Skip to content

Paudel Puskal

जीवनलाई सरल र साधारण बनाउन प्रयासरत मान्छे ! साध्य र साधनामा विश्वास राख्ने एक व्यक्ति ।

जन्म दिने बाउ आमाकै, कसम

जन्म दिने बाउ आमाकै, कसम ! खायौ भने बिश्वास गर्छु
अगुल्टो हल्लाउँदै रातमा, भेट्न ! आयौ भने बिश्वास गर्छु

माया त गर्छु भन्छन् यहाँ, तरिका मात्रै फरक–फरक
कसैले नलाको तिमीले, माया ! लायौ भने बिश्वास गर्छु

आखिरमा तिमीले पनि

पानी जति बगे पनि, फर्केर त आउनै पर्छ
आखिरमा तिमीले पनि, मलाई माया लाउनै पर्छ ।।

तिम्रो सामु हुँदा कोही, अहिले मलाई हेला गर्छौ
सबले छोडी गएपछि, आखिर मेरै फेला पर्छौ ।।
जीवन जिउन तिमीले पनि, लेक–बेसी धाउनै पर्छ
आखिरमा तिमीले पनि, मलाई माया लाउनै पर्छ ।।

जलाएको चितामा झैँ तिमीलाई

जलाएको चितामा झैँ तिमीलाई, बेला–बेलामा घोच्नु परो
तिम्रो लागी धेरै मरी मेटेँ, आफ्नो लागी पनि त सोच्नु परो
त्यसैले गर्दा त मैले आज, तिमीलाई छोड्नु परो

यो त सानु अति भयो

झुटो तिम्रो बाचा बन्धन, तिमीसँगै सति गयो
माया गर्नेलाई नि धोका ! यो त सानु अति भयो ।।

जीवनभरि सँगै जिउने, जस्ले कसम खाएकोथ्यो
जुनी–जुनी अमर हुने, जस्ले माया लाएकोथ्यो ।।
सागर थियो जसको माया, घटी थोपा जति भयो
माया गर्ने लाईनी धोका ! यो त सानु अति भयो ।।

म मर्दा खेरी त्यो तिम्रो मन, रुन्छ वा रुँदैन

म मर्दा तिमीलाई गुनासो कुनै, हुन्छ वा हुँदैन
म मर्दा खेरी त्यो तिम्रो मन, रुन्छ वा रुँदैन ।।

तिम्रो मायामा हैन मलाई, तिमीमै शंका भयो
तिम्रो सानो माया पनि मलाई, सुनकै लंका भयो ।।
उडिकन हावामा चंगाले आकाश, छुन्छ वा छुँदैन
म मर्दा खेरी त्यो तिम्रो मन, रुन्छ वा रुँदैन ।।

धिक्कार छ तिमीहरूलाई

भित्र-भित्रै जलिकन, भित्र-भित्रै रमाउनेहरू
आँट नगरी एकचोटी, लुग्लुग खुट्टा कमाउनेहरू ।।

निभ्न लाग्या’ दियो झैँ, धपक्क एकछिन बल्छन्-बल्छन्
कसैको आडमा उभिनेहरू, अवश्य एकदिन ढल्छन्-ढल्छन् ।।
वास्ता नगरी अर्काको, आफ्नै खाल जमाउनेहरू
आँट नगरी एकचोटी, लुग्लुग खुट्टा कमाउनेहरू ।।

भुल्न गारो अझै पनि, बिराना ती प्रहरहरू

सानो थियो हाम्रो संसार, सानै थियो रहरहरू
भुल्न गहारो अझै पनि, बिराना ती प्रहरहरू ।।

मायाको सुन्दर संसार, बुन्ने हाम्रो चाह थियो
निस्ठुरी ईश्वरलाई नि, यो कुरा थाहा थियो ।।
फेरि किन ईश्वरले नै, घोली दियो जहरहरू
भुल्न गारो अझै पनि, बिराना ती प्रहरहरू ।।

लाएकी थियौ जुन माया, तिमीले अहिले अर्कैमा साटिछौ

दुःखमा काटेँ जुन समय, तिमीले सुखै–सुखमा काटिछौ
लाएकी थियौ जुन माया, तिमीले अहिले अर्कैमा साटिछौ ।।

बेलेको आगो ताप्थे अरुले, तिमीले पनि त त्यसै गर्यौ
अर्काको मन भाँचेर जानु, कसरी भनौं बेसै गर्यौ ।।
पुरानो गाँडो चुटाईकन, मायाको नयाँ डोरी बाटिछौ
लाएकी थियौ जुन माया, तिमीले अहिले अर्कैमा साटिछौ ।।

दुःखमा काटेँ जुन समय

भावना
दुःखमा काटेँ जुन समय, तिमीले सुखै–सुखमा काटिछौ
लाएकी थियौ जुन माया, तिमीले अहिले अर्कैमा साटिछौ ।।

बेलेको आगो ताप्थे अरुले, तिमीले पनि त त्यसै ग¥यौ
अर्काको मन भाँचेर जानु, कसरी भनौं बेसै ग¥यौ ।।
पुरानो गाँडो चुटाईकन, मायाको नयाँ डोरी बाटिछौ
लाएकी थियौ जुन माया, तिमीले अहिले अर्कैमा साटिछौ ।।

म बिना बाँच्न भन्थ्यौ सक्दिन, त्यसैले तिम्रो भर परेथेँ
… सुवाष युक्त फुलै–फुलले, सपनाको सुन्दर घर भरेथेँ ।।
खाएथेँ मैले मायामा कसम, तिमीले बाहिर–बाहिर चाटिछौ
लाएकी थियौ जुन माया, तिमीले अहिले अर्कैमा साटिछौ ।।

दुःखमा काटे जुन समय, तिमीले सुखै सुखमा काटिछौ

चाखेर थाहा पाइन माया, अम्ल हो कि क्षार हो

मायाको खेलमा तिमीले जित्यौ, मेरो चाहिँ हार भो
चाखेर थाहा पाइन माया, अम्ल हो कि क्षार हो ।।

मायामा सफल हुन तिमीले, देवी र देउता भाक्यौ
हजारौँको भिडमा तिमीले, छानी-छानी माया चाख्यौ ।।
तिमीलाई अन्त जोडी दिने, मेरो माया तार भो
चाखेर थाहा पाइन माया, अम्ल हो कि क्षार हो ।।

लड्ने कुरा अब भो नगर, आफैँ देखि म त हारेको मान्छे

आफ्नाले पराईले मित्र बन्धुले, धेरैले जालमा पारेको मान्छे
लड्ने कुरा अब भो नगर, आफैँ देखि म त हारेको मान्छे ।।

दुनियाँ त सबै स्वार्थी नै थियो, आफ्नैले पनि स्वार्थै हेरे
कसैले त साथ देलानी भनि, झिनो आश पनि मारेको मान्छे
लड्ने कुरा अब भो नगर,…………………………….।।

सबैले एक्ल्याई गए मलाई, सायद तिम्रो नी साथ पाउन्न
दुनियाँले हेला गरी आखिर, समाजबाट पर सारेको मान्छे
लड्ने कुरा अब भो नगर,…………………………….।।

मर्न पनि सकिन,सास पनि गएन, काल पनि मलाई आउन्न की कसो ?
आउँछु–आउँछु भनि भोली–भोली, कालले पनि त टारेको मान्छे

आफैँ देखि म त हारेको मान्छे

भाँच्चिएको हात मेरो, बल्झिएर फेरि दुख्छ

पुछ्न खोज्दा हातले, आँशु गह भित्रै सुक्छ
भाँच्चिएको हात मेरो, बल्झिएर फेरि दुख्छ ।।

छचल्किन्छन् व्यथाहरू, आखिर यही मुटु माझ
रुन खोजेकै हो तै पनि, सकेन झर्न आँशु आज ।।
पोख्न खोज्दा कसैलाई, व्यथा कता-कता लुक्छ
भाँच्चिएको हात मेरो, बल्झिएर फेरि दुख्छ ।।

एकान्तमा कराउँछु त्यसै

उज्यालोमा देख्दिन आफूलाई, अँध्यारोमा हराउँछु त्यसै
भीडहरूमा बोली फुट्दैन, एकान्तमा कराउँछु त्यसै ।।

चन्चलताको प्रतिक यो मन, मात्र सधैँ उड्न खोज्छ
फक्रिएको फूललाई किन, परिस्थिति चुड्न खोज्छ ।
सम्हाली नसक्नु मनलाई, यत्र–तत्र चराउँछु त्यसै
भीडहरूमा बोली फुट्दैन, एकान्तमा कराउँछु त्यसै ।।

उज्यालोमा देख्दिन आफुलाई, अँध्यारोमा हराउँछु त्यसै

भाबना
उज्यालोमा देख्दिन आफुलाई, अँध्यारोमा हराउँछु त्यसै
भिडहरुमा बोली फुट्दैन, एकान्तमा कराउँछु त्यसै ।।

चन्चलताको प्रतिक यो मन, मात्र सधैँ उड्न खोज्छ
फक्रिएको फुललाई किन, परिस्थिती चुड्न खोज्छ ।
सम्हाली नसक्नु मनलाई, यत्र–तत्र चराउँछु त्यसै
भिडहरुमा बोली फुट्दैन, एकान्तमा कराउँछु त्यसै ।।

बिलौना मात्रै सुन्छु पिडाका, हाँसो खुसीका कुरा छैनन्
सबैका यहाँ लक्ष्य अधुरा, कसैका सपना पुरा छैनन् ।
हालत मेरो हुन्छ कि त्यस्तै, आफैसँग डराउँछु त्यसै
भिडहरुमा बोली फुट्दैन, एकान्तमा कराउँछु त्यसै ।।

उज्यालोमा देख्दिन आफुलाई, अँध्यारोमा हराउँछु त्यसै

जे हुनु भयो मलाई, तिमीलाई के भा छर ! त्यहाँ

बिष्फोट भएर छरिए, मनका भावना आज यहाँ
जे हुनु भयो मलाई, तिमीलाई के भा छ र त्यहाँ ?

मेरो मायाँले हारे पनि, मैले अझै हारेको छैन
तिमीले नै धोका दिइथ्यौ, मैले मायाँ मारेको हैन ।
मायाँ बस्यो मेरो पनि, तिम्रो मन रहेन जहाँ
जे हुनु भयो मलाई, तिमीलाई के भा छ र त्यहाँ ?

यती कमजोर पनि हुन्छन् त लाटी

भबना मनको

उल्टै मलाई सम्झाउँथ्यौ हिजो
अबुझ् भइ आफै रुन्छन् त लाटी
भन्थ्यौ ढुङ्गाको मन बनाउन सक्छु
यती कमजोर पनि हुन्छन् त लाटी ।।

तिमीलाई जती पिर छ, मलाई पनि उत्ती
मेरो पनि त मन छ, मुटु धड्किन्छ कत्ती
व्यथाहरु मनमा अल्झाई–अल्झाई
मन–मनमै पिर बुन्छन् त लाटी
उल्टै मलाई सम्झाउँथ्यौ हिजो
अबुझ् भइ आफै रुन्छन् त लाटी ।।

भन्नेले भन्देछन् मेरो बिग्रोरे मती
त्यो सुनि रात भर रोयौ रे ! अती
सुनेको भरमा अर्काको कुरा
आँशुले मुहार धुन्छन् त लाटी
भन्थ्यौ ढुङ्गाको मन बनाउन सक्छु
यती कमजोर पनि हुन्छन् त लाटी ।।

भन्छ भन्नेले भन्नेको मुख टाल्छ कल्ले

साले जिन्दगीलाई

धुजा–धुजा भए पनि, बटुलेर टाले जिन्दगीलाई
बिन्ती कति गर्नु अझै, बेकम्मा साले जिन्दगीलाई ।।

हन्डर झेल्यो कति–कति, ठक्कर खाँदानी चेतेन
रीस उठ्यो जानी–जानी, भड्खालोमा हाले जिन्दगीलाई
बिन्ती कति गर्नु अझै, बेकम्मा साले जिन्दगीलाई ।।

खोकी गयो रुघा आयो, रुघा गयो फेरी जरो आयो
यस्तो लाग्छ किन–किन, रोगै रोग पाले जिन्दगीलाई
बिन्ती कति गर्नु अझै, बेकम्मा साले जिन्दगीलाई ।।
पुस्कल पौडेल (–––प्रतिक)

बिन्ती कति गर्नु अझै, बेकम्मा साले जिन्दगीलाई