समुद्र त्यो उर्ली आयो किनारमा के छ त्यस्तो
छाल झैं म अस्थिर छु निधारमा के छ त्यस्तो
तिमीभन्दा राम्रो छु म मैले बो’ल्या ठिक भन्छौ
साँच्चै भन तिम्रो मात्रै बिचारमा के छ त्यस्तो
पसिनाको मूल्य थाप्छु सन्तुष्ट छु सधैँ म त
बुझ्दिनँ म कालो धन्दा व्यापारमा के छ त्यस्तो
एक्काइसौं सताब्दीमा ठूलो सानो जात देख्छु
तिमी ठुलै हुनु पर्ने आकारमा के छ त्यस्तो
बाँचेसम्म तेरो मेरो लोभ लाल्चा गर्ने न हो
मर्ने बेला बोकी लाने संसारमा के छ त्यस्तो
गुप्तेश्वर-३,रामेछाप
हाल : अबुधाबी, युएई
