Skip to content

प्रफुल्ल पो भएछु


लब लबिएका मोती भरिएका ओठ
सक्सकाउँछ किन मेरो मन मुटु
बिभोर छु म आज्
फुलिरहेछन चौदिश फूल

झुलिरहेछु भ्रवँर मनले
चुमिरहेछु तिमीलाई
स्वर्णिम पल्को समझना
लेख्दैछु यो पत्र तिमीलाई

अभाव थियो प्रीतको
जागी उठेछ मन
तिम्रा नयाँन बाणले
भरियो तन बदन
सौन्दर्य परी झैं
भाव देऊ तिमीले
पाइ सुगन्ध तिम्रो
मन पनि धमिलीय

स्थिर भएँ म तिमी मधुर भयौ
काया उँडी मेरो देह तिम्मा भरियो
अब रुद्ध नै छु म चेतनसुन्य भएछु
त्यो रुप को नशमा व्यग्र व्यग्र भएछु
फुलित छु म अब
प्रफुल्ल पो भएछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *