Skip to content
BhabanaKshitiz


यो झरी रुक्ला र म जाउला भन्ने आशामा ती युवक व्याकुल भई झरी रुक्ने समय पर्खी बसेको थिए । तर झरी रोकिने कुनै ठेगान थिएन । झन झन गज्रेर बादलहरू जलसागर बटुल्दै छिटो छिटो गतिमा दैडिरहेका थिए । र ती युवकको व्याकुलता पनि बादलको गतिसँगै दैडिदै थियो । उनको ब्याकुलता म झयालबाट हेर्दे थिए । नयनहरू सके यता नाच्दै थिए, सके उता । नयनलाई एक ठाउमा थाम्न सकेका थिएन । उनले त्यो देहलाई त्या राखे पनि उनको मन भने त्यहाँ थिएन । गनतब्यतिर जादै छ जस्तो लाग्थ्यो, उनको चञ्चता देखेर ।

मुख नै छोप्ने गरी अनुहारभरि दाह्री भएता पनि चौतिस पैतिस बर्षीय ती युवकलाई ती दाह्री निकै शोभायमन थिए । अविर झरिरहेको त्यो झरीबाट बच्न ती युवक मेरो घरको छत मुनि ओत लिदै बसेका थिए तर छतको किनारबाट झरिरहेका जलका थोपाले तिन्लाई निकै भिजाइसकेको थियो । र बढ्दै गइरहेको चिसोले ती कापिरहेको थियो । र केही बेरसम्म गन्तब्यको पर्खाईमा चलबलाइरहेका नयन सायद यति बेला कतै न्यानो खोजिरहेका चलबलाइरहेका थिए ।

ती युवको बाध्यता देखेर मनमा नरमाईलो त लागेको थियो तर केही सहयोग गर्न मैले आफूलाई असमर्थ पाए । मेरो भावुक मनले त ती युवकलाई भित्रै बोलाऊ भन्दै थियो तर फेरि शंकालु मनले बाटो छेकी दियो – घरमा आफू एक्ली आईमाई, त्यसमा, विश्राम गर्न अंशमाली डाडापारी बिलाइसकेकी थिएन र अवीर झरेको त्यो झरीले उसै पनि डराइरहेको थियो । मेरो शंकालु मनले उन्लाई भित्र बोलाउन दिएन । केही बेरसम्म म त्यही दोसाँधमा थिए । न मैले तीप्रति बेवास्ता गर्न सकेकी थिए त न त मैले तिनलाई भित्रै बोलाउन सकेकी थिए । भावुक मेरो कोमल मनले तिनलाई बोलाउदै थियो । तर शंकालु मेरो मनले बाटो छेक्दै थियो ।

जे होस अन्त्यमा मेरो भावुक मनले नै विजय पायो र ती युवकलाई भित्रै बोलायो,”सुन्नुस् त !”

मेरो यो आवाजे उनको चेहरामा केही चमक आयो र आशा लिएर उनले माथितिर हेरे ।

“भित्रै आए हुन्छ ।”

केही छिनसम्म उन्ने कुनै प्रतिक्रिया जनाएनन् । सायद मेरो आवाज नसुनेर हो कि ? बाहिरको चिसोले कठ्याङग्रिएर हातगोडा कापिरहेका थिए र चिसोबाट बच्ने आशा बोकी ती युवक भित्रैतिर आए । ती युवकका सारा कपाडा पानीले भिजिसकेका थिए । उनी बरण्डाको एक छेउमै उभिएर बसे ।

म माथि मथिल्लो तलामै थिएँ । मैले त्यहीँबाट एउटा कोठा देखाउदै त्यो कोठा भित्र प्रवेश गर्न भनेँ ।

“हैन, ठिकै छ ।” एउटा मसिनो झिनो स्वरमा जवाफ दिए ।

सायद उन्लाई त्यही नै ठुलो उपकार लागेको होला त्यसैले आफू त्यहा ठिकै भएको कुरा जनाए तर म पनि त अन्धि थिएन जो ठिक बेठिक छुट्याउन सक्दिनथे ।

“यो झरी त आज रातभर झर्छ क्यारे ! तर तपाई नआत्ते हुन्छ । यसलाई आफनै घर ठाने हुन्छ । तपाई त्यो कोठामा बस्दै गर्नुस म केही कपडा लिएर आउछु ।”

माथिबाटै मैले तिन्लाई अथिति कोठा देखाए र केही कपडा लिन भनी म भित्रतिर लागे । एक हातमा मैनबत्ती अलि एक हातमा केही कपडा लिएर केही छिन पछि म तल ओर्लिए । तपाईका कपडा पानीलेनिकै भिजाए जस्तो छ, यी मेरा श्रीमानका केही कपडा छन तपाई यी कपडा फेर्दो गर्नुस् म खाना लिएर आउछु । र ती कपडा दिएर मैले फेरि बिदा मागे ।

माथिबाट खाना ल्याउञ्जेल ती युवकले लुका फेरिसकेका थिए ।

“यो घर आफ्नै सम्झी बसे हुन्छ । यो रात्री यतै बिताउनुस, भोलि सबेरै जानु होला ।”

मैले खाना दिएर उनीबाट त्यो दिनको अन्तिम विदा मागे र म माथितिर लागे । राति उनका बारेमा यो मनले विभिन्न कुरा सोच्न थाल्यो – को होला, कहाको होला ?

उनको बारेमा सोच्दा सोच्दै कति खेर निद्रा लाग्यो पत्तै चलेन ।

जब बिहानी पख निद्रा खुल्यो अनि पुनः ती युवकको सम्झना आयो र ती युवकलाई भेट्न म तलतिर लागे । जब म कोठामा पुगे तब त्यहा कोही थिएन । ती युवक उषामा शीतझै बिलाइसकेका थिए । त्यही उभिएर ती युवकको बारेमा सोच्दै थिए अचानक मेरो नजर एउटा उनी स्वीटर अनि मखमली गलबन्दीमा पर्यो र जसले दश पन्ध्र साल पुराना अतितका याद फेरि पल्टायो ।

त्यो स्वीटर अनि गलबन्दी कतै देखे जस्तो लाग्न थाल्यो । छेउमै गएर त्यो उनी स्वीटर के समातेकी थिएँ, त्यो स्वीटरको देब्रे पाटमा बनाइएको सुन्दर कमलको फुल देखे र त्यसलाई मैले गैहिरिएर हेरे र मलाई केही अतितको सम्झना आयो, त्यो कमलको फूल, त्यो उनी स्वीटर, र अनि त्यो मखमली गलबन्दी !

मेरो मनले भन्न थाल्यो कतै त्यो युवक आकाश त थिए ? र फेरि मैले एकै छिन त्यो गलबन्दी हेरे जसको दुवै छेउमा त्यही चिनो थियो – एकाछेउमा आकाश अनि अर्को छेउमा भावना लेखिएको । जुन मैले हाम्रो मायाको चिनो आकाशलाई थिएकिए थिए । मलाई पक्का यकिन भेसक्यो त्यो युवक आकाश नै थियो । उसलाई पाउछु भनी हत्तपत्त संघारसम्म आएर उसलाई खोजे तर त्यहाँबाट ऊ गइसकेको थियो ।

यति बेला मलाई अफसोच लाग्न थाल्यो – मैले आकाशलाई चिन्न सकिन ? आकाश ! हिजोसम्म आँखा चिम्ली चिन्ने छायालाई आज आँखा खोली चिन्न सकिनु मलाई यसै कुराले सतायो र त्यो मखमली गलबन्दी अनि त्यो उनी स्वीटर समातेर म अतितका यादहरूमा बग्न थाले ।

रचना काल २०६५ असाढ ५ गते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *