Skip to content


मेरो एउटे सपना थियो उनीसँग विवाह गरी जीवन यात्रा अगाडि बढाउने र मीठो कल्पना पनि थियो उनीसंगको दाम्पत्य जीवन सुखद वित्ने छ । म त्यसैको कल्पनामा हराएको थिए । मैले त जीसवनको हरेक ओकाली ओरालीमा उन्लाई नै देखेको थिए । उनलाई मैले हृदयमा सजाइसकेको थिए तर मलाई डर थियो कतै मेरो त्यो सप्ना अधुरै त रहने हैन ? उनको मीठा मीठा सप्नामा म रमाइरहेको थिए । मेरो हृदय दुख्न थाल्यो –मलाई डर लाग्न थाल्यो मैले त उनलाई हृदयको हरेका धड्कनमा सजाएको छु तर उन्लेपनि मलाई आफ्नो हृदयमा सजाएकी छिन ? मेरो अन्तरमनमा यही कुरा बिझन थाल्यो । जुन सप्नामा आज रमाइ ररहेको छु भोलि ती सप्ना पुरा भएन्न भने मेरो हाल के होला ? हृदयमा बसेको उनको त्यो तस्विर कसरी मेटिएला ? आदि इत्यादि कुराहरू मेरो मनमा खेल्न थाले र मेरो मनलाई दुखाइरहे ।

धेरै पल्ट उनको मनलाई बुझन चाहें तर सकिन । धेरै पल्ट उनलाई सोधें – मैले तिम्रा सप्ना देखेको छु, के तिमी मेरा ती सप्ना पुरा गर्ने हो ? तर उनले केही जवाफ दिइन्न । न त उनले “नाई” भनिन न त “अँ ” नै भनिन जसको कारण यो मन अँझ पीडा बढ्न थाल्यो । मन आशा अनि निराशाको दोसाधमा भासिन थाल्यो । एउटा मनले भन्थ्यो “रश्मीले तिमीलाई नै माया गर्छिन ।” र फेरि अर्काे मन भन्थ्यो “त्यो तिम्रो भ्रम हो ।” मैले कुनै निर्णय लिन सकेको थिएन – उनले मलाई माया गर्छिन या गर्दिन्न ।

उनको मधुर मुसकान देख्दा लाग्थ्यो – उनले मलाई माया गर्छिन र फेरि नबोलेरै जादा मन खिन्न हुन्थ्यो र साँच्चै त्यो भ्रम नै लाग्थ्यो । मेरो जीवनबाट उनी सधै मुस्कुराउदै बग्दै गइन मैले त्यसलाई साध्न चाहे तर सकिन उनी अविरल बग्दे गइन् बग्दै गइन्………

आशा यो मनले भन्थ्यो – नारीहरूको स्वभमवै त्यस्तो, धेरै लजालु हुन्छन् । आफ्नो मनको कुरा शव्दले हैन नजरले व्यक्त गर्छन । लजाउदै, मुस्कुराउदै उनीहरू पुरुषलाई लोभ्याउछन् । उनको मुस्कान पनि त्यस्तै हो । र फेरि निराशा यो मनले सचेत गराउन खोज्थ्यो – नारीलाई तिमीले बुझेको छैनाँै । नारीहरू मधुर मुस्कानले पुरुषलाई आफ्नो जालमा पारेर नजरले तीर हान्न खप्पिस हुन्छन् । तिमीपनि त्यही जालमा फस्दै छौँ, होस गर पछि धोका होला …….“

म अन्यौलमा थिए म के गरु ? उन्को मुस्कान मप्रतिको माया हो भनी उनका सप्नामा त्यस्तै हराऊ यो मधु्र मुस्कानले प्रकार गर्नेछिन् भनी त्यो प्रहारबाट बच्नू । म यस्तै दोसाधमा भासिएको थिए ।

१)

विहानै क्याम्पसमा पुग्नासाथ साथी वसन्तीले सुनाइन् “माग्न आउने भए आउनु भन्दे थिइन गीता ”

उनले यति मात्र के भनेकी थिइन् मेरो हर्षको सीमा नै रहेन । हिजोसम्म जुन सप्ना थिए आज ती सारा विप्ना बनेझै लाग्न थालें । उनको मन जित्न सफल भएकोमा म हर्षाैल्लास साथ स्वौरकल्पनामा हराउन थालें र उनलाई हेर्न म आतुर भए । म हेर्न चाहन्थे –आज उनको चेहरामा कति चमक छ, हेर्न चाहन्थे उनका नयनमा आज कति चञ्चलता छ । केही छिनपछि उनीपनि क्यामपसमा आइपुगिन– हिजोभन्दा निकै भिन्नता पाएँ । कहिले शृंगार नगर्नेले आज शृंगारमा ज्यादै ध्यान दिएकी थिइन । उनलाई देख्दा यो मनले कति खुसी पायो त्यो क्षण म व्यक्त गर्ने सक्दिन । त्यो खुसी व्यक्त गर्न मसँग कुनै शव्द छैन ।

उनी साह्रै लजालु छिन्–मलाई थाहा छ क्यामपसमा उनी चाहेरपनि मसँग बोल्ने छैन्न त्यसेले साथी वसन्तीलाई नै खवर पठाए “साझ ट्युसन कलासपछि भेट्न भन्नु ” र म साझको कल्पनामा हराउन थालें ।

समय ढल्दै गयो र मेरो प्रतिक्षा समयपनि नज्दिकिदै आयो । उनी भित्र ट्युसन पढ्दै थिइन, म बाहिर उनको प्रतिक्षामा थिए । उनी आउने बाटो म पलपल चियाइरहेको थिए । आखिर समय ढलिसक्यो–परबाट उन्लाई आइरहेकी थिइन् । के भन्ने ? कुरा कसरी आरम्भ गर्ने ? आदि कुराहरू सोच्न थालें । बिस्तारै उनी नजिक आउदै थिइन मन काप्न कापिरहेको थियो । संगका अरु साथीहरूले उनलाइृ उक्लै छोडि । उनी एक्लै आइन् । केही छिनमै उनी मेरो छेउमै पुगिन तर हिजो झै मुस्कुराउदै उनी अगाडि गइन् । मपनि उनको पछिपछि गए ।

“वसन्तीलाई के भनेकी हौँ ? ”

“के भनें ?” रुखो स्वर थियो, मनमा बिझयो । तरपनि मुस्कुराउदै त्यसको सामना गरे ।

“भन्दै थिइन माग्न आउने भए आउनु भन्दै थिइन गीता ।”

“जसले भनिन उसैलाई माग्न जाऊ, तर मेरो पछि पछि न आऊ । ”

यति मात्र के सुनेको थिए एक्कासि आकासबाट खसेझै अघात भो । तर पनि मैले मुस्कानका साथ त्यसको सामना गर्न खोजे तर उनी अगाडि गइसकेकी थिइन । सरिता बगेर गएझै उनी अविरल बग्दै गइन । त्यही उभिएर मनमा एउटा आशा राखें–फर्केर उनी चियाउने छिन् र मलाई बोलाउने छिन् तर त्यो आशा आशा नै रह्यो । बग्ने खोला कहाँ फर्केर आउछ ? उनी बग्दै गइन् बग्दै गइन् …….

म त्यही उभिएर उनी बगेर गएको बगरलाई हेरिरहेको थिए– उनी बिना को निश्सासिलो त्यो परिवेशलाई महशुस गर्दे थिए सुाथी वसन्ती त्यहाँ पुगिन । सोच्नु पर्ने त उनलाई धेरै थियो तर हृदयका ती आवाज बाहिर निस्किन सकिरहेका थिएन्न । निस्क्यो केवल एउटै प्रश्न “किन ?”

मुस्कुराउदै सजिलै भनिन् “अप्रेल फुल ” त्यसपछि के भयो त्यो मलाई थाहा छैन । निस्फामझै म टोलाइरहे …………….

२)

रचनाकाल २०६५ चैत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *