Skip to content


अस्ताइरहेका सूर्यका किरणसँगै छिटो छिटो गतिमा आ–आफनो गन्तव्यमा पुग्न सबै आतुर थिए । म पनि त्यही गतिमा जाँदै थिए, कसैको आवाज सुनियो, ‘सुन्नुस त ?’

कुनै अपरिचित युवतीको आवाज थियो ।

‘हजूर !’

ती युवतीको आवाजसँगै म रोकिए । र, ती युवतीतिर ध्यान दिए । केही भन्न खोजेझै लाग्यो ।

आवाज त कतै सुने जस्तै लाग्दै थियो । तर मेरो सम्झनाभन्दा धेरै टाढा थियो त्यो आवाज । हतार हतारमा थिए, धेरै बेर उनलाई फर्खन सक्ने समय थिएन । क्षणिकको हेराइपछि मैले आफ्नो बाटो जान खोजे । तर उनले पुनः त्यही मलिलो स्वरमा बोलाइन ‘दाइ’ । म अडिए ।

उनी ज्यादै व्याकुल र डराएकी थिइन । सायद उनी यो शहरमा नयाँ थिइन् । त्यसैले होला उनी ज्यादै डराएकी थिइन् । त्यसमा सूर्यले डाडो काटिसकेको थियो । पनि रात्रीको समय एक्ली युवती । उनको डर स्वाभाविक थियो ।

उनको व्याकुलताले यही इंकित गर्थ्यो – उनी यो शहरबाट अपरिचित छिन । कहाँ जाने ? के गर्ने ? यताउता नयन चलमलाइरहेकी थिइन, कहीं कतै केही उपाय निस्कन्छ कि ? तर निष्फल भएर घबराएकी थिइन।

‘दाइ न्वाँईघाट जाने बाटो कुन हो ?’

मलाई अलि आश्चर्य लाग्यो ! हेर्दा नवआगन्तुक जस्तै थिइन तर न्वाईघाट जाने बाटो सोधिन ।

‘किन ? कोही छन ?’

अलि अकमकाइन ।

‘त्यहा जानु छ । ’

न्वाँघाट करिब दश कोषको बाटो तय गर्नु पर्छ अनि न्वाँईघाट पुगिन्छ । तर अहिले त्यति समय थिएन, न्वाँईघाट पुग्ने । फेरि एक्लो-दोक्लो हिंड्न पनि डर हुन्छ । त्यसैले अहिले त्यहाँका यात्रु बिरलै भेटिएलान ।

‘बाटो त यही हो तर धेरै टाढा छ, बाटो पनि राम्रो छैन ।’

उनी झन डराउन थालिन ।

“मोटर केही जाँदैन ?”

“सबै गइसके ।”

“अब के गर्ने ?”

उनी डराउन थालिन्।

उन्ले गरेको समबोधन – “दाइ”ले मलाई अलि भावनामा डुवायो । जुन कुरा बिर्सिसकेथें त्यो कुरा पुनः सम्झना आयो । उनले दाइ भनेको सुन्दा मलाई बहिनी रमाको सम्झना आयो । सम्झना भयो, रमा भई दिएकी भए आज यसरीनै दाइ भनी सम्बोधन गर्दिहुन । निमेषलाई त रमाले नै मलाई पुकारे झै लाग्यो तर जब आँखा खोलि नियाले तब आभास भो साँचै यी मेरी बहिनी रमा होइन्न ।

बहिनी रमा अति प्रिय थिइन् । तर भाग्यको देखा धित मरुञ्जेल उनलाई मायानै गर्न सकिन । पापीले चुडेर लग्यो ।

त यस्तै छ/सात वर्ष अगाडि यौटा छलीले आँखै अगाडिबाट छलेर लग्यो तर मैले केही गर्न सकिन, लाचार भई आफनो भाग्यलाई दोष दिदै बसिरहे ।

छलीले झुटो मायाजालमा फसाएर मिठा मिठा सप्ना देखाएर लग्दा मैले रमालाई त्यो छलीको रामरुप देखाउनै सकिन । रामरुपी त्यो राक्षसलाई चिनाउन सकेको भए सायद आज, यस्तै, मसँगै हुँदिहुन तर आज कहाँ छिन, उनी बाहेक कसैलाई थाहा छैन। मलाई त यतिसम्म थाहा छैनकी यो संसारमा छिन कि छैन्न ?

त्यो छलीको रामरुप त मैले पहिला नै देखिसकेथें । रमालाई पनि त्यसको रामरुप देखाउन खोज्दै थिए । तर मेरा हर प्रयास असफल भए । पराईको मायामा पाउन थालेपछि आफन्तको माया विष लाग्न थाल्छ भन्थें, हो साचो रहेछ । रुपकको कायामा यसरी हराएकी थिइन कि, को आफनो ? को विरानो, के सत्य ? के छुट ? कहीं चोच्दै नसोची केवल रुपककै मायाकी माला उनेर बसेकी थिइन र उसका रामरुप देखाउन थाल्यो कि ठुस्स रिसाएर जाने गर्थी । उसका कुरा सुन्दी हो त जान्दी हो रुपक कस्तो केटा हो । तर उसले त अन्धो प्रेममा रुपकलाई पुजेर राखेकी थिइन ।

ऊसितको मायाप्रीतिको बन्धनमा बाँधिएको सालभर जति भएको थियो र एक दिन पत्र छोडेर गएन –

आदरणीय दाजु,
हजुर रुपकलाई जे जस्तो भने पनि म उसलाई देउता मान्छु र उसकै पूजा गरिरहन्छु । ऊसित युगौ युग साथदिने बाचा गरेकी छु र उस्रसँग जीवन बिताउन पनि चाहन्छु । ऊबिना त मेरो हृदयको धड्कननै रुकन थाल्छ तर हजुर उसलाई कहिले स्वीकार्नु हुन्न । मलाई थाहा छ, हजुर हाम्रो विवाह हुन दिनु हुन्न त्यसैले हजुरलाई थाहा नदिएरै म रुपकसँग विवाहको बन्धनमा बाधिएर धेरै टाढा जादै छौ । आशा छ, हाम्रो दामपतय जीवनको शुभकामना दिनु हुनछ ।
हजुरको चित्त दुखाई मैले ठुलो भुल गरे तर एउटी पागलको पागलपन सम्झी मलाई माफ गरिदिनु होला ।
उही अभागी
रमा

उनको यो खत मात्र के देखेथें अचानक मेरो आँखा अगाडि कालो पर्दा आयो र मैले केही देख्नै सकिन । केवल रमाको कलिलो मुहार फनफनी नाच्न थाल्यो । ‘यो के गर्यौ रमा ? यो के गर्यौ ?’

र सदाको लागि रमाले बिदा मागेकी थिइन । एकपल्ट ऊबिना बाँच्दिन भनेकी भए उसैसँग विवाह गराई दिन्थे । केही नभए दुख लाग्दा माइती सम्झेर त आउथिन ? तर अब मलाई थाहा छ – रमा कहिले आउने होइन् ।

एक दुई वर्षसम्म तँ भारततिर छिन भनेर खबर सुन्दा खुसी नै लाग्थ्यो – जहाँ भए नि खुसी छिन् । तर बिस्तार बिस्तारै उनको खबर सुन्दा पनि आफै त्रासिन थाले – भारततिर छिन, आफूले त दुख पाएकै थिई त्यसमा झनउक छोरी थपिइन । भन्ने गर्थे लोग्ने ज्यादै फटाहा छ । दिनभर जुवाको खालमा हुन्छ, साझ रक्सी खाएर स्वास्नी पिट्छ । उनको यस्तो खबर सुनेर ती रमालाई लिन गएथें । तर मैले त्यहा पुग्नु अगावै मेरो दुर्भाग्य त्यहाँ पुग्यो र रमालाई उडाएर लग्यो ।

‘बहेनजी इधर को नेपाली औरत बैठ्ती है‘

‘हाँ, कुच दि पहिलेसे गायव है . बहुत दिन होगए इधर नहि दिखाँई पढी है.’

कति दुख झेल्दै छौ ? ! कहा छौ रमा ? यो दाजुलाई समझेर फर्की आऊँ’

अंशमाली विश्राम गर्न डाडा पारि गईकसेको थियो ती युवती दया दृष्टिले मलाई हेरिरहेकी थिई। ‘यो विरानो शहरमा यो रात बिताउन सहारा दिन्छन् कि ?’

बेसहारा भई शहरमा बहकेको देखेर उनीप्रति दया जाग्यो । रमा पनि कतै यसरी नै सहारा खोज्दै होलिन, मैले यिनलाई सहारा दिए सायद भगवानले रमाको सहारा पनि बनाई दिन्छन् कि ?’

र त्यो राति तिन्लाई आफ्नै डेरातिर लग्यौ । बिस्तारै ढोका खोले, कोठा भित्र निस्पट्ट अँध्यारो थियो । संघारबाटै छामछुम गरेर बत्ती बाले । संघारबाट भित्र जान केही संकोचमानिन । सायद उनी डराई होलिन, उनले डराउनु पनि स्वाभाविकै थियो, विरानो शहर, अपरिचत मान्छे र रात्रीको समय । कसले के गर्ने हो ? उनी त्यसैले डराएकी होलिन ।

‘आऊ बहिनी डराउनु पर्दान । यसलाई आफनै दाजुको घर सम्झे हुन्छ ।’

र दवै जना भित्रतिर लाग्यो ।

उनका पाउ त्यो मझेरीमा पर्नासाथ मेरी बहिनी रमाका पाउले सिंगो मझेरीनै अज्यालोमा चकमकाएझै आभास भयो । ममा हर्ष छायो । तर मेरो चेहराको आभा त्यति देरसम्म सहन सकेन । निमेषको हाँसो हास्न नपाउदै अन्तर त्यो सत्य मेरो सामु आईपुग्यो – उनी मेरी बहिनी रमा होइनन् ।

उनका नयन सामुन्ने भित्ताका तस्विरहरूका थिए । सबै तस्विरहरू एकाएक हेर्दो थिइैन । निकै बेरपछि उनका आाखा बिस्तारै रसाएरआउन थाले । गहभरिका आाशु छुपाउने प्रयत्न गर्दै थिइन तर निष्फन । अर्शुगंगा त बगेन तर उनका आशु म राम्ररी देख्न सक्थे ।

‘यि को हुन दाइ ?’एउटा दया लाग्दो झिनो स्वरमा सोधिन ।’

तस्वीर बाबुआमाको अनि मेरो र रमाको सानो छदाको थियो ?

‘यि आमाबाबु हुन, यो म अनि, यी रमा ! ’

‘रमा, को ?’

म जति-जति रमाको बारेमा बताउदै थिए उनका नयन त्यति-त्यति रसाउदै थिए । सायद उनको पनि त्यस्तै कुनै व्यथा हुदो हो जसले उनको मन भारी हुदै आयो र दुई थोपा नयनजल बगाएर ल्यायो ।

रसिला उनका आँखा देखेर मलाई पनि रमाको यादले सतायो । र आँखामा आँशु ल्यायो । तर ती आाशु ती युवती सामु पोख्न सकिन र पानी पिउन भनी भानछातीर लागे ।
मनको भारी अलि बसिाउर कोठामा पुग्दा ती युवती त्यहा थिइन्न ।

‘बहिनी, बहिनी !’ संघारसम्म पुगेर बाहिर नियाले तर निष्पट्ट अँध्यारो बाहेक केही थिएन ।

कहा गइन ? यति राति !

उनले छोडेको एउटा चिठ्ठी पाए, लेखेकी थिइन् –

पुज्यनीय दाजु
मनमा एउटा घाउले पिरोलेको धेरै भयो, सायद धेरै सिदन बाच्दिन हुला । तर यो संसार छोडि जानु अगाडि एक पल्ट हजुरको दर्शन गर्नै इच्छा केही दिनदेखि साह्रै पिरोलेको थियो । हजुरको दर्शन पाइन्छ कि पाईदैन भन्ने भय मनमा थियो । तर आज त्यो भय मनबाट ढाटियो । हजुरको दर्शन पाए, आज सारा इच्छा चाहना पुरा भए । रहर त हजुरसँगै बस्ने थियो तर त्यो मन्दिरमा कसरी पाउ राखूँ जुन मन्दिर भत्काएर गएथे । यो मन्दिरमा बस्ने साहस छैन त्यसैले छोडेर जादै छु । यो मन्दिर छोडी जानु ठुलो भुल रहेछ, जसको सजाय आज भोगिरहेछु ।
उही अभागी रमा

उनको यो पत्रमात्र के पढिसकेथे रमाको कलिलो मुहारबाहेक केही देख्न सकिन । त्यो मुहार फनफनी नाच्न थाल्यो नयनमा ।

‘यो के गर्यौ रमा ? यो के गर्यौ ?’

एकपल्ट भनिन् – ‘मलाई माफ गरिदिनुस दाजु, मलाई माफ गरिदिनुस् । मैले केही बिराए मलाई माफ गरिदिनुस् ।’

भावना क्षितिज

Leave a Reply

Your email address will not be published. Required fields are marked *