Skip to content

डायरीको एक पाना ….

.(२०६७/०८/१८)

आज बिहान अपेक्षा गरेभन्दा छिटै निन्द्रा खुल्यो- साढे नौ बजेको थियो, आँखा खुल्दा । कामको थुप्रो छ, आज । लुगा धुनु पर्ने, पानीको समस्या छ; समस्यै समस्याको यो देश ! राजकुमार आको थियो १० बजेतिर, बाजेको पसलमा चिया पिउँदै गफ गर्दा १२ बजेको पत्तो नै भएन । चिया खाईवरी जसो तसो लुगा धोएँ – यौटा स्वेटर , जीन्सको पाइन्ट , यौटा ज्याकेट , ईनरवीयर र तीन जोड मोजा । राहत महसूस भयो; यस्तो लाग्यो, मानौं ठुलो बोझ टाउकोबाट हटाएको छु आज मैंले । लुगा धुदाँ धुदाँ- खानाको सम्झना भयो – ‘ए खाना त खाएको नै छुइँन’ । खाना बसालें- १बजेर ३० मिनेट जादाँ । कौसीमा लुगाहरु सुकाएँ । राम्रो घाम लागेको छ आज, घाम ताप्दैं सुन्तला चपाउने दिन जस्तो! सुन्तला सकिएको छ,oh Shit!! त्यो सुशिल आयो २ बजेतिर । अन्डा फ्राई गरेर खाना खादाँ साढें दुइ बजेको थियो । सुशिलसँग धेरै गफ गरें आज, राजनितिक भन्दा पनि साहित्यिक गफ ! पाँच बजे पुन: बाजेको चियापसल पुग्यौं । चिया पसलमा थरिथरीका मान्छे आउँछन , मन प्रफुल्लित हुन्छ त्यहाँ पुगेपछी । चिया पसलमा गफ गर्दा गर्दा ६:३० बज्यो । कोठा फर्कें । दाल बसालें । यसो programming गर्नु पर्यो । रानाको laptop एक साता देखी मसँग छ । html र CSS गर्नु पर्छ आज । लौं बत्ती पनि गयो – सात बजेछ । अब दस बजे आउँछ होला बत्ती । दालको सिठ्ठी पनि लाग्यो । ए लुगा सुके होलान कौसीमा! गएर उठाउनु पर्यो- । उठाउँला न के को हतार छ र ? जग्दिश सरको practicalमा sign गराउनु पर्छ अरे । भोली क्याम्पस गएर गराउनु पर्ला । हावा हावा पढ्नु पर्छ courseमा, cognitive science अरे! यो कस्तो science हो शिर न पुच्छरको ? अब के गर्ने होला, सोच्दै छु । गर्नु के छ र ? जे छ आफैं भई नैं हाल्छ । BBC सुन्नु पर्छ; न सुनेर पनि के नै हुन्छ र – प्रलय त पक्कै पनि आउँदैन क्यार! आज शनिवारको दिन पनि बित्यो । अनि यौटा कविता सम्झें –
त्यो दिन ढलेर के भयो!
यो रात पनि त ढल्छ
अनि पुर्व जग्मगाई एक दिब्य बत्ती बल्छ
जसले मलाई पनि छुन्छ, जसले तिमीलाई पनि छुन्छ
हाम्रो चाहनाको एक चल्चल बतास चल्छ
…..” हरिभक्त कटुवालको कविता।
अब के गर्ने होला ? लेख्न बन्द गर्नु पर्छ अब । भोली आईतवार उठेर नुहाउनु पर्छ, दारी फाल्नु पर्छ, नङ्ग काट्नु पर्छ । अरु ? ? अरु त भोली नै सम्झिउँला न! के को हतार छ र मलाई ? ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *