गुरुदक्षिणा


एक जमाना थियो जब गुरु द्रोणाचार्यले अर्जुनलाई महाभारतको युद्ध हुनु भन्दा पुर्व आगाज गरेका थिए – “हे अर्जुन ! यदि तिम्रो बाणले मेरो छाती चिरेन भनें म तिम्रो गुरुदक्षिणा फिर्ता गर्ने छु! ”

आजकाल जमाना परिवर्तित भएछ, TU ले गुरुदक्षिणा वृद्धि गर्दछ, विद्यार्थी गुरुदक्षिणा वृद्धि फिर्ता गर्नु पर्छ भनेर आन्दोलनमा उतरिन्छन । त्यो जमाना थियो जब गुरुले गुरुदक्षिणा फिर्ता गर्ने कुरा गर्दा शिष्यलाई लज्जाबोध हुन्थ्यो । तर, आज त्यस्तो कुरा हुँदा विद्यार्थी प्रफुल्लित हुन्छन । फटाहा शिष्यहरूको जमात ! गुरुलाई भ्याई न भ्याई छ, यौटा- बाट अर्को क्याम्पस अर्को बाट अर्को! गुरु – शिष्य दुवै नै फटाहा ! गुरु आजकल गुरुदक्षिणा पहिले माग्छन अनि मात्र पाठ पढाउँछन । पाठ आधा अधुरो पढाउँछन, गलत धेरै, सही कम पढाउँछन ; अनि जप्दछन हरिको नाम ! परिक्षामा विद्यार्थी फेल हुन्छ, दोष लगाउँछ गुरुउपर – “त्यो मास्टर घन्टा जस्तो! आधा अधुरो पढाउँछ ।”

गुरु भन्दछन- “राम राम! मैंले आधा- अधुरो कहिले पढाएँ र?”

यौटा कुरा सिक्नु पर्ने गुरुले पनि शिष्यले पनि – गुरु हुनु द्रोणाचार्य जस्तो, जसले विद्यार्थी फेल हुँदा; आफ्नो गलतीको आभास गर्दछ, द्रोणाचार्य जस्तो हुन सक्दैनौं भनें गुरुको नाममा अभिशाप न बन्नु । र, शिष्यहरू! शिष्य बन्नु त एकलब्य जस्तो, जसको लागी गुरुको मुर्ती नै प्रयाप्त हुन्छ – पाठ सिक्नुका लागी । गुरु अङ्ग्रेजी भट्याउँछन । “वाह कस्तो खतरा यो मास्टर त!” विद्यार्थी मक्ख! गुरु ठगेर खाईरहेछन । अधकल्चो पाठ तिनिहरू पढाउँछन ।

“सिता को?”, भन्यो, महाभारत वाचन गर्छन । विद्यार्थीले धेरै पछि थाहा पाउँछ – “मास्टर त फटाहा पो रहेछ!”

वाह, विद्यार्थी मुस्काउँछ । सजिलो पेशा – गुरु बन्न रहेछ, गुरु घन्टाल जस्तो! आँखामा नक्कली चस्मा, ठुलो झोला भिर्यो, फोहर लुगाले शरिर टाल्यो- खतरा मास्टर तेसै भयो । विद्यार्थीले प्रश्न गर्छ, उल्टो प्रश्न तेर्स्याइदियो, भोलिबाट विद्यार्थी चुप! घर गयो, खायो जाँड! मोज-मस्तीको पेशा-पढाउने पेशा ।

बोल्दा के बोल्यो मास्टर आँफैलाई थाहा छैन ।

मास्टर- “बुझ्यौ नि ?”

विद्यार्थी – “बुझियो सर!”

“क्या विद्यार्थी!”-मास्टर दङ्ग!

आजकाल, अ-बाट विद्यार्थी अलंकार बुझ्छ, तर बुझ्दैन-अनार!

अनार बिर्सेको विद्यार्थीले खाईरहेछ- अमला, बढाईरहेछ विटामिन । डीग्री अनेक; बाग्मतिको ढलभन्दा पनि बढी दुर्गन्ध आइरहेछ ती डीग्रीहरूबाट, तर आफ्नै काखीबाट आफैंलाई कहाँ पो दुर्गन्ध आउँछ र? हामी अभिमानित छौं, दुर्गन्ध बोकेर डुलिरहेछौं । समाज दुर्गन्धित भैरहेछ, सरकार मौन छ, मौन छ त्रि.वि., अनि मौन छ जहाँ सारा! मुलुक दुर्गन्धित छ, किसान फलाईरहेछ डीग्री यहाँ!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *