Skip to content

मन्त्रीलाइ फिलो

कसैलाई यो देश नै चम्किलो छ
कसैलाई यो देश नै स्वादिलो छ
यता देशवासीहरु तड्पँदै छन्
उता देशको छाती नै बोझिलो छ ।

नसोचे भयो शान्तिको सास फेर्न
नसोचे भयो देशमै काम गर्न
यता बल्कदो घाउ जस्तो पिलो छ
उता तीर जस्तो मुटुमा किलो छ ।।

नसोधून् कसैले यहाँ हाल हाम्रो
नहेरुन् कसैले यहाँ चाल हाम्रो
सबै देह हाम्रो बिलोमा बिलो छ
जता हेर्न खोज्यो उतै थङ्थिलो छ ।।

न स्वप्ना छ राम्रो न बिप्ना छ राम्रो
र दुर्भाग्यमा यो बित्यो ज्यान हाम्रो
यता हामी छौं खानमा भोक भोकै
उता मन्त्रीलाई मुखैमा फिलो छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *