Skip to content


लक्ष्य ओझेल हुन नपाओस्, पाइला मिलाएर चालौँ
उद्देश्य आज पूरा नभए, भोलि पूरा गर्ने अठोट लिन थालौँ ।
छोडौँ लोभ धनसम्पत्तिको भोलि खालि हात जानु छ चिहान,
गरौँ काम मिहिनेत र परिश्रमले ल्याउनु छ नयाँ बिहान,
सीमाना आज डगमगाइरहेको छ देश भन्छसँगै पाइला चालौँ
उद्देश्य आज पूरा नभए, भोलि पूरा गर्ने अठोट लिन थालौँ ।

सङ्घर्षलाई जित्न दिऊँ दिँदछ त्यसले जीवनको अस्तित्व एक,
मिहिनेतले पखेटा बनाऔँ त्यसले छुन दिँदछ चन्द्रमा एक,
मार्ग अनेक बनेका छन् पाउ भन्दछन् नयाँ मार्ग बनाउन पाइला चालौँ
उद्देश्य आज पूरा नभए भोलि पूरा गर्ने अठोछ लिन थालौँ

हाँसी ठट्टाले बाल्यकाल त बित्यो, जवानीलाई चाहिँ खेर नफालौँ
राम्रो समाजको सपना त देखियो त्यसलाई सपनासम्म मात्र सीमित नराखौँ,
देशभक्तिका कुरा त कैयौँ गर्छन्, तर देश भन्छ गर्व गर्न इतिहास बनाउन पाइला चालौँ
उद्देश्य आज पूरा नभए भोलि पूरा गर्ने अठोछ लिन थालौँ

लक्ष्य ओझेल हुन नपाओस् पाइला मिलाएर चालौँ
उद्देश्य आज पूरा नभए भोलि पूरा गर्ने अठोछ लिन थालौँ

लिजा बुढाथोकी
कक्षा १०
ज्योति एकेडेमी सितायाइला, काठमाडौं

ज्योति एकेडेमीमा भएको कविता प्रतियोगितामा वाचन भएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *