भमराको सामु
भमराको सामु पर्दा मुस्काउँछन् फूलहरू ।
मालीसँग सँधै किन रिसाउँछन् फूलहरू ।
प्रकृतिले रूपसँगै मिठो सुवास भरेको छ
त्यसैले त दुनियाँ नै लोभाउँछन् फूलहरू ।
मन्दिरैमा चढ्न खोज्दा वैलाएर झर्छन् धेरै
जस्ले चिन्छन् हृदयमा सजाउँछन् फूलहरू ।
घमण्डले काँडाहरु फालेपछि यत्ति बुझें
ढिलो चाँडो सडकैमा गनाउँछन् फूलहरू ।
जवानीमा जानाजानी धेरै गल्ति किन गर्छन्
आफु रुँदै ‘घायल’लाई रुवाउँछन् फूलहरू ।
गुप्तेश्वर-३, रामेछाप
हालःअलऐन,युएई

१,