Skip to content


कुरा यो लोकभन्दा धेरै परको हो, तर कुरा भनें यही लोकसँग सम्बन्धित नै हो । एक जना प्रोफेसर हुनुहुन्थ्यो – त्रिलोकभन्दा बाहिर । उहाँको पहुँच अनन्तसम्म थियो, हामी अझै पनि उनलाई सम्झिन्छौ- तपाई शिवजी भन्नुहुन्छ उहाँलाई, तर म अल्झिएकोको गाँठो फुकाएर शिवजीको वास्तविकता ऊजागर गर्दै छु आज, यहाँ । शिवजी कुनै देवता होइनन् । उसो त धेरै जना मसँग रिसाउलान – शिवजीलाई यस्तो आक्षेप लगाउँदा । तर कुरा भनें म यथार्थ नै गर्दै छु । शिवजी यौटा प्रोफेसर हुन । लास्टै साईको प्रोफेसर एक शिवजी हुनुहुन्थ्यो । भाङ, धतुर खाएर अनाप – सनाप प्रोजेक्ट गर्न ब्रह्मा र बिष्णुलाई उहाँ लगाउनुहुन्थ्यो । बिचरा ब्रह्माको जवानीमैं दारी फुलेर सेतो हुन पुग्यो । बिष्णुजी भने ह्यान्ड्सम नै हुनुहुन्थ्यो । नानीहरू ज्यान लुटाउँथे बिष्णुजी ऊपर । ब्रह्मा – Computer Scientist र बिष्णु – Electronics Engineer हुनुहुन्थ्यो ।

एकदिनको कुरा हो यो । शिवजी गहन भएर researchमा व्यस्त हुनुहुन्थ्यो । एक्कासी नारद मुनी “नारायण – नारायण” भन्दै आइपुगे ।

“भन नारद ! के समाचार छ आज ?”

“समाचार त के हुनु महेश्वर! यौटा चिन्ताले सताउन थालेको छ मलाई आजकाल ।”

“कस्तो चिन्ता ?”

“त्रिलोकको सबैभन्दा ठुलो र गुणस्तरीय विश्वविद्यालयको professorलाई यसरी join तानेर झ्याप भएर बस्नुले राम्रो कदापि गर्दैन । समयमैं हजुरलाई यो कुरा सुचित गर्न म आइपुगेको हुँ, आज ।”

यति भनेर नारद मुनी “नारायण – नारायण” भन्दै पलायन भए ।

शिवजीले सोच्नुभयो – “yup! नारद has a point. म जस्तो खतरा professorलाई वास्तवमैं सुहाउँदैन यो कुरा ।”

ब्रह्मा र बिष्णुलाई शिवजीको अन्तर्मनबाट सन्देश पुग्यो – “अति शिघ्र, कुनै विलम्ब नगरी, कैलाश पर्वतमा आउनु पर्‍यो” भनेर ।

दुवै जना कैलाश पर्वत आइपुगे । चिलिमहरू यत्र तत्र छरिएका थिए,धतुरका बोटहरू “जय शम्भु”, भन्दै गित गाइरहेका थिए, अनि पार्वती join केलाएर बसेकी थिइन । मन मनै सोच्दी हुन पार्वती – “कस्तो पति पाएँ होला मैंले” ।

“आदेश होस professor बाट” – बिष्णुजीले भन्नुभयो ।

“आजबाट तिमीहरू यौटा नयाँ प्रोजेक्ट गर्ने तयारीमा जुट । प्रोजेक्टको नाम हो – The Universe and human ।”

“जो आज्ञा गुरुदेव” – ब्रह्मा र बिष्णुले एक्साथ भनें ।

“proposal हेर्न पाए हुन्थ्यो गुरुदेव ।” – बिष्णुले आग्रह गर्नुभयो ।

“proposal किन चाहियो ? म भन्दै छु सुन:-

“यौटा सृष्टि निर्माण गर तिमीहरू, त्यस सृष्टिलाई यौटा नाम देऊ- पृथ्वीलोक भनेर; object create गर त्यसभित्र, यस्ता objectहरू जो कि हाम्रै अंश भऊन । तर हामीजस्तो अनन्तकालसम्म बाच्ने अधिकार नदिनु तिनीहरूलाई । अन्यथा बोर हुन्छन बिचरा । थरी थरीका logicहरू केलाउन सक्ने साहस देऊ तिनीहरूलाई । पृथ्वीलोकभित्र समयलाई insert गर । database तयार पार, तिनीहरूको मगजभित्र । बोल्न सक्ने, सुन्न सक्ने साहस देऊ । अहम दिन पनि नबिर्सिनु, अन्यथा पृथ्विलोकमा सधैं शान्ति हुन्छ । म यो चाहन्न कि हामीले Simulate गरेको संसार exactly हामीजस्तै होस । अनि हामीलाई पनि त केही काम चाहियो नि; सधैं यो join र धतुर खादाँ- खादाँ त्यसै पनि वाक्क भएको छु, म” – शिवजीले joinको अन्तिम कस तानेर चिलिम हुत्याउँदै भन्नुभयो ।

“जो आज्ञा गुरुदेव” – ब्रह्मा र बिष्णुले एकसाथ भन्नुभयो ।

***

प्रोजेक्ट आरम्भ भयो । ब्रह्माजीको कम्प्युटर भित्र मानिसहरू निर्माण हुन थाले । बिष्णुजीले विद्युत supply गरेर ती मानिसहरूलाई भोजन दिने जिम्मा लिनु भयो । अथक प्रयास र मेहनत पछि प्रोजेक्ट सफल भयो । ब्रह्माजीको कम्प्युटर अर्थात यो सृष्टि भित्र मानिसले जन्म लियो । तर यौटा गल्ती ब्रह्माबाट भयो, Sound Card नै insert गर्न बिर्सिनुभएछ उहाँले ।

“अब के गर्ने होला ? प्रोफेसर शिवले रिसाएर तेस्रो नेत्र खोलिदिए भनें के गर्ने होला ?” – मनमा प्रश्न घुम्न थाले यस्ता ।

idea बिष्णुजीले निकाल्नु भयो – “भर्खर त बिचरा जन्मेको छ, जन्मिनु बित्तिकै कहाँ बोल्न सक्छ भनेर तर्क गर्नु पर्ला ब्रह्मा ।”

“कुरा ठिक हो बिष्णु; तर बोल्न सक्छ भन्ने प्रमाण त दिन पर्योल ।”-ब्रह्माजीले भन्नुभयो।

“त्यसका लागि मैंले मेरो यो पुरानो खिया लागेको transistor बजाइदिने छु, बालक रोएको जस्तो सुनिन्छ । ”

“हा हा हा ! अतिउत्तम अतिउत्तम !”

प्रोजेक्ट देखाउन ती दुई शिवजी कहाँ पुगे । शिवजी उही पुरानो मुद्रामै हुनुहुन्थ्यो – चिलिमका सर्का र धतुरका बोटहरू यत्र- तत्र सुसज्जित थिए ।

“आउ आउ! प्रोजेक्ट सकायौं त ?”

“सकियो गुरुदेव ।”

“हेरौं ।”

बालक रोयो ।

“के हो यो ?” – शिवजीले सोध्नुभयो ।

“सर सुरुमा बालक नयाँ ठाउँ देखेर डरायो; त्यसकारण यो रोइरहेछ, पछि पछि यसले बोल्ने पनि छ गुरुदेव ।”

“ok. अनि यो black and white color मात्र किन ? It’s boring बिष्णु, it’s boring ब्रह्मा! विविध रङ देऊ सृष्टिभित्र; मान्छे रमाउन सकोस ती रङहरूमा; अनि बल्ल climaxको मजा आउँछ । ”

“जो आज्ञा गुरुदेव ।”

ब्रह्मा र बिष्णु पुन: आफ्नो प्रोजेक्टको modificationमा जुटें ।

“गँजेडी साईको professor! घरी- घरी त आत्महत्या गर्न मन लाग्छ यार बिष्णु ।”

“यो मृत्युलोक हो र आत्महत्या गर्छौ तिमी ? यो त infinite loop हो अमरत्वको ।”

“थाहा छ यार मलाई । तर पनि रिस उठ्छ कहिले-काहीं”

“ल ल प्रोजेक्टमा लागौ फेरि ।”

***

color define गर्दा झन्डै पागल हुन पुगेका थिए ब्रह्मा । color त infinite हुन्छन ; कुन series प्रयोग गरेर colorलाई define गर्ने त ? ठुलो समस्या आइलाग्यो । colorको series define गर्न खोज्दा fibonacci, maclurin आदी अनादी के के के के seriesहरूको जन्म ब्रह्माजीले गर्न पुगे । अन्त्यमा color series सफल भयो,जसको algorithm ब्रह्माले कैलाश पर्वतनेरको यौटा धतुरको बोटमा install गरेका छन ।

sound को कुरा आयो, तपाइले compiler पढ्नु भयो वा आउँदो semesterमा पढ्नुहुनेछ । sound को लागि ब्रह्माजीले आफ्नो algorithm दुई भागमा विभाजित गरे – विश्लेषण र संश्लेषण भाग ; अर्थात पहिले विश्लेषण गर्ने अनि त्यसको अर्थ लगाएर बोल्ने ।

अब सबै algorithm यहाँ पढाउन थाल्यो भनें तपाईलाई bore लाग्न सक्छ, जस्तै Neils Bohrलाई सरले पढाउँदा मलाई chemistry classमा मीठो निन्द्रा लाग्थ्यो । त्यसकारण छोटकरीमा यति भन्छु कि – यो जगत ब्रह्माजीको देन हो; र ब्रह्माजी यौटा Computer Scientist! त्यसकारण तपाई – हामी ब्रह्माजीका विद्यार्थी भयौं । ब्रह्माजीकै मेशिनभित्र हामी कृडा गरिरहेछौ अनन्त प्रकारका । ऊ हेर्नोस – गोदावरीको त्यो स्वच्छ तलाउमा दुई जना ब्रह्माजीका objects, कसरी डुंगा ऊपर चढेर सयर गर्दै चुम्बन गरिरहेछन एक अर्कालाई ! देख्ता त रहरनै लागेर आउँछ । प्रोजेक्ट complete गरेर ब्रह्मा र बिष्णुजीले professorशिवलाई देखाए ।

शिवजीले भन्नुभयो – “मूर्ख! खोई धतुर र joinका बोटहरूलाई define गरेको ? कहिलेकाहीं पृथ्वीलोक जानु पर्यो् भनें मेरो बिजोक हुँदैन, मोराहरू ? “

Leave a Reply

Your email address will not be published. Required fields are marked *