यो जिन्दगी त्यो औंसीको अँधेरी झैं भएछ कि……
परेंछु धार धारमा न माथि चढ्न सक्छु म
डुबेंछु छाल छालमा न पुग्दछु किनारमा ।
जुवा जितिन्छ कि भनी पसें म खाल खालमा
यसै बितेछ जिन्दगी डुबेछ छालछालमा ।
जवानीको कथाव्यथा अनन्तमा गएछ कि
यो जिन्दगी त्यो औंंसीको अँधेरी झैं भएछ कि ?
परें दोधारमा यसै म उक्सिनै सकिनछु
सधैं म बस्नु पर्दथ्यो कतै पनि बसिनछु ।
यता छ अन्धकारको धुवाँ उता छ तिर्सना
परेंंछु अन्धारमा गरें न केही सिर्जना
मनै भरि उदासीको बतास नै चलेछ कि
यो जिन्दगी त्यो औंसीको अँधेरी झैं भएछ कि…..