क्रमागत
४. वृत्तका प्रकारहरुः
वृत्त तिन प्रकारका हुन्छन्ः समवृत्त, अद्र्धसमवृत्त र विषम वृत्त ।
१. समवृत्तः
हरेक श्लोकका चारै ओटा चरणहरु समान रुपका हुने वृत्त समवृत्त हो । यसका हरेक चरणमा समान गण, अक्षर वा मात्रा हुनुपर्छ । साथै जुन जुन गणहरुले पहिलो चरण बनेको छ तिनै तिनै गणहरुले अरु बाँकीका चरणहरु पनि बनेको हुनैपर्छ, यसो भयो भने मात्र समवृत्त हुन्छ ।
२. अद्र्धसमवृत्तः
पहिलो र तेस्रो चरण एकै गणका हुने अनि दोस्रो र चौथो चरण चाहिं अर्कै कुनै गणमा निर्मित हुुने वृत्तलाई अद्र्धसमवृत्त हुन्छ ।
३. विषमवृत्तः
नामबाटै स्पष्ट हुन्छ श्लोकभरिका चारै चरण असमान गणहरुले निर्माण हुने वृत्त विषम वृत्त हो । यसका हरेक चरणहरु बेग्ला बेग्लै अक्षर, मात्रा वा गणहरुबाट बनेका हुन्छन् ।
धेरैजसो छन्दहरु समवृत्त भएका नै हुन्छन् । कमै मात्र अद्र्धसमवृत्त र विषमवृत्त भएका श्लोकहरु पाइन्छन् ।
क्रमशः

होमजी
एउटै पोस्टमा पुरा लेख
होमजी
एउटै पोस्टमा पुरा लेख लेखेर राख्नोस् न । अंशहरू खोज्न मिलाउन गहारो भयो ।
धन्यवाद । म धारावाहिक रुपमा
धन्यवाद । म धारावाहिक रुपमा लेखिरहेकाे हुँदा यसाे भएकाे हाे । हुन्छ यहाँले भनेजस्तै सबै पूरा भएपछि म मझेरीमा समावेश गरिदिन्छु । अहिलेलाइ भने यसरी सूचना दिनुभएकाेमा धन्यवाद ।