Skip to content

मलाई ऐले अत्यन्त नै रिस उठिरहेछ । मगज तातिएको छ, शिरमा रहेका शूक्ष्म कोशिकाहरु फुत्त – फुत्त उफ्री रहेछन । शिरका नशा अत्यन्तै जटिलविधि फडफडाईरहेछन । म चिसो पानी खाने गर्दछु रिस उठ्या बेला । ऐले मौसम तेसै चिसो छ, चिसो पानीले झन -झन कष्ट दिने छ । त्यसकारण म चिसो पानी पिउँदिन । क्रोधित अवस्थामा म बौलाहा हुन पुग्दछु । बौलाहे पछी म मानव रहदिँन । मेरो शरिरबाट मानवता मर्दछ, मेरो शिरमा अदृश्य सिंग पलाउँदछन । म उद्घोश गर्दछु चहुदिशामा आफ्नो क्रोधका स-साना ज्वाल । बारीको भित्तामा प्रहार गरिरहेको- जुध्न न पाएर मुर्मुरिएको कुनै गोरु झैं, म कोठामा भित्ताहरुलाई ताकेर मुठ्ठी कस्दछु र जबरन प्रहार गर्दछु । तब, मेरो क्रोध शिथिल हुन्छ- क्रोध व्यर्थ हो, जब आफ्नै हत्केला चोटिल हुन्छ अनि होस आउँछ, म व्यर्थ क्रोधभित्र रुमल्लिरहेको रहेछु । क्रोधलाई शांत गर्ने अर्को उपाय पनि के नै छ र ? क्रोधले मनिसलाई वास्तवमैं जनावर सरोह बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *