Skip to content

एक भई जुटनु पर्छ


म छोट्टिदै छु
आयतन मेरो साँघुरिदै छ
राज्नीतिका गोटी चाल्मा म बाँधिदै छु
भ्रष्ट नेताहरू को साँग्लोमा म कस्सिंदै छु
गर्न सक्छु के र ?
म निर्धो जनता
बिभक्त्त छम
अन्धो भइरहेछौं
यी धर्माधिकार्का चपेटामा
यी राक्षसी प्रबृतिको पञ्जामा
हामी बिभक्त
म विभक्त्त
स्वप्न्द्रष्टा हुन न सकेर
चेतनाले समय बुझ्न न सकेर
हाम्रा छाला काढिरहेछन
र म उनीहरूको अस्तित्वलाई जय जय कार गरिरहेछु
क्रान्तिको नाउमा
प्रजातन्त्रको नाउमा
लोकतन्त्रको नाउम
हरेक गुट्मा राज्तन्त्र पलाइरहेछ
आफ्नै परीवार वरपर सत्ता घुमिरहन्छ्
देश अस्तित्व रहित
सत्ता हत्याउन लम्पसार्वाद अङिकार गरेर
छिमेकीसँग निहुरिरहेछन
चुडिरहेछ्न मुटु जन जनको
भावना ती टुहुरा वालकको
परिमार्जन आउन्न देशमा
पलायन युवा पुस्ता पसिना बगाइरहेछन
र यी डकारिरहेछन
बिडम्बनै बिडम्बना को देश
हतास आवाज बोकेर जुटन भन्छ
गर्न भन्छ
बिभक्त्त बोलीले सहन्न भन्छ
जाग्न समय चाहिने रहेछ
उखेल्न शक्ति चाहिने रहेछ
घर घर शक्ति संचय गर
जन जन बिगुल फुक्ने गर
यएक हौ अब एक हौ
बिभक्त्ता धोका हो
राजनीति हो
अब उखाली फ्याक्नु पर्छ
एकात्मक संस्कारले एक भई जुटनु पर्छ
जुटनु पर्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *