Skip to content

कोषराज नेउपाने गुरुमा अभिवादन

कविता
भाषाको गहिराइबाट किन हो टाढा गएको छु म
धेरै हं्रस्व र दीर्घका नियममा टाढा गएको छु म
गर्छन् स्नेह तथापि मित्र जनले छट्टू भएको छु म
केही छैन मभित्र आज प्रतिभा मठ्ठू भएको छु म !

थाप्लाको ऋणबोध यो मुलुकको आजै चुकाऊँ कि म
माटो लानु छ स्वर्ग यो मुलुकको केही लुकाऊँ कि म
मेरा आदरणीय अग्रजहरु आस्था फुकाऊँ कि म
श्रद्धाले नमनीय माथि शिर यो केही झुकाऊँ कि म !!

मेरो लेखनको कला विपदले ढाकेछ ढाकेछ कि
मेरै शासन जो ममाथि नगरी थाकेछ थाकेछ कि
मेरै निर्मल सोच जो अघि थियो त्यो साँध सा¥यो किन
निष्ठाले मनभित्र आज धमिलो पानी उमा¥यो किन ?

के जानांैं म अपूर्व उच्च तहको यो काव्यमा श्रेष्ठता
थोरै ज्ञान हुँदै पदार्पण गरी मैले गरें धृष्टता
केही गर्छु कि कोषराज गुरुको सान्निध्य पाएँ भने
मैलै शब्द र वाक्यकै ढुकुटीमा केही जुटाएँ भने ।।

हे मेरा प्रिय कोषराज तिमीले धेरै लगायौ गुन
मैले पर्दछ नम्रतासँग यहाँ आभार बर्साउन
पानी हाल्नु छ तेल छैन टुकीमा बल्ला कि आगो भनी
सल्लाको बिरुवा उमार्नु छ यहाँ नास्पाती फल्ला भनी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *