नेपाली मनको आलोक (प्यारो हाम्रो यो नेपाल)
बुद्घको देश, शान्तिको देश शिरमा हिमाल ।
नदी र नाला, झरना हेर विश्वको सुन्दर
वीरको देश भनी नचिन्ने हाम्लाई संसारमा को छ र ?
बुद्धको देश शान्तिको देश नेपाल आज खै
लुट र फुट, हत्या र हिंशा एकता छैन है
जाति र भेष, प्रदेश हेरी नबाड नेपाल
कसरी बाड्छौ वीर र शहीद, बुद्ध र हिमाल
विश्वको छानो नेपाली मन जोगाउनु कसरी ?
जुन र तारा टेक्ने युगमा हामी पर्दैछौ पछाडि
घरेलु नोकर बन्दैछौ हामी विश्वको बजारमा
सगरमाथा रुने छ अब बुद्धको नजरमा
नेपाली ज्ञान, श्रम र सीप हुदैछ बेकार
युवाको लागि जुटाइदेऊ अवसर नेपाल सरकार
रेनु मण्डल
कक्षा – ९
ज्योति एकेडेमी सितापाइला, काठमाडौं
(ज्योति एकेडेमीमा भएको कविता प्रतियोगितामा वाचन भएको)

Hello
Contextual poem. Congratulations Renu. All the best for your future endeavors.