटे पनि केही न केही साहित्यिक रचना सुनाइहाल्छ। उसको रचनामा प्रेमपछिको बिछोड झल्कन्छ। संयोगान्त रचना उसलाई खासै मन पर्दैन। कहिलेकाहीं त ऊ आफ्नै रचना सुनाउँदा-सुनाउँदै धुरु-धुरु रुन्छ। त्यतिकै उसलाई मान्छेले पागलप्रेमी भनेका होइनन्। अचेल उसले एउटा अन्त्यहीन यात्रा थालेको छ।

LalitaDoshi

रातका पतिहरू

एकाएक सडकमा छाएको चकमन्नताले लुनालाई कताकता शून्य लाग्छ। केही दिन अगाडिदेखि नै सडकनजिकैका घर थर्काउने खालको लाटीको आवाज कसैले सुन्न पाएका हुँदैनन्। लाटीका विषयमा भन्नुपर्दा, लाटीलाई परासी बजारमा सबैले चिन्छन्। प्रत्येक मान्छे ऊसँग परिचित छन्; कोही अपरिचित छैनन्। मानौँ सडक उसको पेवा नै हो। सधैँ सडकमा हे… हे… र ऐ… ऐ…. गर्दै चिच्याउने उसको आवाज कसैले थुन्न सकेका छैनन्। ऊ कान नै नसुन्नेचाहिँ होइन। कसैले ऐ भनेर बोलायो भने ऐ को प्रतिउत्तर ‘ऐ’मै दिन्छे। लाटीको अतित भने गर्भमै छ।

प्रेम र विश्वास

“ओहो! रक्षा कता हो? के छ खबर?” कसैले आकाशवाणी गरेर बोलाएझै लाग्यो। को रहेछ मेरै जस्तो नाम गरेको व्यक्ति, पछाडि फर्केर हेरें।

“रक्षा केहो बिर्सियौ? हामीसँगै स्कुल पढेको के त। हेर कति चाडैं बिर्सिएकी म कल्पना क्या !”

“अरे, तिमी कल्पना?”

“हो नि, तिमीले त बिर्सिछौ क्यारे !”

खोर्साने बूढाको कर्तुत

झण्डै एक लोटा पानी घुट्क्याए उनले । अनि पुर्पुरोमा हात राखेर लामो सास फेरे ।

उदयपुरको पोखरेमा बीस रोपनी जग्गामा अकबरे खुर्सानी लगाएर अगुवा कृषकमा दरिएका टंकबहादुर राउत उर्फ खोर्साने बूढा त्यहाँका जल्दाबल्दा व्यक्ति थिए । पञ्चायत जितेपछि उनको रवाफ दिन दोगुना रात चौगुणा बढ्न थालेको थियोे । पुर्ख्यौली सम्पत्ति छँदै थियोे , त्यहाँमाथि निकै चल अचल सम्पत्ति थपे उनले ।

पेन फ्रेण्ड

भित्र पस्नासाथ युवतीले आफ्ना ठूला ठूला नजर घुमाएर चारैतिर हेरी। अनि कुर्सीमा गइ बसी। उसका उत्सुक नजरले कसैलाई खोजिरहेको झैँ लाग्दथ्यो।

भाग्यले नि ठगेको मान्छे

जीवनमा कति तड्पिनु । कति रुनु । तर पनि रोए, कराए गुहार मागें, म दोषी हैन हुँदै होइन भनेर; मेरो एकोहोरो आवाज कसैले सुनेनन्, सुन्दै सुनेन् । निर्दोषलाई दोषी ठहर्याउने दोषीलाई निर्दोष ठहर्याउने यो मानवता, कानून नै नभएको शहरमा चुपचाप सहरे बस्नु बाहेक अरु कसको के नै लाग्छ र ! यहाँको कानून त पैसाले बिक्छ अरुको त झन के कुरा गरौ र झनै हामी गरिबले ? निर्दोष छु तर चुपचाप बन्द कोठाको जेल भित्र थुनिएको छु । आफन्तहरू भए पनि छैनन् नभए पनि छैनन् ।

त्रिशूलीसँगै बगेका सपना

कहिलेकाहीँ लाग्छ, यो जीवन पनि यौटा सपना भइदिएको भए वा सपनाहरू सपना नबन्दै टुटेर गएको भए । तर अफसोच जिन्दगी यौटा विपनामा परिणत भएर कहिल्यै निको नहुने गहिरो घाउ बनेर बल्झिरह्यो । जब बिहानीको किरणहरूसँगै ताराहरू जस्तै सपनाहरू पनि टुटेर गए तबदेखि जिन्दगी नै बोझ लाग्न थाल्यो । सही के हो थाहा थिएन । केवल यति थाहा थियो, अब कसैको यादहरूको भ्रममा बाँच्नु, यादहरूको पर्खाइमा बाँच्नु गलत हो । मनमा चोटहरूको पहाड बोकेर एकपल पनि जिउनु यति कठिन भइदिन्छ तर मानिसहरू सयौँ जुनी जिउने भ्रम किन राख्छन् ।