मन मेराे रूदा तिम्लाई नि दुख्छ
सम्झेर ती पल मुटु मेराे रूक्छ
धर्ति फाटे जस्ताे लाग्छ मन याे फाटी छिया छिया हुँदा
रै छाै निठुरि अाशु पुछिदिन्छ कसले मन याे रूदा
जता हेरू क्षितिज भरि तिम्लाई देख्छु
चाैतारिकाे भित्ताभरि तिम्रै नाउ लेख्छु
लाग्छ तिमी अाए जस्तै हेर्छन मेरा यी अाखाहरू
साउने भेल झै अझै कति रूने हुन मेरा यी अाखाहरू
कसम खान्थ्याे तिम्ले चाेखाे माया तिम्लाई
तिमिसगै डुल्छु भन्थ्याै न छाेड्नु मलाई
बिस्रेकाे छैन अझै टेकि हिन्छु तिम्रा ती पाइलाहरू
थाहा छैन डाेर्याउने हुन कहाँ तिम्रा यी पाइलाहरू
बिर्सेर हाे कि अझै याे मुटु श्वास फेर्छ
मान्दैन मन याे अझै तिम्रै बाटाे हेर्छ
सम्झना छ कि बिर्सिगयाे निठुरि चाैतारिकाे छाया
बाच्न गाह्राे हाेला उस्लाई नदिनु मलाई जस्तै माया
