Skip to content


दुई किनारा
न हामी एक अर्का विना बाँच्न सक्छौं
न हामी एक अर्कासँग मिल्न सक्छौं
किनकि
हामी एक खोलाका दुई किनारा हौं
जो सधैसँगै निरन्तर बगिरहन्छन्
तर एकअर्कालाई भेट्न सक्दैन्–

हाम्रो चाहना छ–
एक अर्काेलाई अंगाल्ने
धित मारेर तृष्णा मेटाउने
तर हाम्रो बाध्यता
हामी एक अर्काेलाई अंगाल्न सक्दैनौं
किनकि
हामी धर्ती–आकाश हौं
हाम्रा नयन सधैं जुधिरहन्छन्
तर एक अर्कालाई भेट्न सक्दैनौं–

हेर्नलाई हामीसँगै छौं
एक–अर्काको स्पर्श महसुस गर्न सक्छौं
तर हामी बिचको यो दूरी मापन गर्न सक्दैनौं
किनकि
हामी दिन–रात हौं
हाम्रो आगमन–प्रत्यागमन चक्र चलेको छ
तर एक अर्कालाई भेट्न सक्दैनौं–

‘यदि हाम्रो मिलन असम्भव छ भने
किन हामी बाँचिरहेका छौं ?’
‘किनकि
हामी समयको त्यो बन्धनमा बाधिएका छौं
जो हामी तोड्न सक्दैनौं

२०७० चैत्र २ गते

5 thoughts on “दुई किनारा”

  1. नाम र फोटोले मलाइ सन्देह भयो
    नाम र फोटोले मलाइ सन्देह भयो । यो कवि पुरुषा छ तर नाम भने नारी छ कुरा के हो बुझ्न पाए हुने ।

    1. भावना नारी वा पुरुष दुवैमा हुन्छन । म भित्रपनि छन् भावना । मेरा भावना क्षितिज जस्तै कहिले नमिल्ने

  2. “भावना” वहाँको साहित्यिक नाम
    “भावना” वहाँको साहित्यिक नाम होला । “क्षितिज” फेरि पुरुष नाम परेछ ।

  3. यो ता अरुले नै दिएको उत्तर
    यो ता अरुले नै दिएको उत्तर भयो । उहाँकै मुखबाट वा हातबाट लेखिएको देख्न पाए पो कुरा खुल्थ्यो त ।

  4. कसैले सोधेको उत्तर दिनु पर्ने
    कसैले सोधेको उत्तर दिनु पर्ने मान्यता भएका रचनाकारहरु यहाँ रहेछन् कि कसो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *