सडकमा आगो बाल्ने खगेन्द्र खिलाफी गजल by editorSeptember 19, 2014सडकमा आगो बाल्ने, काम छ युवाको प्रवासमा छिर्ने धेरै, लाम छ युवाको राम्रो काम गर्न छाडे, आज किन कुन्नि? हिंसा हत्या बलत्कारमा, नाम छ युवाको
पिठो मैदा पारी दिल (आफ्नै बहरमा) खगेन्द्र खिलाफी गजल by editorAugust 15, 2014पिठो मैदा पारी दिल, पेल्नु पर्ने भयो यहाँ कति चाह गर्भ भित्रै, बेल्नु पर्ने भयो यहाँ हेर्दा हेर्दै बिधाताले, लात हान्दा खेरी अब, आफ्नै छाती माथि परेड खेल्नु पर्ने भयो यहाँ
बेकसुर निर्धालाई खगेन्द्र खिलाफी गजल by editorJune 5, 2014बेकसुर निर्धालाई, घाटी नेकाउछन् जाल झेल गरि यहां, घुडा टेकाउछन् दु:ख अभाब के थाहा, ठुला धनीलाई, महंगीले गरिबको, ढाड सेकाउछन्
मृत्युदण्ड हुनुपर्छ, अब बलत्कारीलाई खगेन्द्र खिलाफी गजल by editorMay 2, 2014मृत्युदण्ड हुनुपर्छ, अब बलत्कारीलाई सम्मान सद्भाव गर, छोरी चेली नारीलाई सबैसामु फाँसी दिने, संविधान बन्नु पर्छ, दलाल गिरोह अनि, अब भ्रण्टचारीलाई जति रगतको खोला, बगाए नि आखिरीमा, कलमले जित्छ सधैं, हतियार धारीलाई
किचिएर बाचेको छु खगेन्द्र खिलाफी गजल by editorApril 23, 2014किचिएर बाचेको छु थिचिएर बाचेको छु भित्र भित्र अब सीमा, मिचिएर बाचेको छु
गहमै यी आँसु खगेन्द्र खिलाफी गजल by editorFebruary 22, 2014गहमै यी आसु, अटाउदैछु म मुश्किलमा ज्यान, खटाउदैछु म नसोध खबर, परदेशीको तिमी, रुँदै दिन यहाँ, कटाउदैछु म
झुठ्ठो जाली स्वार्थी माया खगेन्द्र खिलाफी गजल by editorJanuary 6, 2014झुठ्ठो जाली स्वार्थी माया, लाउनु के अर्थ ? ठगी चोरी केही कुरा, पाउनु के अर्थ ? सधै हुनु पर्छ मन पवित्र मान्छेको, पाप गरी मन्दिरमा, धाउनु के अर्थ ?
मरे अब कात्रो खगेन्द्र खिलाफी गजल by editorOctober 7, 2013मरे अब कात्रो, बेरी दिनु तिमी । चिताभित्र लास, घेरी दिनु तिमी ।। बाच्नु मैले यहाँ, कुनै अर्थ छैन, बाँच्दिन म घाँटी, सेरी दिनु तिमी ।।
हरियाली वन खगेन्द्र खिलाफी गजल by editorSeptember 24, 2013हरियाली वन, फाडे नेताज्यूले भाइ-भाइबिच, भाडे नेताज्यूले हेर्दा हेर्दै आज, धरासायी पारी, देश अलपत्र, छाडे नेताज्यूले
सच्चा ब्यक्तित्वको नाउ खगेन्द्र खिलाफी गजल by editorSeptember 15, 2013सच्चा ब्यक्तित्वको नाउ कहीं छैन चोखो पिरतीको, गाउ कहीं छैन । दिन रात रुन्छु, घरी घरी एक्लै, बह पोख्ने यहाँ, ठाउँ कहीं छैन ।
खुशी थिए तिमीलाई खगेन्द्र खिलाफी गजल by ksNovember 26, 2012खुशी थिए तिमीलाई, दिलभित्र राख्दा मेरै हौ भनी मैले, देवी देउता भाक्दा घात पीडा सिवाय अरु के पाए मैले? सबथोक भुली आज, तिम्रो पछी लाग्दा
आफ्नो भाग्य आफैंले नै लेख्न पाइँदैन खगेन्द्र खिलाफी गजल by kbsNovember 12, 20101 Commentआफ्नो भाग्य आफैंले नै लेख्न पाइँदैन दोश जति अरुतिर फेक्न पाइँदैन आफ्नो आङमा हात्ती नदेख्ने मान्छेले अरुको आङमा जुम्रा देख्न पाइँदैन
अर्को भाइटिकामा आउँला चेली खगेन्द्र खिलाफी गजल by kbsOctober 24, 2010जसरी नि अर्को भाइटिकामा आउँला चेली त्यसै बेला देउसे भैलो पनि गाउँला चेली सप्तरङ्गी टिका सयपत्री मखमलीको माला थाती राख अर्को भाइटिकामा लाउँला चेली हर्ष उल्लास झैं झिलिमिलि दिपावली गर्दै एकै साथमा हामी फन्के रोटी खाउँला चेली तस्बीर: फलानो डट कम
मेरो छातीभित्र तिम्रो मुटु, फेर्न मन लाग्छ खगेन्द्र खिलाफी गजल by kbsOctober 21, 2010मेरो छातीभित्र तिम्रो मुटु, फेर्न मन लाग्छ माया गरी, सधैं अङालोमा, बेर्न मन लाग्छ मबाट, कहिल्यै पनि तिमी टाढा नहुनु ल तिमीलाई, सधैं मेरै सामु, हेर्न मन लाग्छ पराइको, हुन्छौ भन्ने धेरै डर, लाग्छ र नै मायाको पर्खाल हाली सधै, घेर्न मन लाग्छ
चर्को घाटाहरू खगेन्द्र खिलाफी गजल by kbsSeptember 26, 20101 Commentआँसुमा डुब्छ सधैं मनका सबै पाटाहरू अनयासै फुकाइ दियौ मायाका गाठाहरू तिमीले साथ छोडेपछि दोधारमा परेको छु यता कि उता जाऊँ म, धेरै भेटे बाटाहरू
चितामा कसे जस्तो लाग्छ खगेन्द्र खिलाफी गजल by kbsSeptember 19, 2010आँसुको भवसागरमा पसे जस्तो लाग्छ आफ्नै घरमा बनीबास बसे जस्तो लाग्छ चोट व्यथा पीडा म सहँदैछु जसो तसो तर मुटुमा तिखो छुरा धसे जस्तो लाग्छ
कहाँ हाँस्न सक्छु र ? खगेन्द्र खिलाफी गजल by kbsSeptember 12, 20101 Commentसत्ता कुर्सीले नेताको ध्यान खिचेकै छ देशको सम्पति बेकारमा घिचेकै छ भ्रण्टचार गरी देश रित्तो पारिसके जन्मदै हामीलाई रिनले थिचेकै छ
कुन नाता जोडुँ मुटुभित्र छुरा धस्नेसँग खगेन्द्र खिलाफी गजल by kbsJune 26, 2010कुन नाता जोडुँ मुटुभित्र छुरा धस्नेसँग मध्यरातबिच अचानक घाँटी कस्नेसँग अंगालोमा बाँधी सधैं कहाँ बस्न सक्छु र म? बिशक्त सर्प झैं बनी अनाहक डस्नेसँग
कस्तो रहेछ जिन्दगी खगेन्द्र खिलाफी गजल by kbsJune 18, 2010कस्तो रहेछ जिन्दगी, हारेर पनि बाँच्नु पर्ने कसैको यादमा आसु, झारेर पनि बाँच्नु पर्ने म जिउँदै छु भन्न पनि शरम लाग्छ मलाई मनका सारा रहर, मारेर पनि बाँच्नु पर्ने
भयानक भूत चडेको छ अहिले खगेन्द्र खिलाफी गजल by kbsJune 5, 2010अभाव भोकमारी ज्यादै बडेको छ अहिले नेतालाई भयानक भूत चडेको छ अहिले सुन्दर समुन्त देश बनाउनु त कहाँ हो कुर्सीकै लागि नेताहरू लडेको छ अहिले