kbs
सांकृत्यायन दम्पती तथा महाकवि देवकोटा
यस वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी मनाउँदा देवकोटालाई स-सम्मान नेपाल बाहिरको भूमिमा चिनाउने र कविको उत्कृष्ट मध्येको एक “पागल” कविता लेख्ने वातावरणमा कारक बनेका महापण्डित राहुल सांकृत्यायनकी धर्मपत्नी कमला परियार सांकृत्यायनको निधनको खबर विश्वका दक्षिण एशियाली अध्ययनमा समर्पित विद्वान् -हरूलाई स्तब्ध बनाउने गरी फैलियो ।
नेपाली गीतसङ्गीतका आदिगायक सेतुराम प्रधान
सेतुराम काठमाडौँको असन कमलाक्षीमा संवत् १९४० साल मङ्सिरमा जन्मेका थिए । यी कृष्णधर प्रधान र हरिदेवी प्रधानका तीन सन्तानमध्ये कान्छा छोरा थिए । उनका दाजु कृष्णदास प्रधान पनि सङ्गीतमा धेरै झुकाउ राख्थे । साथै सेतुरामकी दिदी राममाया पनि गायनमा रुचि राख्थिन् । सेतुराम चाहिँ गायनकलामा मन वचन र कर्म ले नै समर्पित थिए । त्यसैले बुबा कृष्णधर प्रधानले सेतुरामलाई यस क्षेत्रमा लाग्न थप वातावरण पनि तयार पारिदिएका थिए ।
गजलमा प्रयोग हुने बहरको बारेमा छोटो चर्चा – २
यसअघि नै यसै मझेरी डट कमबाट गजलका २१४ ओटा बहरको सूत्र नमूना (गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी”) प्रकाशन भैसकेको छ । मझेरी डट कमको लेखक-सूचीभित्र प्रवेश गरेर गोर्खे साइँलोको लेख अध्ययन गर्नुहुन र यी तल दिइएका थप ४० ओटा सूत्रसमेतको अध्ययन गर्नुहोला । केही पुराना हिन्दी उर्दू र फारसीका पुस्तकहरू उपलब्ध नभएर यहाँ पनि पुरा हुन सकेको छैन । पृय पाठकवर्गले झन्झट नमानीकनै यो मझेरी डटकम हेर्दै रहेमा एकदिन अवश्य पुरा हुनेछ ।
खडे सांसद
खडे सांसद झगडे सांसद निकै नै बहादुर हुँ भन्दछ ऊ । उसलाई त न आश नत्रास । यसभन्दा अघि पनि उसलाई मन्त्रीपदमा लान कसैले मानेन । खुबी छैन त्यस व्यक्तिको, त्यति मात्र होइन सोमत पनि छैन । त्यसकारण ऊ जनप्रिय छैन तर पनि पहिल्यैदेखि त्यो त्यता, उता र उताबाट धेरैको सेवा गर्दै आएको मानिस हुँदा यसपटकको सुरिलो संसदमा त्यो पनि मनोनित भएथ्यो क्या ! धेरै हत्ते गरेर, साह्रै अत्तो थापेर काले शाहका कलवारहरूलाई खुशी पारी-पारी खाएकै थियो । अहिले मूर्च्छा पारिएको संसद फेरि बौरिएपछि त खडे संसदको दिन पो भएछ गाँठे ! अब त खडे पनि तगडे नै भयो नि होइन र !
तर पनि जेल
घटना २०१४ चैत ३ गतेको हो । राजा महेन्द्रले नयाँ व्यवस्था अनुरूपको संविधान निर्माणका निम्ति एउटा संविधान मस्यौदा आयोग बनाएका थिए । आयोगको अध्यक्षमा भगवतीप्रसाद सिंह थिए भने सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट सूर्यप्रसाद उपाध्याय र म, गोरखा दलबाट रणधीर सुब्बा र कानुनविद्का रूपमा रामराज पन्त नियुक्त भएका थिए । सदस्य भए पनि मलाई राजा महेन्द्रले त्यसको सदस्य-सचिवको जिम्मेवारी सुम्पिएका थिए ।
