छन्दशास्त्रः केही जानकारी


१. विषय प्रवेश ः
क) लय वा छन्द
छन्दशास्त्रका बारेमा धेरैतिर धेरै विद्वान्हरुबाट सैद्धान्तिक विवेचना भएकै छ । यस अर्थमा यो मेरो प्रयास पिठोको पिँधाइ हुन सक्ला तथापि संक्षेपमा म यस दिशामा नयाँ पाठकहरुका लागि केही मात्र भए पनि जानकारी दिने पक्षमा छु ।
पहिले छन्दकै बारेमा केही केही जानकारी रहनु आवश्यक ठान्दछु ।
आधुनिक पुस्तामा भ्रमहरु धेरै छन् । संस्कृत भाषामाथि आधुनिक भनिएकाहरुबाट भएको हमला र तिनैको दुष्प्रचारका कारण आधुनिक पुस्तामा नकारात्मक सोच बने झैं छन्दका बारेमा पनि यो भ्रमको खास्टो यी आधुनिक भनिएका अल्पज्ञहरुबाट ओढाइएको कुरा स्मरणीय छ ।
वास्तवमा छन्द भन्नु लय हो, लयमा गीत्यात्मकता हुन्छ लय गायनगुणले युक्त हुन्छ । लयलाई कसैले नकार्न सक्तैन । बोली वचनमा समेत लय हुन्छ, लयरहित वाणी हुन्न, नियमितता हुनु नहुनु बेग्लै विषय हो । लयात्मकताले वाणीमा मधुरता आउँछ, गेयात्मकता दिन्छ । नियमित लय र नियमरहित लयमा अभिव्यक्त हुनु वाणीको लक्षण हो । वाणीको लयले जब नियमितताको बाटो लिन थाल्छ त्यहाँ छन्द सुरु हुन थाल्छ । यसबाट हामीले बुझनु के पर्छ भने त्यो लयको जसमा वा जहाँ नियमितता हुन्छ त्यो नै अर्काे शब्दमा छन्द हो ।
२.छन्दशास्त्रका लेखनका बारेमा केही कुराहरु ः
छन्दशास्त्रको सैद्धान्तिक धारणा तथा सिद्धान्तको निर्माणको कार्य पूर्वीय आचार्यहरुकै योगदानको उपज हो । यसैले यसको लेखन पनि संस्कृत भाषाका प्राचीन विद्वान्हरुबाट नै भएको छ । उनीहरुको मान्यता अनुसार लय वा छन्दको आरम्भ भाषाको अलिखित अवस्था वा आरम्भसँगै भएको हो । यसो भएपछि छन्दकोे प्राचीनता भाषाकै इतिहास जति पुरानो हुन आउँछ । हुन पनि हो, जब मान्छेलाई दुःख, पीडा, आनन्द, हर्ष, उल्लाषका क्षणहरु आउँछन् त्यो बेला नै ऊ गुनगुनाउन थाल्छ र लयहाल्न थाल्छ । अनि छन्दको रुपरेखा तयार हुन थाल्छ ।
छन्दशास्त्रको सबै भन्दा पुरानो र हालसम्म पनि धेरै विद्वानहरुले आधिकारिक रुपमा मानिआएको ग्रन्थको नाम हो ‘छन्दशास्त्र’ । यसका रचयिता ऋषि पिङ्गल हुन् । यसको लेखन समय र स्वयं रचयिताको जीवनकालको समय पनि उपलब्ध छैन ।
पिङ्गलकै कुराहरु ‘अग्निपुराण’ मा पनि अक्षरशः आएको हुँदा ‘अग्निपुराण’को लेखन समय भन्दा ‘छन्दशास्त्र’का रचयिता पिङ्गल निकै अघिका हुन् भन्ने कुरा भने सिद्ध हुन आउँछ ।
छन्दको बारेमा लेखिएको पुरानो आधिकारिक र उपजिब्य ग्रन्थ पनि ‘छन्दशास्त्र’लाई नै मानिएको छ । यसैलाई आधार मानेर यसपछिका धेरै विद्वान्हरुले छन्दका बारेमा आफ्ना नयाँ नयाँ कृतिहरु लेखेका छन् । कालीदास लगायतका विद्वान्हरुले ‘श्रुतबोध’, ‘वाणीभूषण’, ‘वृत्तदर्पण’, ‘वृत्तरत्नाकर’, ‘छन्दोमञ्जरी’, ‘वृत्ताहार’, ‘वृत्तकौमुदी’ आदि ग्रन्थहरु देखिएका छन्, उपलब्ध छन् । आधुनिक भाषाहरुमा छन्दका बारेमा लेखिएका देखिएका ग्रन्थहरु यिनै ग्रन्थहरुबाट प्रभावित वा अनूदित हु्न् भन्ने बिर्सनु हुन्न । नेपाली भाषाको ‘छन्द र अलङ्कार’, ‘छन्दोमञ्जरी’ पनि यिनै ग्रन्थहरुका उत्तरवर्ती हुन् भनेर भुल्नु हुन्न । यद्यपि कतिपय भाषाहरुमा आफ्ना मौलिक लोकलयहरु लोकछन्दहरु पनि हुन्छन् । ती नयाँ ग्रन्थहरुले आफ्नो भाषामा चलेका लोकछन्दहरुलाई पनि समावेश गर्ने गरेको पाइएको छ । नेपालीकै कुरा गर्ने हो भने नेपालीमा लेखिएका छन्दशास्त्रका ग्रन्थहरुमा नेपाली लोकलय, सेलो, सवाइ आदिको चर्चा पनि गरिएको पाइन्छ । यसो गर्नुलाई छन्दका बारेमा अपडेट वा अद्यावधिक गरेको जस्तै मात्र हो भन्न सकिन्छ ।
माथि दिएका धेरै ग्रन्थहरुको आधार ग्रन्थ ‘छन्दशास्त्र’ भए पनि पछिल्ला रचनाकारहरुले चाहिं गङ्गादत्तको ‘छन्दोमञ्जरी’ वा केदार भट्ट र नारायणको ‘वृत्तरत्नाकर’ लाई बढी आधार मानेको पाइन्छ । म यहाँ पनि यिनै ग्रन्थहरुलाई आधारग्रन्थहरुको रुपमा मानेर चर्चा गर्न लागेको कुरा आरम्भमै निवेदन गर्दछु ।
वेदका ऋचामा पनि छन्द हुन्छन् जसलाई वैदिक छन्द भनिन्छ त्यहाँका छन्द र पुराण वा काव्यका छन्द बेग्लै हुन् । यसैले छन्दहरु वेदमा पाइने वैदिक र वेदभन्दा अन्यत्र पाइने इतर वैदिक छन्द जसलाई लौकिक छन्द पनि भनिन्छ, गरी मूलतः दुई किसिमका हुन्छन् भनेर बुझ्नु पर्छ । वैदिक छन्दको बेग्लै अध्ययन हुन सक्छ जसमा लयको नियमितता भन्दा पनि स्वरको र उच्चाणमा विशेष ख्याल गरिन्छ । तर लौकिक छन्दमा लयको नियमितता, गण, गति, यति आदिलाई विशेष ख्याल गरिन्छ । यो मेरो लेखन पनि वैदिक र लोक छन्दको बारेको लेखन हैन । यो पनि ‘छन्दोमञ्जरी’ र ‘वृत्तरत्नाकर’कै आधारको लेखन हो । आवश्यकताअनुसार कालिदासको ‘श्रुतबोध’ लाई पनि मैले आधार बनाएको छु ।
३. पद्य, छन्द, चरण, वृत्त आदिबारे खुलासा ः
संस्कृत भाषामा जे जति पनि सृजना पाइन्छन् ती अधिकांश पद्यमा रचना गरिएका हुन्छन् । तुलनात्मक रुपमा संस्कृतका रचनाहरु गद्यमा कमै मात्र रचित भएका छन् । काव्य, पुराण वा अन्य सामाजिक विधिव्यवहारका ग्रन्थहरु पनि छन्दमै लेखिएका छन्, श्लोकमै लेखिएका छन् ।
औषधिमुलो, कर्मकाण्ड, गणित, ज्योतिष, धर्मशास्त्र, लक्षणग्रन्थ लगायतका असाहित्यिक विषयहरुको जानकारी वा विधिहरुलाई पनि श्लोकमा लेखिएको पाइन्छ । यसबाट पाठकलाई सम्झनका लागि सजिलो हुन्थ्यो । यसो होस् भनेर पनि विद्वान्हरुले गणित जस्ता विषयहरुको परिचय पनि पद्यमै लेख्थे भन्ने कुरा सिद्ध हुन्छ । म छन्दकै क्षेत्रमा पुनः फर्किरहेको छु ।
हुनत गद्य पद्यमा लेखिएका सबै रचनाहरुलाई काव्य शब्दले बुझाउँछ तापनि काव्यहरुको रचना धेरै मात्रामा श्लोकहरुमा नै भएको हुन्छ ।
जुनसुकै छन्दको जुनसुकै श्लोकको रचना चार खण्डमा भएको हुन्छ ती चारखण्डहरु त्यस छन्दका पाउ हुन्, ती अलग भागलाई त्यस छन्दको पाउका रुपमा मानिन्छ । यसबाट बुझियो चार पाउयुक्त छन्दको रचना श्लोक श्लोकहरुमा अघि बढ्छ ।
पर्देश स्वर्ग जस्तै होस्
स्वप्न संसार तुल्य छ
हामी यो देश जस्मा छौं
यही भारी अमूल्य छ ।
यो एक अनुष्टुभ् छन्दको श्लोक हो, यसमा चार पाउ स्पष्ट छन् । यी चार हरफहरु नै यसका पाउ हुन् । कवितालाई यसरी चार ओटा पाउहरु देखिने गरी लेख्नै पर्छ भन्ने केही नियम छैन । दुई हरफमै लेखिए पनि पाउहरु स्पष्ट हुन्छन् । पाउहरु चिन्ने काइदा भनेको त्यो श्लोकको वाचनमा रहने अडान नै हो । यसमा तिन ठाउँमा समान अडान छन् र अन्तमा श्लोक सकिएपछि केही लामो अडान आउँछ । श्लोकको पाउ थाहा पाउनलाई अडान थाहा पाउनु पर्छ । श्लोकलाई मिचेर पढेन भने अडान थाहा पाउन सकिन्न । होस पुगाउनु पर्छ । हुनत कतिपय छन्द चार बेग्लाबेग्लै हरफमा लेखिएका छापिएका हुन्छन् । यदि त्यो रहेछ भने ता पाउ चिन्न कुनै समस्या नपर्ने भयो । ती हरफलाई नै पाउ भने भइहाल्छ । पाउ पाउमा पद्य हुनु भन्नुको पछि पनि यही कारण छ । मानिस हिंड्दा जसरी पाइला पाइला गरेर गति बढाउँछ श्लोक पनि यही मान्छेले टेक्ने पाइला पाइलाको गतिबाट अघि बढ्ने भएकोले पद्य भनिएको हो । नागबेली वा सर्पको हिंडाइको गतिबाट अघि बढ्ने गद्यको लक्षण हो । गद्यमा चरण हुन्नन् भने पद्यका यी पाउलाई चरण पनि भनिन्छ ।
पद्यहरु मूलतः चार चरणमा लेखिएका हुन्छन् । यी चरणहरु कि अक्षरको संख्या कि त मात्राहरुको संख्याका आधारमा निर्धारित गरिन्छन् । छन्दको अर्काे नाम वृत्त पनि हो । वृत्त र जाति गरेर वृत्त दुई प्रकारको हुन्छ । वृत्त र जाति भन्नु चाहिं शास्त्रीय छन्द र जातीय छन्द भन्नु जस्तै हो । वृत्तहरुका चरणमा अक्षरहरु र जातिका चरणमा मात्रालाई आधार मानेर तिनको निर्धारण गरिन्छ ।
पद्यलाई पनि वृत्त भन्न सकिन्छ । फेरि पनि अझ स्पष्ट होऊँ— वृत्त, छन्द वा पद्य भनेको एक यस्तो श्लोक हो जुन माथि भदिएझैं चरण चरणमा भएको हुन्छ जसको निर्धारण अक्षरहरुको संख्याका आधारमा हुन्छ । उता जाति वा जातीय छन्द चाहिं मात्राको आधारमा निर्धारित हुन्छन् ।
४. वृत्तका प्रकारहरु ः
वृत्त तिन प्रकारका हुन्छन् ः समवृत्त, अद्र्धसमवृत्त र विषम वृत्त ।
१. समवृत्त ः
हरेक श्लोकका चारै ओटा चरणहरु समान रुपका हुने वृत्त समवृत्त हो । यसका हरेक चरणमा समान गण, अक्षर वा मात्रा हुनुपर्छ । साथै जुन जुन गणहरुले पहिलो चरण बनेको छ तिनै तिनै गणहरुले अरु बाँकीका चरणहरु पनि बनेको हुनैपर्छ, यसो भयो भने मात्र समवृत्त हुन्छ ।
२. अद्र्धसमवृत्त ः
पहिलो र तेस्रो चरण एकै गणका हुने अनि दोस्रो र चौथो चरण चाहिं अर्कै कुनै गणमा निर्मित हुुने वृत्तलाई अद्र्धसमवृत्त हुन्छ ।
३. विषमवृत्त ः
नामबाटै स्पष्ट हुन्छ श्लोकभरिका चारै चरण असमान गणहरुले निर्माण हुने वृत्त विषम वृत्त हो । यसका हरेक चरणहरु बेग्ला बेग्लै अक्षर, मात्रा वा गणहरुबाट बनेका हुन्छन् ।
धेरैजसो छन्दहरु समवृत्त भएका नै हुन्छन् । कमै मात्र अद्र्धसमवृत्त र विषमवृत्त भएका श्लोकहरु पाइन्छन् ।
५. वर्ण÷अक्षरको परिचय ः
छन्दको परिचय गर्नु पर्दा ‘अक्षर’ वा ‘वर्ण’का बारेमा पनि थाहा पाइराख्नु पर्छ । अक्षर वा वर्णको गन्तीबाट छन्दको निर्माण हुन्छ । अक्षर भनेको के हो भन्ने कुरा थाहा पाउन धेरै सजिलो छ । हामीले बोल्दा एक सासमा वा एक झोक्कामा उच्चारण गर्न सकिने ध्वनिलाई अक्षर (व्यारणमा सिलेबल) वर्ण भनिन्छ ।
एक्, दिन्, ना, र, द, सत्, य, लोक्, पु, गि, ग, या, लोक्, को, ग, रुँ, हित्, भ, नी
अल्पविराम दिएको भागसम्मको खण्ड एक अक्षर खण्ड हो । पढ्दा जहाँ कमा आउँछ त्यो भाग एक झोक्कामा उच्चारण हुन्छ । अनि त्यो सकिएपछि सानो विराम स्पेस हुन्छ । एक् का माझमा हामी पढ्दा रोकिन्नौ तर ‘एक्’ ‘दिन्’ का माझमा अलिकति रोकावट हुनुपर्छ हुन्छ । त्यस्तै अरु पनि बुझ्नुपर्छ ।
एक अक्षर हुनका लागि अनिवार्य रुपमा एक स्वर हुनु आवश्यक छ । एक अक्षरमा एक स्वर हुनु अवश्य नै अनिवार्य छ तर व्यञ्जन हुनु पर्छ भन्ने अनिवार्यता छैन । अक्षरमा व्यञ्जन एक वा एक भन्दा धेर पनि आउन सक्छन् । एक व्यञ्जन वा व्यञ्जनै व्यञ्जनहरुलाई जोडेर चाहिं अक्षरको निर्माण हुन सक्तैन । अनि उता एक भन्दा बढी स्वर पनि एक अक्षरमा हुनुहुन्न । तलका दुई चरणमा अक्षरहरु छानेर हेरौं अनि मात्र गणको कुरा बुझ्नका लागि सजिलो पर्छ ः
कता भाग्यो भाग्यो मन भरि थियो काव्य रसिलो
म लेखूँ भन्दै थें मन पनि थियो केहि कसिलो ।
यी दुई हरफहरु शिखरिणी छन्दका दुई पाउ वा चरण हुन् । यहाँका यी हरफका शब्दहरुमा खुट्टा काटेर लेखिएका जति व्यञ्जन वर्ण हुन् । तिनलाई तल स्वर र व्यञ्जनको परिचयका लागि देखाइएको छ । जसको खुट्टा काटिएको छैन ती स्वर वर्ण हुन् । खुट्टा काटिएका व्यञ्जन वर्ण हुन् । कमा (,) सम्मको भाग एक अक्षर हो । यहाँ माथि झिकिएका दुई हरफमा यस्ता अक्षरहरु छन् जसलाई शिखरिणी छन्दका लागि चाहिने गणहरु हुन् भनेर बुझिराख्नु पर्छ ः
क्+अ, त्+आ, भ्+आ=यगण । ग्य्+ओ, भ्+आ, ग्य्+ओ=म गण ।
म्+अ, न्+अ, भ्+अ=नगण । र्+इ, थ्+इ, य्+ओ=सगण,
क्+आव्+, य्+अ, र्+अ=भगण, स्+इ=लघु, ल्+ओ=गुरु ।।
अब के बुझ्नुपर्छ भने शिखरिणी छन्दका हरके चरणहरुमा सत्र अक्षर हुन्छन् । य, म, न, स, भ गणहरु र अन्तका दुई अक्षरमध्ये पहिलो लघु र अन्तको गुरु हुनु पर्दाे रहेछ । हरेक गणहरुमा तिन अक्षर हुन्छन् भन्ने ता अवश्य नै थाहा हुनु पर्छ । यहाँका पाँच गणका पन्ध अक्षर र बाँकी दुई गरेर शिखरिणी छन्दको एक चरणमा सत्र अक्षर हुनु पर्ने रहेछ भन्ने टुङ्गो पाइराख्नु पर्छ । यस्तै यस्ता अरु तिन चरणहरु मिलेर यो छन्दको एक श्लोक हुन्छ भन्ने पनि अब बुझ्नु पर्छ । यसलाई यसरी हेरौं ः
क्रमशः यस छन्दको पहिलो अक्षर ह्रस्व, दोस्रो दीर्घ, तेस्रो दीर्घ, चौथो पाँचौं छैटौं दीर्घैै दीर्घ, सातौं, आठौं, नवौं ह्रस्वै ह्रस्व, दसौं र एघारौं ह्रस्व, बारौं दीर्घ, तेरौं दीर्घ, चौधौं र पन्ध्रांै ह्रस्व, सोरौं ह्रस्व र सत्रौं दीर्घ हुनुपर्छ ।
अब छन्दो भङ्गको कुरा यहीं थाहा पाइन्छ । यस छन्दमा जहाँ जहाँ ह्रस्व, वा जहाँ जहाँ दीर्घ हुनु पर्ने हो त्यो वास्ता नगरी दीर्घ हुने शब्द ह्रस्व पारेर राखियो र ह्रस्व हुने शब्द दीर्घ पारेर छन्दको प्रयोजनमा राखियो भने छन्दोभङ्ग भएको मानिन्छ । तर यसलाई सारै ठूलो महाभुल भने मानिहाल्नु पर्दैन । छन्दोभङ्गमा ह्रस्व वा दीर्घलाई उल्टापाल्टी पार्नु भन्दा पनि चाहिने वा तोएिका वर्णहरुको कमी भो वा बेसी भो भने छन्दोभङ्ग भयो । जस्तो माथिको दोस्रो हरफमा केहि शब्दलाई ह्रस्व पारिएको छ । वास्तवमा केही सर्वनाम दीर्घ हुन्छ । यहाँ किन ह्रस्व पारियो होला, अब आफै सोचौं । त्यो हि कुन संख्यामा आएको छ र त्यो संख्याको अक्षर ह्रस्व वा दीर्घ के हुनु पर्ने हो आफै नियालौं, यस भन्दा तुरुन्तै माथिल्लो अनुच्छेदबाट यो कुरा थाहा भइहाल्छ ।
व्याकरणमा हामीले मानिआएका ह्रस्वदीर्घहरु भन्दा छन्दशास्त्रमा ह्रस्वदीर्घको केही फरक रुपमा चिनारी गरिन्छ । छन्दमा अक्षरहरु ह्रस्व र दीर्घ कसरी मानिन्छन् यसको खुलासा तलको उदारणहरुबाट बुझ्नु पर्छ ।
६. छन्दशास्त्रका अनुसार ह्रस्व र दीर्घ अक्षरहरु ः
ह्रस्व र दीर्घका बारेका यसअघि पनि केही हुरा आएकै छन् । यस विषयमा खुलासाको खाँचो अझै पनि देखिन्छ । व्याकरणको अध्ययनका क्रममा ह्रस्व ‘इ’ र ‘उ’ अनि दीर्घ ‘ई’ र ‘ऊ’ लाई ह्रस्व र दीर्घका रुपमा चिनाइने गरिन्छ । तर छन्दशास्त्रअनुसार ह्रस्व र दीर्घ यति मात्र हैनन् । अझ दीर्घको परिचय यस शास्त्रमा बेग्लै रुपमा गरिन्छ । ह्रस्वलाई लघुवर्ण र दीर्घलाई गुरु वर्णको रुपमा चिनारी गरिन्छ । लघु भनेको ह्रस्व र गुरु भनेको दीर्घ हो । यिनको साङ्केतिक चिनारीका लागि क्ष् चिन्ह लघु वर्णका लागि र क् चिन्द गुरु वर्णको लागि अघि सारिन्छ ।
छन्दशास्त्रका अनुसार अ, इ, उ, ऋ लघु वर्ण हुन् । यिनका साथमा व्यञ्जन वर्ण मिसिए भने ती पनि ह्रस्व नै हुन् । यसै गरी आ, ई, ऊ, ए, ऐ, ओ, औ स्वयंमा दीर्घ हुन् र व्यञ्जन वर्णहरुले युक्त अवस्थामा समेत ती पनि दीर्घ हुन् । छन्दशास्त्रले यस बाहेक त्यो अवस्थाको ह्रस्व वर्णलाई पनि दीर्घ मान्दछ जसका अगिल्तिर व्यञ्जन वर्ण आएको होस् ।
सुधाको त्यो झर्ना कवि हुन गए सीकर सरी ।
माथिको झर्ना शब्दको ‘झ’ मा अवस्थित ‘अ’ यस कारण दीर्घ हो किनभने यस ‘झ’को अ भन्दा ठिक उता आधा व्यञ्जन ‘र्’ आएको छ जुन आधा ‘र्’ रेफ भएर ‘ना’को थाप्लोमा चढेको छ । छन्द, गन्ध, पुष्प, धर्काे, चर्काे, सक्छ, इन्द्र, चन्द्र जस्ता शब्दहरुको सुरुको अक्षर दीर्घ मानिन्छ किनभने तिनको ठिक उतातिर हलन्त व्यञ्जन वर्णहरु आएका छन् । साथै अनुस्वार (ंं) अर्थात् सिरबिन्दु, विसर्ग (ः) दवासबिन्दुहरुले पनि तिनका पूर्वका वर्णहरु ह्रस्व रहेछन् भने दीर्घ पार्दछन् । दीर्घ ता आफैंमा दीर्घ नै हुन्छन् त्यसमा कुनै समस्या नै भएन । छन्दका हरेक चरणको अन्तमा आउने जुनसुकै वर्ण चाहे त्यो ह्रस्व होस् वा दीर्घ होस् त्यसलाई पनि छन्दको लक्षणले जे माग्छ त्यही अनुरुपको ठानिन्छ । यदि कुनै छन्दको अन्तिम अक्षर दीर्घ वा गुरु चाहिने रहेछ र ह्रस्व अक्षर आयो भने त्यसैलाई दीर्घ वा गुरु मानिन्छ, यसको विपरीत लघु चाहिने रहेछ र अक्षर चाहिं दीर्घ आयोे भने त्यसलाई पनि लघु नै मानिन्छ । तर कुनै चरणको अन्तमा जेसुकै भए पनि गुरु नै हुने परम्परा छ । छन्दमा यो अर्काे ह्रस्व वर्ण दीर्घ हुने अवस्था हो । टिप्पणी के गर्न सकिन्छ भने चरणका अन्तको अक्षर स्वतः गुरु हुने भएपछि किन त्यसलाई गुरु हुनु पर्छ भनेर तोकेका होलान् यो उनीहरुको भुल हो जस्तो लाग्छ । उदाहरणका लागि ‘स्वादिन्द्रबज्रा यदि तौ जगौ ग’ भनिएको छ । इन्द्रबज्रा छन्दको अन्तिम वर्ण गुरु हुनु पर्छ भनिएको हो यसको अर्थ । अन्तिम वर्ण दीर्घ स्वतः हुने भए पछि किन गुरु हुनु पर्छ भनिरहनु पथ्र्याे र ? यसको अरु केही कारण छ कि ? खोज्दै जाँदा भेटिएला सायद । यो प्रसङ्ग यहीं छोडौं ।
अपवादका रुपमा प्र, ह्र, क्र, ब्र भन्दा सुरुतिरका अक्षहरु चाहिं दीर्घ मानिदैनन् ।
उता मात्रा छन्दहरुमा भने मात्राको गणना हुन्छ । मात्राहरुका आधारमा यिनको प्रकार निर्धारण हुन्छ । लघु वर्णलाई एक मात्रा र गुरु वर्णलाई दुई मात्राका रुपमा गन्ती गरेर लक्षण निर्धारण गर्ने गरिएको पाइन्छ । लघु गुरुको नियम ता मात्रा छन्दमा पनि उही हो ।
७. अक्षर संख्या निर्धारण गर्ने छन्दशास्त्रको विनियम ः
छन्दशास्त्रकारहरुले अक्षरहरुलाई निर्धाणर वा पहिचान गर्ने विनियम बनाएका छन् जसलाई अक्षरपाद पनि भनिएको छ । यस नियमलाई गणहरुको नियम पनि भनिएको देखिन्छ । छन्दशास्त्रमा अक्षहरुको चिनारीका लागि वा सजिलैसँग सम्झन सकियोस् भनेर निकालिएको यो एक सजिलो युक्ति मात्र हो । जसमा उनीहरुले जम्मा आठ गणहरुको परिकल्पना गरेका छन् । प्रत्येक गणमा तीन अक्षर हुन्छन् । आठ प्रकारका गणहरु एक भन्दा अर्को नितान्त फरक छन् । तर नवौं गण बनाउनु हो भने कुनै हालतमा पनि आठ भन्दा अलग प्रकृतिको बन्न सक्तैन आठै प्रकारभित्र समेटिन्छ । यसैले आठ गणहरु कुनैसँग कुनै पनि मिल्दैनन् । नवौं बनाउनु हो भने फेरि त्यो आठकै कुनै भेदमा आउन थाल्छ, अलग किसिमको हुनै सक्तैन । यी गणहरुलाई (लघु क्ष् र गुरु क् ) जस्ता प्रतीकाक्षरमा देखाइएको छ ।
यमाता राजभानसलगा जस्ता केके हो, नेपालीहरुले भन्ने गरेका नै गण हुन् । पूर्वीय विद्वान्हरु जेसुकै कुरालाई पनि पद्यमा परिभाषित गर्छन् । यो परम्परालाई उनीहरुले यी गणहरुलाई परिचय गराउन पनि उपयोग गरेका छन् । कालीदासको यो श्लोक यस सन्दर्भमा स्मरणीय छ ः
आदि मध्यावसानेषु भजसा यान्ति गौरवम्
यरता लाघवम् यान्ति मनौ तु गुरु लाघवम् ।।
श्लोकको आशय बडो सजिलो छ ः आदि, मध्य र अन्तमा भ ज स गणहरुमा गुरु अक्षर हुन्छन् । त्यही त्यही ठाउँमा य र त गणहरुमा लघु अक्षर हुन्छन् । म तथा न गण गुरु र लघु मात्र हुन्छन् । छन्दशास्त्रीहरुको सूत्रयुक्तिअनुसार हेर्दा यी यस्ता देखिन्छन् ः जस्तै= भगण= क्क्ष्क्ष्, जगण= क्ष्क्क्ष्, सगण=क्ष्क्ष्क्, यगण= क्ष्क्क्, रगण= क्ष्क्क्ष्, तगण= क्क्क्ष्, मगण= क्क्क्, नगण= क्ष्क्ष्क्ष् ।
यसपछि हामी वृत्तको वर्गीकरणतिर लाग्दछौं ।
८. वृत्तको वर्ग र वर्गीकरण
वृत्तको वर्गीकरण गर्ने क्रममा संस्कृत भाषाका छन्दशास्त्रीहरुले विशेष गरी वर्णहरुको गणनालाई नै मूल आधार बनाएका छन् । वर्णहरुलाई नगेर समवृत्त, अद्र्धसमवृत्त र विषम वृत्तको पहिचान गराउने काम गरेका छन् । वर्गीकरण पनि सबैजसो समवृत्तमा नै केन्द्रित रहेको छ । अद्र्धसमवृत्त र विषमवृत्तको चाहिं नगण्य चर्चा भएकोबाट यो लक्षणका छन्दहरुको उहिल्यैदेखि कमी थियो वा कविहरुले यतातर्फ सोचेका थिएनन् भन्ने सिद्ध हुन्छ । खालि उदाहरण दिनसम्म मात्र केही उद्धरणहरु ल्याएका छन् । कतै कुनै ग्रन्थमा यी अद्र्धसम र विषमवृत्त छन्दहरुको प्रयोग गरिएको थियो भनेर उनीहरुले पनि किटानका साथ देखाएका छैनन् । हामीलाई पनि यहाँ वृत्तको वर्गीकरण गर्न थाल्दा समवृत्तमा नै केन्द्रित हुनै पर्ने स्थिति छ ।
छब्बिस किसिमका समवृत्त छन्दहरुको चर्चा छ । यी छब्बिसमध्ये प्रत्येक वृत्तको बेग्लाबेग्लै स्वरुप हुन्छ र छब्बिसै किसिमका वृत्तका कुनै पनि चरणका अक्षरहरु अर्काे वृत्तसँग मिल्दैनन् । अनि ती वृत्तका हरेक लघु वर्णका स्थानमा गुरु वर्णलाई र गुरु वर्णका स्थानमा लघु वर्णलाई स्थानापित गर्दै जान पनि सकिने हुँदा वृत्तहरुको संख्या अनगिन्ती हुन सक्छ भनेर छन्दशास्त्रीहरुले औंल्याएको देखिन्छ ।
वृत्त वा छन्द भनेको लय हो, लयका अनन्त स्वरुप हुनु स्वाभाविक हो । छब्बीस थरीका यी वृत्तहरुलाई उलटपलट गरेका अवस्थामा अनन्त स्वरुप हुन सक्ने कुराको उल्लेख पनि गरिएको छ । यस अनन्तताको उल्लेखको सन्दर्भलाई कोट्याउँदा समवृत्तहरुको मात्र पनि सतासी करोड भन्दा बढी संख्या हुन सक्ने कुराको उल्लेख हामी भेटाउँछौै । अद्र्धसम र विषमवृत्तको ता अनिर्धारित नियम भएको हुँदा संख्या पनि अनन्त हुन सक्ने कुरासम्म उल्लेख गरेर उनीहरु त्यो सन्दर्भलाई नै छोड्दछन् । ‘छन्दशास्त्र’, ‘लीलावती’ र ‘वृत्तरत्नाकर’कारहरुले आफ्ना ग्रन्थका अन्तिम अध्यायमा वृत्तका विविधता, संभावित संख्या तथा तिनको स्थानको बारेमा जानकारी कसरी गर्न सकिन्छ भनेर निर्देशन गरेको देखिन्छ । यस कुरालाई अझ बढी गम्भीरताका साथ अध्ययन गर्न इच्छुकहरुले तिनै ग्रन्थहरुको निर्दिष्ट स्थानको अध्ययन गर्न सक्नेछन् ।
सम्भावित अनन्त वृत्तहरुको हुन सक्ने अस्तित्वलाई नियालेर हेर्दा कवि लेखकहरुले हालसम्म उपयोग गरेका छन्दहरुको संख्या एक प्रतिशत भन्दा पनि धेरै धेरै तलै भएको कुरा पनि विचारणीय छ । तर यही एक प्रतिशतसम्म नपुगेको संख्या पनि हाम्रा लागि पार पाइनसक्ने खालको छ ।
छन्दको वर्ग वा बगालको निर्धारण पनि भएको छ । प्रतिष्ठा, सुप्रतिष्ठा, गायत्री, उष्णिक्, अनुष्टुभ्, बृहती, पङ्क्ति, त्रिष्टुप्, जगती, अतिजगती, शक्वरी, अतिशक्वरी, अष्टि, अत्यष्टि, धृति, अतिधृति, कृति, प्रकृति, आकृति, विकृति, संकृति र उत्कृति गरेर जम्मा बाइस वर्गमा समवृत्तहरु समेटिएका छन् । यिनमध्ये प्रतिष्ठा, सुप्रतिष्ठा, आकृति, विकृति, संकृति र उत्कृति वर्गभित्र एक एक वृत्तहरु मात्र छन् भने अरु वर्गभित्र एक भन्दा धेरै वृत्तहरु रहेका पाइन्छन् । अनि सबै भन्दा बढी वृत्त जगती वर्गमा छन् जसअन्तर्गत १५ वृत्त रहेका छन् । सबैभन्दा कम अक्षर भएको वृत्त ‘कन्या’ वृत्त हो जसका एक चरणमा चार अक्षर हुन्छन् । सुरुको एउटा मात्र सिङ्गो गुरु अक्षर अनि त्यसपछि एक मगण मिलेर चार अक्षरको एक चरण हुन्छ यसमा । जम्मा सोर अक्षरमा यो सकिन्छ । सम्भवतः यो नै छोटो छन्द हो ।
आमा धेरैै, भोकाए छन्,
खाने केही, अन्नै छैन ।।
यसको उदाहरण हुन सक्छ ।
अहिलेसम्मको खोजीबाट के सिद्ध भएको छ भने समवृत्तहरुमा सबै भन्दा थोरै एक पाउमा चार अक्षर भएको छन्द यही नै हो । अनि सबै भन्दा बढी एक चरणमा ‘उत्कृति’ वर्गमा पर्ने ‘भुजंगविजृम्भित’ छन्द नै हो जसका हरेक पाउ छब्बिस छब्बिस अक्षरले बनेका हुन्छन् । एक पाउमा न्यूनतम चार र अधिकतम छब्बीस अक्षरहरु हुने छन्दहरुको परिचय र उदाहरण पाइन्छ त्यस भन्दा न्यून र अधिक संख्याबाट बनेका छन्दको चर्चा समवृत्तमा छैन ।
९. वृत्तहरुको वर्ग एवम् त्यस अन्तर्गतका छन्दहरुको विवरण ः
(टिप्पणीः सबै भन्दा पहिले समवृत्तको सानो एकाईका बारेमा केही विद्वान्हरुका नयाँ नयाँ विचार तथा विचारका साथ उदाहरण आएका छन् । माथि प्रतिष्ठा वर्गको ‘कन्या’ छन्द नै सबै भन्दा सानो छन्द भनियो र यसो भनिएको सन्दर्भमा यो भन्दा पनि सानो आकारको छन्द हुने कुरा विद्वान्हरुबाट सुझावका रुपमा आए । तर मैले निकै पुस्तकहरु पल्टाएर पनि यो भन्दा सानो आकारको छन्द आधिकारिक रुपमा उपलब्ध गर्न सकिनँ । श्री छन्दलाई एक मात्र गुरु अक्षर हुने छन्द हो भन्ने उदाहरण सहितको विवरण पनि नपाइएको हैन तर मैले छन्दशास्त्रका पुराना पुस्तकहरुमा यो नदेखिएकोले यहाँ आधिकारिकताको समस्या भएकाले उल्लेख गर्न सकिन । यसबारे कतै माथि उल्लेख गरेका र मैले आधार लिएका छन्दशास्त्रका कृतिहरुमा कसैले पनि श्री लाई सानो छन्द हो भनेको पाइएन । यसरी नपाइँदा मेरो विचारमा यो एक धार्मिक आस्थासँग जोडिएका कुनै व्यक्तिले पछि थपेको कुरा मात्र हुनु पर्ने हो कि ? अथवा अरु अरु पछिल्लो अवस्थाका छन्दशास्त्रीले यसलाई प्रवेश दिलाएका छन् कि ? जे होस् आधिकारिकताको मात्र चासो हो मेरो ।
यदि यसो गर्दै जाँदा अरु कुरा पनि उठ्न सक्छन् । तर्क के पनि दिन सकिन्छ भने ‘श्री’ मात्रै किन ? यो मात्र नभई ओम्, राधे राधे, सा, रे ग, म हरु ता झन् मजासँग गाइन्छन् । यिनलाई पनि एकाक्षरी वा द्वि अक्षरी छन्दहरुका रुपमा लिनु पर्ने हो । यिनीहरुलाई पुराना छन्दशास्त्रीहरुले किन लिएनन् होला भनेर शङ्का गर्न सकिन्छ । आधिकारिकता आएमा हामी श्री लगायतका सबैलाई छन्दमा समाविष्ट गर्नेछौं । तर अहिलेलाई ‘कन्या’ छन्द नै सबै भन्दा सानो मानिएको छन्द हो भनेर यस प्रसङ्गलाई म अघि धकेल्छु ।)
घटीमा चार र बढीमा छब्बिस अक्षरहरुको पाउ हुने छन्दलाई छन्दशास्त्रीहरुले वर्गवर्गका रुपमा अलग गरेर नियालेको देखिन्छ । एक वर्गमा उति नै अक्षरका एक भन्दा बढी छन्द पनि समाविष्ट हुन सक्छन् । उति नै अक्षर भएपछि ता एकै छन्द हुनु पर्ने हो भन्ने कुरा पनि आउन सक्छ । उति नै अक्षर भए पनि गणहरु फरक फरक हुने आधारमा उति नै अक्षर हुने छन्द पनि पृथक् पृथक् रहन्छन् ।
वर्ग १.
वर्गको नाम ः श्री
यस वर्गको छन्द संख्या ः एक मात्र
यस वर्गका छन्दको नाम ः श्री
यस वर्गका छन्दको एक पाउमा हुने कुल अक्षर ः एक
यस छन्दको लक्षण ः एक गुरु ।
यस छन्दको उदाहरण ः
लौ
लौ
हा
हा
वर्ग २
वर्गको नाम ः स्त्री
यस वर्गको छन्द संख्या ः एक मात्र
यस वर्गका छन्दको नाम ः स्त्री
यस वर्गका छन्दको एक पाउमा हुने कुल अक्षर ः दुई
यस छन्दको लक्षण ः ।
यस छन्दको उदाहरण ः
आमा धेरैै, भोकाए छन्,
खाने केही, अन्नै छैन ।।
वर्ग ३.
वर्गको नाम ः नारी
यस वर्गको छन्द संख्या ः एक मात्र
यस वर्गका छन्दको नाम ः नारी
यस वर्गका छन्दमा हुने कुल अक्षर ः
यस छन्दको लक्षण ः ।
यस छन्दको उदाहरण ः
राम गएछन् दख्खिन तर्फ ।
श्याम गएछन् उत्तरतर्फ ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *