मध्ये शहरको निकै कोलाहलपूर्ण वातावरणमा पनि सौम्य भई नित्यपूजा पाठ गरेको देख्दा ईष्र्या जाग्यो, ‘कति शान्त? एक छिन काट्न मुस्किल यो वातावारणमा पनि कति शान्त भई पूजापाठ ।’ मन होस् त यस्थो, मनमा लग्यो ।
झण्डै दुई घण्टाको नित्यपूजापछि बल्ल दर्शन भो ।
‘अरे क्षितिजजी खतिखेर आउनु भो ?’
औपचारिकतासँग जिज्ञासा मेटाउन खोजे, ‘पण्डिज जी, ध्यान होस त हजूरको जस्तो । यस्थो कोलाहल छ, एक छिन काट्नपछि मुस्किल छ, तपाई …।’
मेरो कुरा थुन्दै, ‘ईश्वरको शरणमा समर्पित हुनुपर्छ,’ उनले प्रष्ट्याए ।
‘ए कान्छा चिया लिएर आ ।’
पानीसम्म नपिएर हिंडेको चियाको निकै आस लाग्यो ।
दुई कप चिया लिएर एकै छिनमा कान्छाको प्रवेश भयो । लडबडाएर ‘टि’ सहित चियाको गिलास छताछुल्ल भए ।
‘त बज्ज्या । केही न केही बिगारेकै हुन्छन् ।’ एक चट्कन गालामा लाग्यो । ‘तलाई..’कान तान्दै भित्र लगे….. ।
भावना क्षितिज
महेन्द्रनगर, कञ्चनपुर
