Skip to content

हामी हौं नेपाली (झ्याउरे गीत)


जात र धर्म समान सबै के हिन्दू इसाई
छ सानो छानो मिलेर बसौं को छ र पराई ?

कुरान–वेद–त्रिपिटक् सारा ज्ञानका ती ज्योति
गौतम –महा–जिसिस–गुरु विश्वका यी मोती ।

अनेक जात अनेक धर्म हो साझा फूलवारी
शान्तिका दुत विगुल फुकौं क्षितिज त्यो पारी

सृष्टिको रच्ना मानव हामी मानवता धर्म
‘बाँच र बाँच्न देऊ’ है सबै मानवको मर्म

पहाड ढल्छ मधेश रुँदा हिमाल पग्लन्छ
हिमाल गले पहाड फुटे मधेश काँ हुन्छ ?

के भो र छैन महल सिसा खुला यो आकास
स्वर्गका धनी अभाव छैन गास र कपास

हटाऊ सारा मनको मैलो जात र भातको
ममता भर सुभाष छर जननी थातको ।

मधेशी कोही पहाडी कोही कोही छन् हिमाली
भाषा र भेष पृथक होला हामी हौं नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *