भगवानै हुन्न यहाँ न विद्वान हुन्छ
मान्छे बिना यो संसारै सुनसान हुन्छ
आकासैमा जून तारा नभए यो घाम
यो धर्तीमा रातै हुन्न न बिहान हुन्छ
जिन्दगीमा चुनौतीको पहाड छ र चढ्छौं
समस्या नै नभै कहाँ समाधान हुन्छ
पुरुष र नारी बिना सभ्यता काँ चल्छ
त्यसैले त सुन्दरताको यो बयान हुन्छ
लोभ, पाप, घृणाले चैं हारेको छ संधै
ढिलै सही सत्कर्मको नै सम्मान हुन्छ
दलवीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
