Skip to content


मध्ये शहरको निकै कोलाहलपूर्ण वातावरणमा पनि सौम्य भई नित्यपूजा पाठ गरेको देख्दा ईष्र्या जाग्यो, ‘कति शान्त? एक छिन काट्न मुस्किल यो वातावारणमा पनि कति शान्त भई पूजापाठ ।’ मन होस् त यस्थो, मनमा लग्यो ।

झण्डै दुई घण्टाको नित्यपूजापछि बल्ल दर्शन भो ।

‘अरे क्षितिजजी खतिखेर आउनु भो ?’

औपचारिकतासँग जिज्ञासा मेटाउन खोजे, ‘पण्डिज जी, ध्यान होस त हजूरको जस्तो । यस्थो कोलाहल छ, एक छिन काट्नपछि मुस्किल छ, तपाई …।’

मेरो कुरा थुन्दै, ‘ईश्वरको शरणमा समर्पित हुनुपर्छ,’ उनले प्रष्ट्याए ।

‘ए कान्छा चिया लिएर आ ।’

पानीसम्म नपिएर हिंडेको चियाको निकै आस लाग्यो ।

दुई कप चिया लिएर एकै छिनमा कान्छाको प्रवेश भयो । लडबडाएर ‘टि’ सहित चियाको गिलास छताछुल्ल भए ।

‘त बज्ज्या । केही न केही बिगारेकै हुन्छन् ।’ एक चट्कन गालामा लाग्यो । ‘तलाई..’कान तान्दै भित्र लगे….. ।

भावना क्षितिज
महेन्द्रनगर, कञ्चनपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *