Skip to content

एकान्तमा धोको फेरि रुन पाए हुन्थ्यो

एकान्तमा धोको फेरि रुन पाए हुन्थ्यो
मनका सारा पिर व्यथा धुन पाए हुन्थ्यो

आफुलाई हात मुख जोड्न गाह्रो भा’छ
तिमी भन्छ्यौ गलाभरी सुन पाए हुन्थ्यो

कोही धनी बन्न खोज्छन् कोही ठुलो बन्न
मेरो इच्छा राम्रो मान्छे हुन पाए हुन्थ्यो

नियतिको काँडा बिझ्छ जहाँ टेके पनि
जिन्दगीको लक्ष्यलाई छुन पाए हुन्थ्यो

अंध्यारोमा डुबेका छन् मेरा दिनरात
संधै शितल ज्योति दिने जून पाए हुन्थ्यो

दलबीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *