फूलिरहेछ फूल
मुस्कुराइरहेछ फूल
आफना बाहु फिजाई
बसन्धरा काखमा लिई
नाचिरहेछ फूल
फुलिरहेछ फूल ।
लेख्छ रविसँग लुकामारी
वायुसँग जिस्की
कैले सुत्छ, कैले जाग्छ
प्रहार गर्न बेला बखत
झुक्याउदै सारा जगत
बाँचिरहेछ फूल
फुलिरहेछ फूल ।
मनको लहरमा लहरी लहरी
विजय गर्छ मृत ठहरी
बग्छ जसरी रगत नशमा
जनजगत लिन बसमा
ढल्दै–लड्दै खेलिरहेछ फूल
फूलिरहेछ फूल ।