कसैकाे तुलना हुन्न अामाकाे ममतासँग
अामाकाे ममता जस्तै स्नेह हुन्छ पितासँग ।
घाेडाले बग्गी तानेझै परिवार चलाउँछन्
अाफ्ना सन्ततिका लागि अाफैलाई जलाउँछन् ।
अामाका दश धाराले हामी हुन्छौ हराभरा
पिता हुन् देवतातुल्य अामा हाम्री वसुन्धरा ।।
कसैकाे तुलना हुन्न अामाकाे ममतासँग
अामाकाे ममता जस्तै स्नेह हुन्छ पितासँग ।
अामाकाे भूमिका हुन्न भन्ने याे हैन अाशय
अामाेकाे भूमिका माथि हुँदैन केही संशय ।।
तथापि किन हो धेरै पुग्दैन दृष्टि बाबुमा
व्यवस्था घरकाे धेरै उनैकाे हुन्छ काबुमा ।।
म ता भन्छु पिताज्यूको सधै होस् अभिनन्दन
नभए घर भाँडिन्छ पिताकाे अनुशासन ।।
