आपसैमा जुँगाको यो लडाइँले दिक्क भएँ
सर्बश्रेष्ठ आफै ठान्ने मपाईले दिक्क भएँ
सफलताको शिखरमा सबै पुग्दा राम्रो हुन्थ्यो
खुट्टा तान्ने संकुचित सोचाइले दिक्क भएँ
ठुलोभन्दा राम्रो भए बद्नामी त हुन्न थियो
साहित्यमा दुनियाँको हँसाईले दिक्क भएँ
लेख्छु सधैँ लेखक हुँ भन्ने मेरो आधार खै ?
किताब छापौं कठै! मेरो कमाईले दिक्क भएँ
पुरस्कार सम्मान त दिन्छु भन्ने कति कति
आफै दाता हुनु पर्ने भनाईले दिक्क भएँ !
दलवीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
