विरहले यो आँशु नि चिसो पानी बनायो
एकान्तमा रुँदै बस्ने यस्तै बानी बनायो
जो डुब्यो त्यो अझै सम्म भाग्न कतै सकेन
लौ न कस्ले माया भन्ने ठूलो खानी बनायो
माया गर्ने धोका दिने लौ न कस्तो खेल यो
दैबले नै यस्तो खेल जानी-जानी बनायो
मैले कहाँ जिन्दगीको साँचो अर्थ मागें र ?
मात्रै भन कस्ले मेरो जिन्दगानी बनायो
यो समय पक्कै पनि मेरो लागि हैन है
नत्र किन रात लाग्ने यो बिहानी बनायो
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी युएई