टुक्रा-टुक्री जोड्न जान्यौ वाह ! गजलकार
चोर्नै ठुलो धर्म ठान्यौ वाह ! गजलकार
लय बग्छ उकालोमा भाव खहरे झैँ
अरुको चैं खुट्टा तान्यौ वाह ! गजलकार
छ मैना भो गजल सिक्या बन्छ बिज्ञ आफै
कमाल त्यै पैसा मान्यौ वाह ! गजलकार
छापाखाना बन्द थिए भोकै कर्मचारी
ती सबैको चुलो धान्यौ वाह ! गजलकार
माफ गर ‘घायल’तिमी पर्यौ महामुर्ख
बन्चरोले खुट्टा हान्यौ वाह ! गजलकार
दलवीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

वाह ! गजलकार ……….।
गजल मनपर्यो,………..
धन्यवाद !
प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद टिकामिलन जी !