Skip to content

धरहरा चढ्ने मनभित्रको त्यो रहर ….

सोचेथें, एकदिन म पनि स्नातक उत्तीर्ण भएर त्यो सुन्धारानेरको धरहरा चढौला । स्नातक उत्तीर्ण भएपछि मसँग पनि त हुने छ एउटा जागिर, एउटा गलफ्र्याण्ड, काली होस वा गोरी कोई त होली मेरो नि! तर, समय बडो निष्ठुरी बन्यो मेरा लागी । म स्नातक उत्तीर्ण भएँ, साह्रो खुशी लाग्यो । तर, जागिरले मसँग नाता तोड्यो, कालीले नि मसँग नाता तोडी । म एक्लो भएँ । कति रहर थिए मनभित्र ! उत्तीर्ण भएर कालीसित, काठमाण्डौलाई धरहराउपर चढेर नियाल्ने मेरो रहर थियो । त्यो धरहरा सधैं मुस्काइरहन्छ । धरहरा भन्दछ, आऊ मेरो समीप, मेरो बुई चढेर तिमीले हेर ती सुन्दर-सुन्दर दृश्यहरु! तर, कति जटिल बन्यो मेरो मनको यो रहर! आज ४ वर्ष बित्यो, मेरो मनको रहर अझै पनि पूरा हुन सकेको छैन, पूरा हुन सकेका छैनन थुप्रा रहरहरु । ती मध्यको सबभन्दा ठुलो रहर धरहरा चढ्नेनै हो । आज म समीप काली छैन । काली कालिनै भएपनि बडो दिलवाली छ । काली त कालीनै भैहाली; तर उसको मुटु भने कालो छैन; उसको मुटु बडो रङ्गीन छ, नीलो, हरियो, रातो, पँहेलो ईत्यादिको मिश्रण! कालीले साथ छाडेपछि; म त्यो गीत सम्झिन्छु, अरुण थापाले गाएको –
जति माया लाएपनि जति कसम खाएपनि
निष्ठुरीले बाटो लाग्दा
मनमा पीर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो ।
कालीले नाता तोडेपछि एक्लो धरहरा के चढ्नु! हुन त कालीले भाऊ खोजेकी हुन सक्ली । भाऊ त खोज्ने नै भै त्यसले, विश्व सुन्दरी हुने मान्छे जो परी त्यो । विश्व सुन्दरी हुने जस्तो मान्छेले मजस्ता झिना-मसिनाको सँगत किन नै गर्थी र! म एक्लो भएँ, र अझै नि एक्लो छु । स्नातक त उत्तीर्ण भएँ, जागिर पनि पाइ नै हालिन्छ-त्यो कुनै ठुलो कुरो भएन । तर, यो काठमाण्डौ नगरभित्र मैंले खासै ‘काली’हरु देख्तिन । एउटा काली बल्ल बल्ल भेटेथें, छाडेर हिँडिहाली! अब म अर्की ‘काली’लाई कहाँ गएर खोजुँ ?
यो बेहद गम्भीर समस्या आइलागेको छ मेरो जीवनमा । म कुर्दै छु एउटा कालीलाई, कोई छ त यहाँ ? छ भनें – you are heartedly welcome! हामी मिलेर धरहरा चढ्नु पर्छ । तिमीसित धरहरा चढेपछि, मैंले आफ्नो जीवनलाई सफल र सार्थक भएको ठान्नेछु ।
अन्त्यमा: यो लेख नेपालका सारा ‘काली’हरुलाई समर्पित गर्न चाहन्छु!

Leave a Reply

Your email address will not be published. Required fields are marked *