Skip to content

निर्लज्ज भै यति धेरै फत्तेमानको कुरा गर्छौं

निर्लज्ज भै यति धेरै फत्तेमानको कुरा गर्छौं
बाँच्दा भुल्यौ मरेपछि गुनगानको कुरा गर्छौं

सिन्कोसम्म नभाँची नै बितायौं त्यो चार बर्ष
आज फेरि क्रान्तिकारी संबिधानको कुरा गर्छौं

नेपालको अस्तित्व नै दाउमा छ यतिखेर
यति बेलै छुट्टै राज्य पहिचानको कुरा गर्छौं

हजारौं ती शहिदका चिहान छ जताततै
फेरि सोझा जनताको बलिदानको कुरा गर्छौं

कालो कोट लाउनेले नै कानूनको धज्जी पारे
कानूनी राज बनाउने अभियानको कुरा गर्छौं

दलवीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

4 thoughts on “निर्लज्ज भै यति धेरै फत्तेमानको कुरा गर्छौं”

  1. आज चै कमेन्ट नलेखि बस्नै सकिन
    आज चै कमेन्ट नलेखि बस्नै सकिन । वाह गुरु रौद्र रसको यो गजल साह्रै मन प¥यो रौद्र रस लेखिदैन भन्नेलाई सानो तिनो थप्पड । वाह मन प¥यो ।

    1. धन्यवाद !
      मनोज जी अमुल्य समय खर्चिएर मिठो प्रतिकृया दिनु भएकोमा हृदयदेखि नै हार्दिक धन्यवाद !

    1. हार्दिक धन्यवाद !
      भावना जी ! यही त छ सर्जकहरुले भोग्नु परेको दुखद कुरा…..! धन्यवाद प्रतिकृयाको लागि …!

Leave a Reply

Your email address will not be published. Required fields are marked *