Skip to content

बुद्धलाई सताइरहेछन्


कुनै बुद्धको गान गाईरहेछन्
त्यसै गानलाई भँचाईरहेछन्
त्यसै गानमा बुद्धको नाम घोक्तै
बडेमान खोर्लो घुमाईरहेछन् ।

कतै शून्यको वाद व्याख्यान हुन्छ
कतै बुद्धआराधना ध्यान हुन्छ
कतै बुद्धलाई मताईरहेछन्
त्यहाँ बुद्धले हार खाईरहेछन् ।

अहि‌ंसा छ एेले बडो लोभ लाग्ने
त्यसैको अडेसा हुँदा कम लाग्ने
अहि‌ंसा भनी काम पाईरहेछन्
तिनै बुद्धलाई सताईरहेछन् ।

कतै बुद्धकाे वादले पेट भर्छन्
कतै बुद्धकै नाममा भेट गर्छन्
सिमाली यहाँ बोधीको वृक्ष मान्दै
सुधालाई धेरै फसाईरहेछन् ।

(कुनै बेला कनिकुथी गरिएकाे रहेछ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *