Skip to content
20200601_141856


घाम उदायो,
प्रतिक्रिया सुरु भयो
विद्वानहरुको।

सुन्दै छु ,
भन्दै छन् ,
छाया पर्नेभयो।

सधैं घाम देखेको म,
बडो अलमलमा छु!
साँच्चै घाम किन उदाउँछ?

फेसबुक युट्युुब जताततै खोज्छु,
खोजमूलक सन्देश
चौपारीका ठूलाठूला
वरपिपलमुनि
छायामै बसेर
भएका छन् अन्तरवार्ता।

दृष्टिमै छायाँ भएर हो कि
निष्कर्ष निकालिन्छ
घामछाया पार्नै उदाउँछ!!

अपसोच! किन देखिन्न
घामको उज्यालो ,
अनि ढुक्क भन्न सकिन्न
घाम उज्यालोको निम्ति उदाउँछ।।।
अनि ढुक्क भन्न सकिन्न
घाम उज्यालोको निम्ति उदाउँछ।।।

– गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *