भावना छ लेख्दै जाँदा गजल भयो भन्छन्
आजभोलि यस्तै लेख्दा सफल भयो भन्छन्
फूल झैं छ मेरो आत्मा सुवास लियौ धेरै
पग्लिएछ ढुंगा कस्तो तरल भयो भन्छन्
लान दिन्न मन यो चोरी सुटुक्क यो भन्थें
प्रिय बस्छ दिलमा सँधै महल भयो भन्छन्
सम्झ जे छु तिम्रै हात हो दियौ मिठो माया
फालिएँ हिलोमा के भो कमल भयो भन्छन्
किन्नु बेच्नु ‘घायल’ मान्छे सँधै दियौ पीडा
दुख्छ मन नबुझ्ने मान्छे पसल भयो भन्छन्
हजज मुसम्मन अस्तर
फाइलुन् मफाईलुन् x २
२१२ १२२२ x २
गुप्तेश्वर-३, रामेछाप
हाल: अबुधाबी, युएई
