Skip to content

ghayalme

लाखौँ बैंस लिलामी भो हटियामा देख्यौ होला

लाखौँ बैंस लिलामी भो हटियामा देख्यौ होला
तिम्रै चेली बिक्रि भा’छे रुपियामा देख्यौ होला

रोजगारी छैन कुनै न छ उसको ब्यबसाय
पेट पाल्न बेच्छे शरीर अधियामा देख्यौ होला

भोकाएका ब्वाँसाहरु जताततै बाटो छेक्छन्
अस्मिता नै लुटिएको फरियामा देख्यौ होला

बाध्यताको जालबाट कैले होला निस्किने ऊ
रगतको आँसु बग्छ तकियामा देख्यौ होला

सुन,बुझ,मनन् गर, पिडितको व्यथालाई
ए नेता हो पाठ सिक दुनियामा देख्यौ होला

दलबीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

जुँगाको यो लडाई

आपसैमा जुँगाको यो लडाइँले दिक्क भएँ
सर्बश्रेष्ठ आफै ठान्ने मपाईले दिक्क भएँ

सफलताको शिखरमा सबै पुग्दा राम्रो हुन्थ्यो
खुट्टा तान्ने संकुचित सोचाइले दिक्क भएँ

ठुलोभन्दा राम्रो भए बद्नामी त हुन्न थियो
साहित्यमा दुनियाँको हँसाईले दिक्क भएँ

गुलाब सँधै फुलेकै राम्रो

गुलाब सँधै फुलेकै राम्रो
मुस्कान तिम्रो खुलेकै राम्रो

सुबास त्यसै जान्छ है खेर
भमराहरु डुलेकै राम्रो

दुनियाँसँग तिमी यै भन्थ्यौ
मायालु बोली ठुलेकै राम्रो

जिन्दगी भए हरियो फाँट
मायाको बाला झुलेकै राम्रो

‘घायल’ बनि कसरी बाँच्ने
वेदनालाई भुलेकै राम्रो

दलबीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

भगवानै हुन्न यहाँ न विद्वान हुन्छ

भगवानै हुन्न यहाँ न विद्वान हुन्छ
मान्छे बिना यो संसारै सुनसान हुन्छ

आकासैमा जून तारा नभए यो घाम
यो धर्तीमा रातै हुन्न न बिहान हुन्छ

जिन्दगीमा चुनौतीको पहाड छ र चढ्छौं
समस्या नै नभै कहाँ समाधान हुन्छ

तिम्रो त्यो जीबनमा न आयो उज्यालो

तिम्रो त्यो जीबनमा न आयो उज्यालो
मेरो नि जीबनमा हरायो उज्यालो

मायालु मुटुको धड्कनै रोकियो
खै ! कस्ले कसरी भगायो उज्यालो

सुनौलो ज्योतिले चम्किन चाहन्थें
अँध्यरी जागै छ निदायो उज्यालो

यो छाती चिरिन्छ परेली दर्किन्छ
आँखामा काँडा झैं बिझायो उज्यालो

‘घायल’को मुस्कान कहिल्यै आएन
बताऊ,किन यो बनायो उज्यालो

दलबीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

वाह ! गज़लकार

टुक्रा-टुक्री जोड्न जान्यौ वाह ! गजलकार
चोर्नै ठुलो धर्म ठान्यौ वाह ! गजलकार

लय बग्छ उकालोमा भाव खहरे झैँ
अरुको चैं खुट्टा तान्यौ वाह ! गजलकार

छ मैना भो गजल सिक्या बन्छ बिज्ञ आफै
कमाल त्यै पैसा मान्यौ वाह ! गजलकार

एउटी आशा लाग्दो प्रतिभा

पुस्तक: ‘भावनाका भेलहरू’ (गजल संग्रह)
गजलकार: कल्पना पौडेल ‘जिज्ञासु’

हिजो जस्तो लाग्छ संयूक्त अरब इमिरेट्स प्रवेश गरेको तर करिब १४ बर्ष बितिसकेछ । अँझै कति परसम्म पुग्छ यहाँको बसाई थाहा छैन ।

खोला जस्तै कलकल बग्न पाए सललल

खोला जस्तै कलकल बग्न पाए सललल
पिर व्यथा निख्रिएर जान्थ्यो होला तल-तल

असारैको गोरु जस्तै कर्तव्यमा नारिंदै छु
इनारको पानी सरी चारैतिर बारिंदै छु
बिहानी झैं झलमल बन्न पाए पलपल
पिर व्यथा निख्रिएर जान्थ्यो होला तल-तल

पीडाहरु चुलिएर आकाश नै छुन लाग्यो
विरहले सिरानीमा तलाउ झैं हुन लाग्यो
मनमा नभए हलचल हुन्न थिएँ असफल
पिर व्यथा निख्रिएर जान्थ्यो होला तल-तल

दलबीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

दश मुक्तकहरु ….!

दश मुक्तकहरु ….!

१,
सपनामा हिमाल चढेको हुन्छु
बिपनामा हिलोमा लडेको हुन्छु
खै के गर्नु नशा हो के हुन्छ हुन्छ
बेहोसी मै बेद पो पढेको हुन्छु !

२,
उही हावा उही हुरी चलेकै छ अझै पनि
तिम्रो यादमा मेरो मुटु जलेकै छ अझै पनि
टाढा गयौ स्वार्थी भयौ के भनौ र मैले अरु
हाँस्न नसके नि दिन ढलेकै छ अझै पनि

३,
प्रदेशमा छु मेरो घर खाली-खाली छ
संधै एक्लै जिएँ रहर खाली-खाली छ
सुख कहाँ देख्नु यो जिन्दगीमा अब
जहाँ हेरौं मेरो नजर खाली-खाली छ !

४,
म छैन यो सहरमा हराएको सूचना हो
एक्लै एक्लै सपनीमा कराएको सूचना हो
नखोज्नु है साथीहरु भूमिगत भएको छु

एकान्तमा धोको फेरि रुन पाए हुन्थ्यो

एकान्तमा धोको फेरि रुन पाए हुन्थ्यो
मनका सारा पिर व्यथा धुन पाए हुन्थ्यो

आफुलाई हात मुख जोड्न गाह्रो भा’छ
तिमी भन्छ्यौ गलाभरी सुन पाए हुन्थ्यो

कोही धनी बन्न खोज्छन् कोही ठुलो बन्न
मेरो इच्छा राम्रो मान्छे हुन पाए हुन्थ्यो

नियतिको काँडा बिझ्छ जहाँ टेके पनि
जिन्दगीको लक्ष्यलाई छुन पाए हुन्थ्यो

अंध्यारोमा डुबेका छन् मेरा दिनरात
संधै शितल ज्योति दिने जून पाए हुन्थ्यो

दलबीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

आँखाभरि साउनको मौसम छोडी गयौ

आँखाभरि साउनको मौसम छोडी गयौ
जाने बेला सान्त्वनाको मल्हम छोडी गयौ

कैले हाँस्छु कैले रुन्छु गुन्जिन्छ त्यै धुन
धड्कनैमा विरहको सरगम छोडी गयौ

झुपटी मै साग सिस्नो कति मिठो थियो
महलको चाहनाले घरजम छोडी गयौ

यो दुरी ….

तिमीलाई मात्र हैन मलाई नि घाटा भयो
आउँथे म भेट्न तर यो बाटो नै टाढा भयो
न डाँडाले छेक्न सक्छ न बन्दले रोक्न सक्छ
सपनीमा आउनु है त्यही भेट्ने बाचा भयो

दलबीर सिंह बराइली ‘घायल’

निर्लज्ज भै यति धेरै फत्तेमानको कुरा गर्छौं

निर्लज्ज भै यति धेरै फत्तेमानको कुरा गर्छौं
बाँच्दा भुल्यौ मरेपछि गुनगानको कुरा गर्छौं

सिन्कोसम्म नभाँची नै बितायौं त्यो चार बर्ष
आज फेरि क्रान्तिकारी संबिधानको कुरा गर्छौं

नेपालको अस्तित्व नै दाउमा छ यतिखेर
यति बेलै छुट्टै राज्य पहिचानको कुरा गर्छौं

हजारौं ती शहिदका चिहान छ जताततै
फेरि सोझा जनताको बलिदानको कुरा गर्छौं

कालो कोट लाउनेले नै कानूनको धज्जी पारे
कानूनी राज बनाउने अभियानको कुरा गर्छौं

दलवीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

कति सत्यता छ

निष्प्राण त्यो चट्टानमा कति सत्यता छ
अनि मेरो चिहानमा कति सत्यता छ

बिरहले तड्पी रोएँ झुटो हो त्यो भन्यौ
सक्थ्यौ हेर्न सिरानमा कति सत्यता छ

तिमी बिना एकैपल बाँच्दिन म भन्थें
देख्यौ ? मेरो अडानमा कति सत्यता छ

विदेश हो भन्नु मात्रै

विदेश हो भन्नु मात्रै यो खाडीको इज्जत खै
आफै लड्छौं, तराई र पहाडीको इज्जत खै

मिनिस्कट पाइन्टमा चट्ट पर्छौं आजभोलि
गुन्यु चोली पटुकी र त्यो साडीको इज्जत खै

नातावाद कृपावाद हाबी भयो खेलमा पनि
मेहेनती प्रतिभावान् खेलाडीको इज्जत खै

पिरतीका चिनोहरु जलाएर जाऊ बिन्ती

पिरतीका चिनोहरू जलाएर जाऊ बिन्ती
सक्छौ भने अस्तित्व नै मेटाएर जाऊ बिन्ती

तिम्रो माया राख्ने मुटु तिमीबिना दुख्छ होला
त्यसैले यो पत्थर जस्तै बनाएर जाऊ बिन्ती

यो जिन्दगी तिम्रै थियो अब यस्को के काम भो
चितामाथि छु म आगो लगाएर जाऊ बिन्ती

विरहले यो आँशु नि चिसो पानी बनायो

विरहले यो आँशु नि चिसो पानी बनायो
एकान्तमा रुँदै बस्ने यस्तै बानी बनायो

जो डुब्यो त्यो अझै सम्म भाग्न कतै सकेन
लौ न कस्ले माया भन्ने ठूलो खानी बनायो

माया गर्ने धोका दिने लौ न कस्तो खेल यो
दैबले नै यस्तो खेल जानी-जानी बनायो

मैले कहाँ जिन्दगीको साँचो अर्थ मागें र ?
मात्रै भन कस्ले मेरो जिन्दगानी बनायो

यो समय पक्कै पनि मेरो लागि हैन है
नत्र किन रात लाग्ने यो बिहानी बनायो

गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी युएई

गन्तव्यमा पुग्नलाई बाटो तय हुनै पर्छ

गन्तव्यमा पुग्नलाई बाटो तय हुनै पर्छ
उनान्सय जिन्दगी यो पुरै सय हुनै पर्छ

समयको गतिसँगै चल्न मैले जानिनछु
म जागें है मेरै बसमा यो समय हुनै पर्छ

ए बिधाता तैंले धेरै दु:ख कष्ट दिई सकिस
कालो रात फाटी अब घाम उदय हुनै पर्छ

समुन्द्र त्यो उर्ली आयो किनारमा के छ त्यस्तो

समुद्र त्यो उर्ली आयो किनारमा के छ त्यस्तो
छाल झैं म अस्थिर छु निधारमा के छ त्यस्तो

तिमीभन्दा राम्रो छु म मैले बो’ल्या ठिक भन्छौ
साँच्चै भन तिम्रो मात्रै बिचारमा के छ त्यस्तो

भावना छ लेख्दै जाँदा गजल भयो

भावना छ लेख्दै जाँदा गजल भयो भन्छन्
आजभोलि यस्तै लेख्दा सफल भयो भन्छन्

फूल झैं छ मेरो आत्मा सुवास लियौ धेरै
पग्लिएछ ढुंगा कस्तो तरल भयो भन्छन्